• १२ साउन २०८१, शनिबार

सम्मेलनका लागि उपसमिति गठन

blog

कांग्रेस मधेश प्रदेश समितिको बैठकमा सहभागी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, मङ्सिर २२ गते । नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलन गर्न लागेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको छ । 

नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठन गरेको मूल आयोजक समितिका सदस्यमा प्रदेश समितिका पदाधिकारी, सदस्य, पार्टीका जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, मधेश प्रदेश नगरपालिका महासङ्घ अध्यक्ष र गाउँपालिका महासङ्घका अध्यक्ष, भ्रातृ सङ्गठनका शुभेच्छुक सङ्घ संस्थाका प्रमुख छन् । 

त्यस्तै, कोषाध्यक्ष प्रदिपकुमार यादवको संयोजकत्वमा गठित अर्थ समितिमा सदस्य सहमहामन्त्री जयनारायणप्रसाद यादव तथा सदस्यमा ममता महतो, सितलप्रसाद यादव, रामबाबु साह रहनुभएको छ ।

यस्तै, प्रदेश सभा सदस्य नागेन्द्रप्रसाद साहको संयोजकत्वमा गठित आर्थिक व्यवस्थापन समितिका सदस्यमा सहमहामन्त्री बिन्दुकुमारी यादव, प्रदेश सभा सदस्य शेषनारायण यादव, प्रचार विभाग प्रमुख नीतेशकुमार गुप्ता, प्रदेश सदस्यहरु पाण्डव मण्डल, सुनिल ठाकुर, सोनी बोम्जन, राजेश गिरी र गाउँपालिका महासङ्घ अध्यक्ष जवाहर यादव छन् । 

यसैगरी, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजकमा प्रदेश सांसद शेषनारायण यादव, सदस्यमा जिवनाथ चौधरी, सुरेशप्रसाद यादव, राजकिशोर यादव र ललित साह, सुधीरकिशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मञ्च व्यवस्थापन समितिका संयोजकमा बजरङ्ग यादव, सदस्यमा शर्मिला थापा, भावना ढुङ्गेल, अञ्जु झा, राकेशबिक्रम साह, शिवशङ्कर गोइत (साधु)  र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

प्रचार–प्रसार समितिका संयोजक नीतेशकुमार गुप्ता र सदस्यमा सूचना सञ्चार तथा प्रचार–प्रसार विभाग सदस्यलाई पनि राखिएको छ । स्वयंसेवक परिचालन समितिका संयोजकमा भ्रातृ सङ्घ समन्वय विभाग प्रमुख सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक प्रस्ताव एवं प्रतिवेदन तर्जुमा गर्न महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठलाई र आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी दिनुभयो ।