• २ जेठ २०८२, शुक्रबार

जनश्रमदान गरेर अभियान सुरु

blog

लहान समाचारदाता 

लहान, भदौ २६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीनमहिने अभियान अन्तर्गत ‘घर घरमा माओवादी र जन जनमा माओवादी’ अभियानको सुरुवात जनश्रमदानबाट गरेको छ । नयाँ ढङ्गबाट जनतामा जान जनतालाई फाइदा हुने सडक निर्माण, कृषि कार्य, नहर उकासलगायतमा जनश्रमदान गरेर अभियानमा जुटेको माओवादी नेताहरूले बताएका छन् । 

जिल्ला कमिटी सदस्य चन्देश्वर यादवको नेतृत्वमा औरही गाउँपालिकाको वडा नम्बर–३, खजनपुरमा नहरको सरसफाइ र बाँध बाँध्ने कार्य गरिएको थियो । केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री उमेशक्ुमार यादवको अगुवाइमा नेता कार्यकर्ता सुखीपुर नगरपालिका–३, चरारीका फेकु यादवको १० कट्ठा खेतमा धान गोडमेल गर्न शनिबार बिहानै ६ बजे सहभागी भए । त्यस व्रmममा यादवले भन्नुभयो, “ब्यानर झुन्ड्याई भाषण गरेर माओवादीलाई जनताले पत्याउनेवाला छैनन् । जनताको दिल जित्न जनहितमा केन्द्रित कार्यव्रmम लिएर जान आवश्यक छ । परिवर्तन अरूबाट होइन, आफैँबाट सुरु गर्नुपर्ने वैज्ञानिक विधि अपनाएर अगाडि बढेका छौँ ।”

सशस्त्र जनयुद्धको समयमा १२३ जनाले ज्यान गुमाएको सिरहामा माओवादीको बलियो पक्कड थियो तर केही समययता जनाधार खस्किँदै गएकाले पार्टी रूपान्तरणको विधिबाट गााउँ गाउँमा आएको अर्का केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अमर मण्डलले प्रस्ट्याउनुभयो । उहाँले थप्नुभयो, “माओवादीका नेताहरू सहरकेन्द्रित भएर गाउँका जनतासँग सम्बन्ध विच्छेद गर्नुका साथै पार्टीको नीति सिद्धान्तविपरीत गतिविधि गरेकाले पार्टीका नेतासँग जनता टाढिँदै गएका छन् ।”

अभियानका व्रmममा सङ्गठनमा ऊर्जा भर्नका लागि तराई मधेशका जिल्लामा झागिँदै गएको दाइजो प्रथा हटाउनसमेत हरेक गाउँटोलमा अन्तव्रिर्mया र जनचेतना जगाउने कार्यव्रmमलाई समेत प्राथमिकता दिनुपर्ने सुझाव पार्टीका उच्च तहका नेतालाई दिएको लहान नगर कमिटीका अध्यक्ष हेमन्तकुमार यादवले जानकारी दिनुभयो । 

माओवादी पार्टीको सङ्गठन किन कमजोर भयो ? कमजोरी पत्ता लगाएर पार्टीभित्रकोे आन्तरिक एकता कायम गर्ने विधिसमेत बनाएर सङ्गठन सुदृढ गरिने मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले बताउनुभयो । नेता पोखरेलले भन्नुभयो, “माओवादीका कुनै तहका नेता कार्यकर्तालाई गल्ती गर्ने छुट दिइने छैन । सिर्जनात्मक तथा रचनात्मक काम गरेर जनताको मनमा माओवादी पार्टीलाई स्थापित गर्न तीनमहिने अभियान आएको छ । माओवादीसँग सकिने कि सप्रिने दुई वटा विकल्प मात्रै रहेकाले सप्रिन यो अन्तिम प्रयास हो ।”