• २ जेठ २०८२, शुक्रबार

‘जलेश्वर अस्पतालको स्तरोन्नति चाँडै’

blog

महोत्तरी समाचारदाता 

महोत्तरी, भदौ २० गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रादेशिक अस्पताल जलेश्वर सय श-यामा रूपान्तरण भइसकेको र सो को अनुभूति फागुन मसान्तसम्ममा देखिने बताउनुभएको छ । 

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाको स्थापना दिवसको अवसरमा मङ्गलबार प्रादेशिक अस्पताल जलेश्वरमा उपचाररत रहेका बिरामीलाई फलफूल वितरणपछि चिकित्सकसँगको कुराकानीमा उहाँले त्यस्तो बताउनुभएको हो ।

अस्पतालका प्रमुख डा. मुरारी ठाकुरले यो अस्पतालमा अहिलेसम्म १५ श-याको मात्रै जनशक्ति रहेको जानकारी गराउनु भएपछि मन्त्री सिंहले अस्पताल सय श-याको भइसकेको र अनुभूतिका लागि केही समय कुर्नुपर्ने बताउनुभयो । “हामीसँग जादुको छडी छैन कि एक छिनमै काम भइहाल्छ, प्रव्रिmयामा छ, मलाई लाग्छ, फागुनसम्ममा सय श-याको अस्पतालको अनुभूति हुन्छ,” मन्त्री सिंहले भन्नुभयो ।

केही दिनभित्रै सय श-याको अस्पतालको अस्थायी दरबन्दी थपेर अस्पताललाई पठाउने र अस्पतालले सूचना प्रकाशन गरेर नियुक्ति गर्न सक्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “नियुक्ति गर्दा आफ्नो भाइ भतिजा, नातेदारलाई नराखी इमानदारीपूर्वक काम गर्नेलाई मात्रै नियुक्ति गर्नुहोला ।” चिया खाएर मात्रै भए पनि बिरामीलाई उपचार गर्ने र संस्थालाई सहयोग गर्ने चिकित्सक र कर्मचारीहरू नियुक्ति गर्ने हो भने अस्पतालमा सुधार हुन सक्ने मन्त्री सिंहको भनाइ थियो । 

यस अस्पताललाई नर्सिङ कलेज सञ्चालनको स्वीकृति दिए पनि पूर्वाधार अभावले अहिले सञ्चालनमा कठिन रहेको बताउँदै उहाँले भन्नुभयो, “जबसम्म जनशक्ति र भौतिक पूर्वाधार हँुदैन तबसम्म जनकपुरधामबाटै नर्सिङ क्याम्पस सञ्चालन हुन्छ ।” मन्त्रालयले उपसचिवको नेतृत्वमा उच्चस्तरीय टिम गठन गरेको र त्यसले जिल्ला अस्पतालको भौतिक पूर्वाधारको अवस्था, जनशक्तिको अवस्था, उपचार सामग्रीको अवस्था तथा सय श-यामा रूपान्तरण गरेको अस्पतालको अवस्था के छ ? र के के मन्त्रालयले दिनुपर्ने हो ? लगायतमा अध्ययन गरेर यही हप्ता प्रतिवेदन दिने जानकारी दिँदै उहाँले यस अस्पतालमा उच्चस्तरीय टोली आएर सबै सूचना सङ्कलन गरेर गइसकेको बताउनुभयो ।

समितिले दिने प्रतिवेदनलाई मन्त्रीपरिषद्मा लगेर सोही ठाउँबाट सहमति लिएर अस्पतालमा अस्थायी दरबन्दी सिर्जना गरेर सय श-याको अस्पताललाई अनुभूति गराउने कार्यक्रमअगाडि बढाउने उहाँको भनाइ थियो । फलफूल वितरण पूर्व रेडक्रस महोत्तरीद्वारा सञ्चालित आँखा अस्पतालमा मन्त्री सिंहले आँखाको विशेषज्ञ चिकित्सकसहितका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले विपत्को समयमा रेडव्रmसले खेल्ने गरेको भूमिकाको प्रशंसा गर्दै मानवीय कामका लागि रेडव्रmसलाई आवश्यक पर्ने काममा सहयोग गर्न आफू तत्पर रहने विश्वास दिलाउनुभयो । 

रेडक्रसका जिल्ला सभापति दीपककुमार मिश्रले मन्त्री सिंहलाई दोसल्ला, मायाको चिनो दिएर स्वागत गर्नुभएको थियो । रेडक्रसले बिरामीका लागि प्रादेशिक अस्पताल जलेश्वरलाई ५० थान झुलसमेत सहयोग गरेको छ । रेडव्रmसका सभापति मिश्रले अस्पतालका प्रमुख डा. मुरारी ठाकुरलाई सो झुल हस्तान्तरण गर्नुभएको थियो ।