सङ्घीयता जोगाउन सबै लाग्नुपर्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा आएको सङ्घीय व्यवस्थालाई सफल हुन नदिन विभिन्नखालका षडयन्त्र भइरहेको भन्दै त्यसलाई जोगाउन हामी सबैको सहयोगको खाँचो रहेको बताउनुभएको छ ।
किसानद्वारा सुख्खा क्षेत्र घोषणाको माग
सप्तरीको बोदे बर्साइन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सूत्रीय माग राख्दै किसान सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।
बिजुलीको पोल ढल्दा घरमा क्षति
सप्तरीको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा बिजुलीको पोल ढल्दा सर्वसाधारणको घरमा क्षति पुगेको छ ।
फैलिँदै डेङ्गुको सङ्क्रमण
मधेश प्रदेशमा डेङ्गु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेङ्गु सङ्व्रmमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धा
मधेश प्रदेशमा फैलिँदै डेंगु सङ्क्रमण
मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ ।
लोकतान्त्रिक पत्रकारलाई पाखा लगाउने काम सह्य नहुने
नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्सालले कुनै प्रकारको स्वार्थमा लोकतान्त्रिक पत्रकारहरूलाई पाखा लगाउने काम सह्य नहुने बताउनु भएकाे छ।
राज्य पक्षबाटै मानवअधिकार उल्लङ्घन
सप्तरीमा मानवअधिकार र कानुनको संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने पक्ष प्रहरीबाटै पत्रकार कुट्नु जस्ता मानव अधिकार उल्लङ्घन हुनु दुर्भाग्य रहेको र यसले राज्य पक्षबाटै उलङ्घनका घटना बढ्दै गएको मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनुभएको छ।
उपराष्ट्रपति यादवद्वारा मधेसलाई सुख्खाग्रस्तक्षेत्र घोषणा गर्न आग्रह
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
मधेशभरि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने
मधेश प्रदेश सरकारले प्रदेशभरि गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा प्रदेशको आठ वटै जिल्लामा एकसाथ ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरिएको हो। मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन आठ वटै जिल्लामा सुरु भएको जानकारी दिनुभयो।
बजेट कटौतीले मारमा मिडिया
मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनको सिधा मारमा स्वरोजगारमूलक सञ्चार माध्यम परेको छ। प्रदेश सरकार सञ्चारमैत्रीभन्दा विरोधी जसरी प्रस्तुत भएको सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूको आरोप छ। नीतिगत रूपमै मधेश प्रदेश सरकारले सञ्चार माध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनसहित नियमित बजेटमा चार गुणा कटौती गरेका कारण सरकार सञ्चारमैत्री नभएको उनीहरूको आरोप छ। अघिल्लो प्रदेश सरकारले प्रदेशका विभिन्न सञ्चार माध्यमको संरक्षण, संवर्धन र क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्राधिकरण नै गठन गरेर लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्दै आएको थियो।
काठ मापनको ‘हवर फर्मुला’ खारेजीको माग
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मञ्जिलबाबु मास्केले सरकारको नीतिगत कमजोरीले वन पैदावारको राजस्व, उपयोग र कारोबारमा बेथिति बढ्दै गएको बताउनुभएको छ । उहाँले एकातिर मुलुकका बहुमूल्य काठ बिक्री हुन नसकेको र अर्कोतिर अर्बौं रुपियाँका विदेशी काठ र सामग्री आयात भएकाले वन नीतिमाथि विविध प्रश्न खडा भएको बताउनुभयो ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पायो पूर्णता
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
महोत्तरीका लेखापाल राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार मुद्दा
महोत्तरीको सम्सी गाउँपालिका लेखापाल रौशन कुमार राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
'हवर फर्मुला' खारेजीको माग
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मंजिलबाबु मास्केले सरकारको नीतिगत कमजोरीले वन पैदावारको राजस्व, उपयोग र कारोबारमा बेथिति बढ्दै गएको बताउनुभएको छ ।
मध्य साउनमा खानेपानीकै हाहाकार
मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनुपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ । पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो ।
मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा
मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो ।
मुसहर महिलालाई बाख्रा वितरण
चन्द्रनगर गाउँपालिकामा ३१ परिवार मुसहरलाई बाख्रा वितरण गरिएको छ। मुसहर समुदायको उत्थानमा क्रियाशील संस्था साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) ले अति विपन्न मुसहर परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा बाँडेको हो।
सुख्खा क्षेत्र घोषणाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणागरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै नेकपा (एमाले) ले मुख्यमन्त्री सरोज यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
सागरनाथ वन विकास परियोजनाभित्र काठ तस्करी बढ्दो
वन रक्षकसहित सम्पूर्ण कर्मचारी तलब माग गर्दै काठमाडौँमा आन्दोलन गर्न पुगेपछि सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा काठ तस्करी बढेको छ ।
साइकलबाटै काठ तस्करी
काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सात करोडभन्दा बढीको सामान बरामद
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ ।
पानी बाँड्दै गाउँपालिका
चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।”