रवीन्द्र उप्रेती
बर्दिबास, असार ३१ गते । माईस्थान समसी सडक खण्डस्थित गौशाला ४ रजखोर गाउँको पानी ट्याङ्कीनजिक शनिवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गौशाला नपा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौशालाबाट इलेक्ट्रिक साइकल चढेर पूर्वतर्फ जाँदै गरेका साहले सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००१ त १४९३ नं को ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा ट्रेलरको पछिल्लो भागमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका साहलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरसहित गौशाला नपा १ रामनगरका २९ वर्षीय चालक सञ्जयकुमार महरालाई नियन्त्रणमा लिएको छ ।