अवैध कल सेन्टरबाट तेइस जना पक्राउ
जनकपुरधाम उपमहानगरपालिका–१४, पिडारी चोकमा गैरकानुनी रूपमा सञ्चालनमा रहेको एक कल सेन्टरबाट ९० थान कम्प्युटरसहित २३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदबहादुर गौतमका अनुसार नौ महिला र १४ पुरुष गरी २३ जना पक्राउ गरिएको हो। सोमबार साँझ गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रितपूर्वक छापामारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।
विद्युत चोरी गरेको आरोपमा पाँच पक्राउ
विधुत चोरी गरिरहेको आरोपमा मंगलबार जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको छ ।
महानगरको फोहोर टेलिकमको कार्यालयमा
फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहोर थुपारेर विरोध जनाएको छ ।
मधेश प्रदेशका एमाले मन्त्रीहरूको राजीनामा स्वीकृत
मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिनुभएको हो ।
चुरेको विकट जङ्गलमा ठूलो परिमाणमा चिरान काठ बरामद
बर्दिबास १० स्थित चुरे क्षेत्रमा पर्ने भालुझोडाको विकट क्षेत्रबाट वनकर्मीको गस्तीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ ।
जनकपुर–जयनगर रेल सेवा : आम्दानीभन्दा खर्च बढी
जनकपुर–जयनगर नियमित रेल सेवा सञ्चालन भएको सोमबार एक वर्ष पूरा भएको छ। २०७८ चैत १९ गते सो रेल सेवा उद्घाटन गरिएको थियो। जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भइरहेको छ। यात्रु लिएर प्रत्येक दिन दुई पटक आउजाउ गर्ने रेलमा यात्रुको चाप बढेको देख्न सकिन्छ। यसअघि करिब एक दशकभन्दा बढी समयसम्म रेल सेवा बन्द थियो।
ठोरीलाई पर्यटकीय क्षेत्र बनाउँछौं : मन्त्री यादव
मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले मधेस सरकारको ध्यान पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नमा केन्द्रित रहेको बताउनुभएको छ ।
रुखले च्यापिएर महिलाको मृत्यु
भारतसँगै सीमा जोडिएको सर्लाहीको खुटौनामा सोमबार रुखले च्यापिएर एक भारतीय महिलाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका –६, खुटौनास्थित सडक छेउमा रहेको सपेताको रुख काट्नेक्रममा सार्वजनिक बाटोमा रुख ढल्दा भारत बिहार राज्य जिल्ला सितामढी नगरनिगम –१८, नुनिया टोल बस्ने केदार महतो नुनियाकी श्रीमती तुरन्ती देवी (५०) को मृत्यु भएको हो ।
मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता शर्मा पक्राउ
सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष यादवसहित बारामा २१ जनाको उम्मेदवारी दर्ता
आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि बारा निर्वाचन क्षेत्र २ मा सोमबार साँझ ४ बजेसम्म २१ जनाको मनोनयन दर्ता भएको छ ।
मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा
मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।
बारामा दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारामा सोमबार दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु
नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ ।
जयनगर–कुर्था रेल सेवा : आत्मनिर्भर बनाउने योजना बनाइँदै
गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई आउने र दुई पटक जाने गरेको छ ।
चितवनका माहुरी महोत्तरीमा
चितवन खैरिनीका मह किसान समूह अहिले महोत्तरी झरेका छन् । ३० जनाको सङ्ख्यामा रहेका यी किसान परिवार मेलिफेरा जातिको दुई हजार माहुरीका घारसहित मधेश झर्नु भएको हो । यो सिजनमा बर्दिबासका जङ्गली क्षेत्रबाट दुई करोड मूल्यबराबरको मह सङ्कलन गर्ने उहाँहरूको लक्ष्य छ । अकुत सम्पदाको भण्डार मानिएको महोत्तरीको जङ्गलबाट उत्पादित महको प्रारम्भिक अर्थशास्त्रले यहाँको वन सम्पदा कति महìवपूर्ण रहेछ भन्ने अर्को उदाहरण थपेको छ ।
‘मधेश शहीद मार्गको डीपीआर छिट्टै’
मधेश प्रदेशको गौरवको आयोजनाका रूपमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश रहेको मधेश शहीद मार्गको डीपीआर निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतबार मधेश शहीद मार्गको सार्वजनिकीकरणका लागि आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सो जानकारी गराउनुभएको हो। पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग रहने गरी मधेश प्रदेशको सप्तरीदेखि पर्सासम्मको आठवटै जिल्लाको भूभागलाई समेट्ने गरी शहीद मार्ग निर्माण हुने र त्यसका लागि डीपीआर निर्माण गर्न टेन्डर प्रक्रिया भइसकेको उहाँले जानकारी गराउनुभयो। दुई महिनाभित्र डीपीआरको प्रतिवेदन तयार गर्ने गरी
वर्षभरि परिवार धान्न सक्ने आँपको बगैँचा
सप्तरी जिल्लालाई आँपको खेती हुने भूगोलका रूपमा चिनिन्छ। लोकमार्गदेखि जिल्लाको उत्तरी भूभागलाई जिल्लाको आँप क्षेत्रका रूपमा लिइन्छ। यहाँ किसानको मूल्यवान् आँपका बगैँचा छन्। जसलाई वर्षको एक पटक बेचेपछि वर्षभरिलाई परिवार धान्न सक्ने आम्दानी हुन्छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार एक कृषकले एक मौसममा १५ देखि २० लाख रुपियाँको आँप बेच्ने गरेको रेकर्ड छ। तिरहुत गाउँपालिकाका आँप कृषक अयोधीप्रसाद यादवले वर्षको ५० देखि सय क्विन्टलसम्म आँप भारत निर्यात गर्नुहुन्छ भने त्योभन्दा बढी नेपालकै ठूला सहरमा बेच्नुहुन्छ।
उखु किसानलाई भुक्तानी दिन आलटाल
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।
घुस लिएको आरोपमा खरिदार र लेखापढी सहयोगी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बारामा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जना कर्मचारी र लेखापढी सहयोगीलाई पक्राउ गरेको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सप्तरीको बोदेबर्साईन नगरपालिका –३ सारसर पुर्बारी टोलस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ट्याम्पो दुर्घटना हुँदा बालिकाको मृत्यु, चार घाइते
बारामा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । आइतबार दिउँसो ट्याम्पो दुर्घटना हुँदा घटनास्थलमै एक जना बालिकाको मृत्यु भएको छ ।
अपाङ्गमैत्री बजेट बनाउन माग
स्थानीय पालिकाहरूले भौतिक संरचनाको निर्माणदेखि नीति कार्यक्रम र बजेट निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइएको छ ।
कांग्रेसले बारा– २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने
नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
जबर्जस्ती गरिएको कागजको विवाद ‘मिटरब्याज’
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पीडितसँग शनिबार बिहान भेट गर्नुभएको छ। सामन्तवादको अवशेषका रुपमा रहेको यो समस्या सधैका लागि अन्त्य गर्ने आश्वासन प्रधानमन्त्री प्रचण्डले पीडितलाई दिनुभएको छ।