दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त
जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा. चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा. चौधरीलाई छाड्न आदेश दिएको थियो । डा. चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज (शुक्रबार) जेलमुक्त भएका छन् ।
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
स्पिरिट अफ क्रिकेट अवार्ड विजेता आसिफलाई मधेस प्रदेश सरकारद्वारा दुई लाख
मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।
डढेलो निभाउन भएन पहल
केही दिनको वर्षाले नियन्त्रणमा आएको वन डढेलो मौसममा सुधार हुनासाथ फेरि सुरु भएको छ। वर्षाले जोगाएको वन क्षेत्रबाट आगोको मुस्लो दन्कँदै गएको छ। धुवाँको मुस्लोले आवागमन ठप्प बनाएको छ।
५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान
घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
अन्न उत्पादन घटेपछि केरा खेतीमा आकर्षण
अन्नबालीको उत्पादन घटेपछि रौतहटका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । यस जिल्लाको १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर, वृन्दावन, गरुडा, मौलापुरलगायत नौ स्थानीय तहका ३० वटा वडाको ३२१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा ७९ हजार विद्यार्थी एसइईमा सहभागी हुने
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षामा (एसइई) ७९ हजार ९४ जना विद्यार्थी सहभागी जनाउने भएको छ ।
गोलिया तथा चिरान अवैध काठ बरामद
धनुषाको लालगढ सब-डिभिजन वन कार्यालयले ठूलो मात्रामा अवैध काठ बरामद गरेको छ । वन कार्यालयले जिल्लाको मिथिला नगरपालिका –११, बिस्मवरबाट बुधबार साँझ ४३ थान गोलिया तथा चिरान काठ बरामद गरेको हो ।
वडाध्यक्ष र सचिव घुससहित पक्राउ
जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकम सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकम सहित पक्राउ गरेको हो ।
वन्यजन्तुलाई थापेको पासोमा परेर मृत्यु
जङ्गली जनावरलाई थापिएको करेन्टमा परी सर्लाहीको बलरा नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
प्रश्नपत्र बाहिरिएको गुनासो
सप्तरीमा सामुदायिक विद्यालयले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको छ । चैत ६ देखि कक्षा ८ बाहेक १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइरहेको छ । राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कक्षाकी प्रथम छात्रा नेहाकुमारी झाले सोमबार र मङ्गलबार अङ्ग्रेजी र नेपाली विषयको परीक्षा दिनुभयो तर बुधबारको सामाजिक विषयको परीक्षा दिन विद्यालय जान मान्नु भएको थिएन् ।
नयाँ गभर्नर चयन गरिने
अन्तर्राष्ट्रिय लायन्स क्लबअन्तर्गत ‘डिस्ट्रिक्ट ३२५’ एफको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही चैत १० र ११ गते आयोजना हुने महाअधिवेशनको तयारी अन्तिम चरणमा पुगेको तयारी समितिका संयोजक मनिषरमण साहले जानकारी दिनुभयो ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा
धनुषामा बालबालिका सपना कार्यक्रममार्फत तीन वर्ष मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकलाई शिक्षा प्रदान गर्न थालिएको छ ।
खेलकुदमा देशकै नमुना संरचना निर्माण गर्छु: मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खेलकुदका लागि देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने बताउनुभएको छ ।
मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने
रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।
चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो
चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।
बाघको आक्रमणबाट प्रहरी सहित तीनजना घाइते
पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।
खुटी नहर सञ्चालनमा ल्याउने तयारी
लाहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवर्क्स अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आउने भएको छ ।
मुसहर समुदायका बालबालिका विद्यालय बाहिर
तराईको अति पिछडिएको दलित समुदायमा पर्ने मुसहर समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन्। गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट बञ्चित हुनु परेको हो। अभिभावकसँग गाउँमै बसेका बालबालिका पनि अशिक्षाका कारण विद्यालयको पहुँचभन्दा बाहिर छन्। तराईका प्रत्येक मुसहर बस्तीमा पुग्दा मुसहर बालबालिका गाउँमै खेलेर बसेको भेटिन्छन्। बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँकी मन्मादेवि माझीले गाउँका धेरै बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो।
नेपाली संस्कृति हराएकोप्रति संस्कृति मन्त्रीको चिन्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विदेशी संस्कार, संस्कृतिले नेपाली मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।
लागूऔषधसहित एक जना पक्राउ
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
घरेलु मदिरा भट्टीले समाजमा समस्या थप्दै
ग्रामीण भेगमा सञ्चालित मदिरा भट्टीले सामाजिक समस्या र सुरक्षा चुनौती थप्दै गएको छ ।
दलित सशक्तीकरण ऐनलाई पूर्णता दिन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
तीन वर्ष बित्न लाग्दा पनि दलित सशक्तीकरण ऐनले पूर्णता नपाएको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाइएको छ ।
शिविरमा गरिएको छोरी शिक्षा बीमा अलपत्र
मधेश प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रमबाट यहाँका २५ हजार छोरी वञ्चित भएका छन्। मधेशका २५ हजार छोरीको बीमा फाराम भरेको करिब दुई वर्ष भइसक्दा पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन। मधेश प्रदेशमा मुख्यमन्त्री ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रमअन्तर्गत जन्मिएका छोरीलाई सरकारले छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम गर्दै आएको छ। सुरुमा मुख्यमन्त्री कार्यालय मातहतबाट सञ्चालन भइरहेको यो कार्यक्रमका बारेमा चेतनामूलक शिविर नै सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो। शिविरबाट २५ हजार बालिकाको बीमा फाराम भरेर सम्बन्धित स्थानीय तहमा राखिएको थियो। ती फारामको हालसम्म बीमा गर्ने वा नगर्ने बारे कुनै निर्णय नै नभएको उहाँले बताउनुभयो।