शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्छ : उपाध्यक्ष सापकोटा
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
साढे आठ हजार बिरुवा नष्ट गरेको आरोपमा वडाध्यक्ष पक्राउ
वन अतिक्रमित जग्गामा रोपिएको बिरुवा काटेर, उखेलेर नष्ट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्।
भारतमा मजदुरी गर्न गएका युवकको हत्या
भारतमा मजदुरीका लागि गएका सर्लाहीका एक युवकको हत्या भएको छ । दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको भारतीय युवकले कुटपिट गरी हत्या गरेको हो ।
सडक बत्ती बालेबापत रौतहटका पाँच पालिकाले सात करोड बढी रकम तिर्न बाँकी
सडक बत्ती बालेबापत रौतहटका पाँच वटा नगरपालिकाले सात करोड रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा मातहतका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर गरी पाँच वटा नगरपालिकाले सडक बत्तीको उक्त रकम भुक्तानी गरेको छैन ।
जातीय छुवाछूत गर्नेलाई कारबाहीको माग
जातीय छुवाछूतसहित गरिएको मृत्युभोजको विरोध गर्दै अधिकारकर्मीहरूले छुवाछूतलाई प्रश्रय दिनेलाई कारबाहीको समेत माग गरेका छन्। छुवाछूत गरेर मृत्युभोज गरिएको सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरिएको हो। उहाँले आमाको १३औँ दिनको तिथिमा बोलाएका पाहुनालाई जातीय आधारमा छुट्टाछुट्टै स्थानमा बसाएर मृत्युभोज गराउनुभएको थियो। जातअनुसार छुट्टाछुट्टै स्थानमा ब्यानर नै झुन्डयाइएको थियो।
चुरे क्षेत्रमा खानेपानीको हाहाकार
सुक्खा बढ्दै जाँदा सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार मच्चिन थालेको छ। चुरे पाखोका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन्। खडेरी लाग्ने केही महिना जिल्लाको चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, बेलडाँडा, विलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको छ। बढ्दो वनविनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोतहरू चाँडो सुक्न थालेका जानकार बताउँछन्।
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
सर्लाहीको हरिवनमा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएपछि स्थानीयले शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
फागुमा सवारी दुर्घटनाबाट सोह्र जनाको मृत्यु
फागुपर्वको अवधिभरमा मधेश प्रदेशमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन्। फागुको तीन दिनमा प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा व्यवस्थाअनुसार अभियान नै सञ्चालन गरिएको थियो। कलैया समाचारदाताका अनुसार प्रदेशका आठ जिल्लामा फागुपर्वमा मदिरा सेवनगरी सवारीसाधनबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले फागुन २२ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गरिएको थियो। राजमार्ग तथा सहायक मार्गमा सवारी जाँचलाई कडाइ गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो।
विद्युत् प्रसारण लाइन निर्माणमा रोक
महोत्तरीको महोत्तरी गाउँपालिका रतवाडाका जग्गाधनीले अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणमा रोक लगाएका छन्। टावर निर्माण तथा तारमुनि जग्गाको मुआब्जा रकम न्यून भएको भन्दै निर्माण रोकिएको हो।
फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरस्थित न्यू कृष्णा फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिब ६० लाख रुपियाँ मूल्य बराबरको फर्निचरका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताउनुभयो ।
कुटपिटबाट पत्रकार चौधरी घाइते
पत्रकार नवीन चौधरीमाथि कुटपिट भएको छ । उहाँलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा भर्ना गरिएको छ ।
उखु क्रसिङ बन्द
सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यस वर्ष १० लाख ९५ हजार तीन क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।
कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित
अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङगा– ८ का दसन चौधरी वडाको सबै काम सकाएर छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाएको एक साता बितिसक्दा पनि उहाँको काम भएन ।
मिथिलाञ्चलमा आज होली मनाइँदै
जनकपुरधामसहित मिथिला क्षेत्रमा पन्ध्र दिने परिक्रमाको भोलिपल्ट आज रङ्गहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदैछ ।
अस्पतालमा बिरामीको चाप
सर्लाहीमा केही दिनदेखि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तन भई गर्मी बढ्दै जाँदा जिल्लाभरका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो ।
कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु
सोमबार साँझ भारततर्फ जन्ती लिएर हिँडेको एचआर २६ सीएच ९७०६ नम्बरको कारले ठक्कर दिँदा भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२, हथिऔल निवासी हरेराम सहनकी छोरी १८ महिनाकी माया कुमारीको मृत्यु भएको हो ।
होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव
धनुषा, फागुन २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताउनुभएको छ ।होली पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्धन गर्न पनि अभिप्रेरित गर्ने बताउनुभयो ।बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उहाँले यहाँका हरेक जातजाति र धर्मावलम्बीमा आ–आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताउनुभयो ।असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेश प्रदेश, देश र देशबाहिर रहेका सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री यादवले व्यक्त गर्नुभएको छ ।“कुमतिको होलिका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसियालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । रासस
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरधामको अन्तः गृह परिक्रमासँगै मिथिला माध्यमिकी परिक्रमा
जनकपुरधामको अन्तः गृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ ।
मिथिलामा तीन दिन होली
मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ ९होली, फागु० पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि ९राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि० भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो ।
चौध लाख भारतीय मुद्रासहित नौ जना पक्राउ
सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिक सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा
मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ।
वित्तीय संस्थालाई बढ्दो सुरक्षा चुनौती
आर्थिक तरलतासँगै लेनदेन, मिटरब्याजसम्बन्धी सप्तरीमा बढ्दो उजुरीले आर्थिक क्षेत्रमा काम गर्ने सङ्घ संस्था तथा कर्मचारीको सुरक्षा चुनौती थपिएको छ ।
महामूर्खको उपाधि पाउन तँछाडमछाड
कसैलाई मूर्ख मात्र पनि भनिदिँदा क्रोधले तथानाम गालीगलौज मात्रै गर्दैनन् उस्तै परे हातपात गर्न अग्रसर हुन्छन्। तर जनकपुरमा सम्मेलनको आयोजना गरेर हजारौँ मानिसका अगाडि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्।