• २ असार २०८१, आइतबार

एसइई उतीर्ण छात्रालाई कम्प्युटर वितरण

blog

दिपकप्रसाद गौतम

वीरगञ्ज, जेठ ३ गते । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० कार्यालयले उक्त वडाबाट एसइई परीक्षा उतीर्ण गरेका १६ जना छात्राहरुलाई कम्प्युटर प्रदान गरेको छ । वडाको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी वडा कार्यालयले एसइई उतीर्ण गरेका छात्राहरुलाई कम्प्युटर प्रदान गरेको हो ।

निर्वाचनमा आफूले गरेको घोषणा बमोजिम वडाको बजेटबाट एसइई परीक्षा उतीर्ण गरेका १६ जना छात्राहरुलाई कम्प्युटर वितरण गरिएको वडा अध्यक्ष मनोजकुमार यादवले जानकारी दिनुभयो ।   

वडाकोे लालपर्सा र प्रसोतीपुर टोलका १६ जना छात्राहरुलाई एक–एक सेट कम्प्युटर प्रदान गरिएको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र संघीय सासद प्रदिप यादवले छात्राहरुलाई कम्प्युटर सेट हस्तान्तरण गर्नुभएको थियो । 

शिक्षा क्षेत्रको विकासको लागि आफू प्रतिवद्ध रहेको बताउनुहुँदै वडा अध्यक्ष यादवले छात्राहरुलाई पठनपाठनमा सहज होस भनी कम्प्युटर वितरण गरिएको बताउनुभयो ।

कम्प्युटर सेट वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीयवासी, विद्यालयका शिक्षक शिक्षिका लगायतको सहभागिता थियो ।