हात्तीको आक्रमणबाट एकको मृत्यु
जङ्गलमा घाँस काट्न जानुभएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
किसान चैते धानखेतीतर्फ आकर्षित
धनुषामा चैते धानमा किसानको आकर्षण बढ्दै गएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र
पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
सिराहा क्याम्पसमा जनमत प्यानल विजयी, लाहानमा नेविसङ्घको अग्रता कायमै
सिराहा सदरमुकामस्थित सत्यनारायण सूर्यनारायण मोरबैता बहुमुखी क्याम्पसमा विद्यार्थी जनमत सङ्घको प्यानल नै विजयी भएको छ ।
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज महानगरपालिका-१६ स्थित इनर्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
गाउँका ‘डाक्टर’को गर्व
लक्ष्मीपुरपतारी गाउँपालिका–६, सीतापुर निवासी शिबु साह घरघरमा उपचार गरेर भएको कमाइबाट चारै छोरालाई डाक्टर बनाउन सफल हुनुभएको छ। शिबुले अनुभवबाट उपचार गर्न सुरु गर्नुभएको थियो। गरिब दलित बस्तीमा उपचारका लागि निकै प्रख्यात भएकाले उहाँलाई बिरामीले दिएको पदवी नै शिबु डाक्टर हो। तर वास्तवमा उहाँ चिकित्सक हुनुहुन्न। अहिले पनि विपन्न दलित बस्तीमा कोही बिरामी पर्दा शिबुकहाँ नै आउने गरेका छन्। २०३६ सालमा एसएलसी उत्तीर्ण गरेर भारत विहारको दरभङ्गामा न्युरोलोजिस्ट डाक्टर सीताराम सिंहको क्लिनिकमा पाँच वर्ष कम्पाउन्डरको काम गर्नुभएको शिबु साह आफ्नै गाउँ फर्केर ज्वरो, दम झाडापखालालगायत सीतापुरवरिपरिका गाउँमा सामान्य बिरामीको उपचार गर्न थाल्नुभएको थियो।
बस्ती जोगाउन नदीमा तटबन्ध निर्माण
नदी कटानबाट बस्ती र खेतीयोग्य उर्वरभूमि जोगाउन धनुषाको मिथिला नगरपालिका –११, तुलसीस्थित विभिन्न नदीमा तटबन्ध निर्माणको काम थालिएको छ ।
राराबमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
घरको छाना छाउँदा खुसी
खुला आकाशमा सुत्न बाध्य रौतहटको दलित तथा गरिब समुदायका नागरिकको घरमा छाना छाउने काम सुरु भएपछि उनीहरूमा खुसियाली छाएको छ। रौतहटमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित जनता आवास योजना कार्यक्रमले निर्माण गरेको घरको छाना छाउने कार्य तीव्र रूपमा अघि बढेपछि दलित नागरिकमा खुसी छाएको हो। यसअघि उक्त कार्यक्रमअन्तर्गत बनेका घर छानोविहीन थिए। सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख मदन राय भन्नुहुन्छ,
सङ्घीय निजामती ऐन यही अविधेशनमा टेबुल हुन्छ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले सङ्घीय निजामती ऐन यही अविधेशनबाट टेबुल हुने बताउनुभएको छ । जनकपुरधाममा शनिबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोस्रो अधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो ।
ट्याक्टर चालकमाथि छुरा प्रहार गर्ने तीन पक्राउ
धनुषाको बडहरी खोलामा २४ वर्षीय ट्याक्टर चालक पवन महतोमाथि धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
खुट्टा गुमाएका पौरखी नथुनी
दुई वर्षअगाडि ट्याक्टर दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका लहान नगरपालिका–१ का ६८ वर्षीय नथुनी दासले हाते कल गाड्ने पेसा छाड्नुभएको छैन। अहिले पनि उहाँले महिनाको २० हजार रुपियाँ कमाइ गरिरहनुभएको छ। अक्षरसमेत नचिनेका दासले पाँच दशकदेखि हाते कल धसाएर (गाडेर) दुई छोरा र तीन छोरीलाई पढाएर लालनपालन गरिरहनुभएको छ। तीन वर्षअगाडि गोलबजारमा ट्याक्टरको ठक्करबाट टुक्रिएको दाहिने खुट्टा काठमाडौँस्थित वीर अस्पतालमा काटिएको थियो।
अर्थतन्त्र चलायमान बनाउन महोत्सव
बर्दिबास महोत्सवको चौथो संस्करण सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ बर्दिबासको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सव १३ चैतसम्म चल्ने छ ।
ढल्केबरमा अत्याधुनिक नाटक घर बन्ने
धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा अत्याधुनिक नाटकघर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटक घरको शिलान्यास गरिएको छ ।
‘स्थानीय तहमा काम गर्न सजिलो छ’
देशभरीको अधिकांश स्थानीय तहहरूमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्धमा उतारचढाव आइरहँदा सप्तरीको एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अरु कार्यालयको तुलनामा स्थानीय तह चलाउन सहज रहेको बताउनुभएको छ । राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले सो कुरा बताउनुभएको हो ।
प्रतिबन्धित रकमसहित दुई पक्राउ
महोत्तरीको विभिन्न ठाउँबाट नक्कली र प्रतिबन्धित रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार नक्कली रकमसहित जिल्ला महोत्तरी मनरासिस्वा न.पा. वडा ५ बथनाहा बस्ने वर्ष ३७ को ओमि हुसेन तथा जलेश्वर न.पा. वडा ३ बस्ने वर्ष ३४ को विमलेश पाण्डेलाई प्रतिबन्धित रकमसहित पक्राउ गरिएको छ ।
छुरा प्रहारबाट धनुषामा एक युवा घाइते
धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।
ध्वनि प्रदूषण : डीजे बाजा नियन्त्रणबाहिर
विवाह तथा धार्मिक सांस्कृतिक कार्यक्रममा उच्च ध्वनिमा बजाइने डीजे बाजालाई नियन्त्रण गर्न केही वर्षदेखि प्रयास गरे पनि प्रयास सफल हुन सकेको छैन। डीजे बज्दा निस्केको चर्को आवाजले स्वास्थ्य र वातावरणमा असर पार्ने गरेको छ। यसले मौलिक संस्कृतिमाथि समेत असर परेको भन्दै स्थानीय सरकार तथा प्रहरी प्रशासनले नियन्त्रण गर्न खोजेको हो। नागरिक अगुवा रामविहारी साहले यो चिन्ताको विषय भएको बताउनुभयो। उहाँका अनुसार डीजेमा बजाउने गीतहरू कुनै पनि धर्म संस्कृतिसँग जोडिएको हुँदैन। अश्लील गीत बजाउने डीजे बाजाका कारण धार्मिक सांस्कृतिक र वैवाहिक कार्यक्रमहरूमा सभ्य मानिसहरू सहभागी हुन छाडिसकेका छन्।
‘सजिवन’ मासुभन्दा महँगो
अन्य तरकारी खेतीभन्दा सजिवन उत्पादन गर्न सहज र सस्तो भए पनि यसको मूल्य भने मासुभन्दा पनि महँगो हुनेगरेको उपभोक्राहरुको भनाइ छ ।
स्कुल भ्यानको ठक्करबाट बालकको मृत्यु
धनुषाको सबैला नगरपालिका –१२ रघुनाथपुरमा स्कुल भ्यानको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
पाँच वर्षमा पनि बनेन जनक दरबार र धर्मशाला
जनकपुरधामस्थित मणि मण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना समयावधि सकिए पनि काम भने सम्पन्न हुन सकेको छैन ।
निकुञ्जमा साठी प्रजातिका वनस्पति खानयोग्य
पर्सा राष्ट्रिय निकुञ्जमा ६० प्रजातिको वनस्पति खानयोग्य रहेको पाइएको छ। निकुञ्जमा ३३६ प्रजातिका वनस्पति तथा ३६ प्रजातिको स्तनधारी, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरिसृप र ३१ प्रजातिका पुतली रहेका छन्। निकुञ्जमा हात्ती, पाटेबाघ, गैँडा, गौरीगाई, जङ्गली कुकुर, चितुवा, जरायो, नीलगाई, अजिङ्गर, किङकोब्रा, राजधनेशलगायतका ३६ प्रजातिको स्तनधारी, १७ प्रजातिको दुर्लभ र २० प्रजातिको साधारण जनावर रहेको निकुञ्ज प्रमुख डा. अशोककुमार रामले बताउनुभयो।
खानेपानी नियमित गर्न माग
लहान नगरपालिका–२३ मा निर्माण भएको ओभरहेड टयाङ्कबाट खानेपानी नियमित हुनुपर्ने माग स्थानीयले गरेका छन्। आठ सय घरधुरीका लागि आठ करोड रुपियाँको लागतमा निर्माण भएको ओभरहेड ट्याङकीबाट पाइप जडान भएर पानी खाने रहर कहिले पूरा होला भन्ने टुङ्गो नभएको स्थानीय विनोद सहनीले बताउनुभयो। उहाँका अनुसार करोडाैँको लागतमा निर्माण भएको परियोजनाको निर्माणका लागि उपभोक्ता समिति गठनका लागि नै विवाद भइरहयो।
अन्धविश्वासमा सिङ्गो बस्ती, दुई महिनामा पाँच जनाको मृत्यु
सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वास्थित मुसहर बस्तीमा दुई महिनामा पाँच जना मुसहरको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। मुसहर बस्तीका चार पुरुष र एक महिलाको ज्यान गइसकेको छ। ५५ वर्षीया केउला माझी, २२ वर्षीय तिलाई माझी, ५० वर्षीय नन्दु माझी, ५५ वर्षीय सोमिन्दर माझी र ४८ वर्षीय चेतनारायण माझीको अज्ञात रोगबाट मृत्यु भएको स्थानीयले बताएका छन्। सोमिन्दर माझीको फागुन २९ गते, नन्दु माझीको फागुन २८ गते, चेतनारायण माझीको माघ २८ गते, तिलाई माझीको माघ १५ गते र केउला माझीको पुस २८ गते मृत्यु भएको हो। एउटै गाउँमा पालैपालो पाँच जनाको मृत्यु भएपछि बडकुर्वास्थित मुसहर बस्ती अहिले शोकमग्न छ भने स्थानीय त्रासमा छन्।