रामनवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा उल्लेख भए अनुसार १६ गते बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
लैङ्गिकमैत्री योजना तथा बजेटबारे जनप्रतिनिधिलाई जानकारी
मधेश प्रदेशका दलित तथा सीमान्तकृत समुदायको जीवनशैलीमा रूपान्तरणका लागि रत्यौली युवा क्लबले सञ्चालन गरेको सामाजिक आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत जनकपुरधाममा एक दिने अभिमुखी कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि र सरोकारवालालाई लैङ्गिकमैत्री योजना, नीति तथा बजेटबारेमा जानकारी गराइएको छ ।
मिटरब्याज पीडितको आन्दोलनमा मधेश सरकारको ऐक्यबद्धता
न्याय खोज्दै महोत्तरीको बर्दिवासकाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितको आन्दोलनमा मधेश प्रदेश सरकारले ऐक्यबद्धता जनाएको छ ।
विद्युत चुहावट गर्ने १३ जना पक्राउ
नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले हुकिङ गरी विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्राधिकरणले ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट नियन्त्रणमा लिइएको हो ।
महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्यामा वृद्धि
स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प
नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मन्त्रालयका नाम हेरफेर
कामको प्रकृतिअनुसार मधेश प्रदेश सरकारले मन्त्रालयहरूको नाम हेरफेर गरेको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेश मन्त्रालयको नाम समायोजन तथा कार्यविभाजन गरेको हो। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको सङ्ख्या भने ११ नै कायम रहने गरी नाम समायोजन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो। उहाँले नाम समायोजन भए पनि प्रमाणीकरण हुन भने बाँकी रहेको जानकारी दिनुभयो।
सुकुम्बासीलाई जग्गा दिन नापजाँच
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु गरेको छ। नगरपालिकाले भूमि आयोग जिल्ला समिति धनुषा र नापी कार्यालय धनुषाको समन्वयमा जग्गाधनी लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच सुरु गरेको हो।
अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न माग
सवारी साधन व्यवस्थापन गर्न माग गर्दै कलैया भरत चोकका व्यापारीहरुले माग गरेका छन् ।
सप्तरीमा इँट्टा भट्टाको पर्खाल भत्किदा एक जनाको मृत्यु
सप्तरीको रुपनी गाउँपालिका-२ पिपराही स्थित रहेको जेएस आर इँटा भट्टा उद्योगमा मंगलबार बिहानै पर्खाल भत्किएर एक कामदारको मृत्यु भएको हो।
रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
चैती छठ पर्व सम्पन्न
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।
बारामा आगलागीबाट छ घर–गोठ नष्ट
बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् ।
‘एसईई परीक्षा प्रभावकारी बनाइने’
मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले मधेशमा विगतभन्दा यस वर्षको एसईई परीक्षा सफल र प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो। मधेश प्रदेश शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयद्वारा सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सुरक्षा निकायका प्रमुखसँगको अन्तक्र्रियामा मन्त्री यादवले उक्त कुरा बताउनुभएको हो। प्रदेशको शिक्षा व्यवस्थालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले आगामी एसईई परीक्षा विगतभन्दा सफल बनाउने योजनामा प्रदेशका आठै जिल्लाका सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
बजार धाउनै पर्दैन
पछिल्लो समय सर्लाहीका गाउँमै दैनिक उपभोग्य वस्तु पाइन थालेपछि स्थानीयको जीवनयापन सहज बन्दै गएको छ। ग्रामीण भेगमा समेत दिनहुँ आवश्यक पर्ने खाद्यान्न र अन्य वस्तु सहजै पाउन थालेपछि स्थानीयलाई बजार नै धाउनुपर्ने बाध्यता हट्न थालेको हो। यहाँका ग्रामीण भेगमा साना बजार बस्न थालेपछि दैनिक उपभोग्य वस्तु र अन्य आवश्यक सामग्रीको पसल खुल्ने क्रम बढ्दो छ।
मिटरब्याज पीडितको पीडा : ऋण तिरेको तमसुक नबन्दा घरजग्गा लिलाम हुन्छ
काठमाडौं आउनेमा सप्तरी, धुनषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका पीडित धेरै छन्। उनीहरुले मिटरब्याजी पीडकलाई कारबाही गर्नुपर्ने र न्यायको मागसहित संघर्षमा उत्रेको बताएका छन्।
मधेस केन्द्रित साना चार दलले गरे मोर्चा गठन
मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्।
बन्ने भयो सत्रुधन सदाको घर
गरिबीका कारण विगत आठ वर्षदेखि प्लाष्टिकको छाप्रोमा बस्दै आउनुभएका सत्रुधन सदाको घर बन्ने भएको छ ।
आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित
जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् ।
वसन्ती छठ पर्वको निराहार व्रत आज
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
दुर्गन्धित जनकपुरधाम सफा गर्ने अभियान
मधेश प्रदेशको स्थायी राजधानी र धार्मिक पर्यटकीय नगरी जनकपुरधामलाई सफासुग्घर राख्ने सबैको चाहना हुँदाहुँदै पनि चारैतिर फोहोर देखिन्छ। घर, पसलको फोहोर सडकमा ल्याएर फाल्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो। जनकपुर नगरीलाई सफासुग्घर राख्न चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छ तर त्यो चेतनामूलक सन्देश पढेर पनि व्यवहारमा भने उतारिएको छैन। यसैकारण जनकपुरधामका मुख्य सडकमा फोहोर र दुर्गन्धित छन्।
रैथाने खेल लोप हुँदै सामाजिक भावनामा ह्रास
पछिल्लो समय मधेशमा खेलिने परम्परागत रैथाने खेल लोप हुँदै गएकाले सामूहिक सद्भाव र मेलमिलापको भावनामा समेत ह्रास हुँदै गएको छ । अहिलेका बालबालिका तथा किशोरकिशोरी इन्टरनेटबाट खेलिने शारीरिक अभ्यासबिनाका खेलमा लत बस्न थालेपछि सामूहिक सद्भाव र मेलमिलापको भावनामा ह्रास आएको हो । जनज्योति माध्यमिक विद्यालयका पूर्वखेल शिक्षक रामकुमार घिमिरे भन्नुहुन्छ, “हाम्रा अधिकांश रैथाने खेल वातावरणमैत्री र मितव्ययी छन् । गाउँघरमै उपलब्ध सामाग्रीको खोजी गरी खेलिन्छ । आर्थिक भार नपर्ने, शारीरिक र मानसिक विकास पनि हुने र मनोरञ्जन पनि पर्याप्त लिन सकिने त्यस्ता रैथाने खेल संरक्षणमा सबैले विशेष ध्यान दिनुपर्छ । परम्परागत रैथाने खेल कतैकतै कहिलेकाहीँ विद्यालयमा विद्यार्थीलाई खेलाएको देखिन्छ ।”
लक्ष्यअनुसार राजस्व सङ्कलन भएन
सप्तरीको राजविराज भन्सार कार्यालयले आ.व. २०७९/०८० को आठ महिनामा दुई करोड ८२ लाख बराबरको राजस्व सङ्कलन गरेको छ ।
धनुषामा ट्रक दुर्घटना तीन जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।