• ६ वैशाख २०८१, बिहिबार

विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

blog

विश्व वातावरण दिवसको अवसरमा राजविराजमा निकालिएको सचेतना र्‍याली । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) जेठ २२ गते । ‘‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’’ मूल नाराकासाथ सप्तरीमा विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरिएको छ ।

मधेश कृषि विश्वविद्यालय, राजविराज र डिभिजन वन कार्यालय, सप्तरीको संयुक्त आयोजनामा विश्व वातावरणमा सचेतनामूलक प्लेकार्डसहित विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीले राजविराज बजारमा र्‍याली प्रदर्शन गरेको विश्वविधालयको रजिष्ट्रार डा. श्रीभगवान ठाकुरले जानकारी दिनुभयो ।  

जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा वृक्षारोपण गरेर यो दिवस मनाएको सो कार्यक्रमका सहभागीहरूले प्लास्टिकजन्य फोहर समेत सरसफाइ गरिएको वन डिभिजन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले बताउनुभयो । 

विश्व वातावरण दिवसको इतिहास, औचित्य, नीतिगत व्यवस्था र महत्त्वबारे बोल्नुहुँदै प्लास्टिकको प्रयोगबाट मानव, जीवजन्तु, कृषि तथा समुन्द्री पर्यावरणमा परेको प्रभावबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।