• १३ साउन २०८१, आइतबार

बर्दिबासमा बस दुर्घटना ८ जना घाइते

blog

दुर्घटनाग्रस्त बस । तस्बिरः रविन्द्र

रवीन्द्र उप्रेती 

बर्दिबास, जेठ २४ गते । काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नम्बरको शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज बिहान दुर्घटना हुँदा ८ जना घाइते छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् ।

घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार सडक छेउमा बिग्रिएर बसेको प्रदेश २.०१.००१ख ०२२१ नं को ट्रकमा बिहान छ बजेतिर ठोकिदा दुर्घटना भएको हो । बसमा रहेका २२ यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।