• १७ असार २०८२, मङ्गलबार

उपभोक्ता अदालतको निर्णयविरुद्ध सङ्घले गर्यो चरणबद्ध आन्दोलन घोषणा

blog

काठमाडौँ, असार १७ गते । नेपाल चिकित्सक सङ्घले मङ्गलबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

 उपभोक्ता अदालतले हालै चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाहरू नेपाल मेडिकल काउन्सिल अधिकार क्षेत्रसँग बाझिएकोमा आपति जनाउँदै सङ्घले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । 

 नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकाल्दै चिकित्सकले उपचारको क्रममा त्रुटी भएमा उजुरी हेर्ने जिम्मेवार संस्थाको रूपमा नेपाल मेडिकल काउन्सिल रहेकोले यस्ता मुद्दाहरू काउन्सिल मार्फत नै अगाडि बढाउनुपर्ने माग राखेको छ ।  

 सङ्घले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संसोधनका लागि दबाब दिन मङ्गलबारदेखि  ७२ घण्टाका लागि देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा हातमा कालो पट्टि बाँधी सेवा प्रभाव गर्ने निर्णय गरेको छ । 

 दबाबका कार्यक्रममा उचित समन्वय गर्नका लागि सङ्घका महासचिव डा.सन्जिव  तिवारीको संयोजकत्वमा टाक्स फोर्स गठन गरेको छ ।  

सङ्घले सरकार अन्तर्गतका विभिन्न सरोकारवाला निकायसँग यस विषयमा निरन्त छलफल अगाडि बढाई समाधानका लागि दबाब  दिने कार्यक्रम तय गरेको छ । 

असार १९ गते सम्पूर्ण सरोकारवालाहरूलाई बृहत् छलफल गरी आगामी कार्यक्रम निर्धारण गर्ने निर्णय सङ्घले गरेको छ ।  

 यदि सरकारले यस विषयमा यथाशीघ्र उपयुक्त कदम नचालेमा  चिकित्सक सङ्घ सशक्त आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य हुने चेतावनी दिएको छ ।