• १६ असार २०८२, सोमबार

एसइई नतिजा: दाङको ४७ सामुदायिक विद्यालयको नतिजा कमजोर

blog

सन्तोष दहित 

दाङ, असार १६  गते । माध्यमिक शिक्षा परिषद्ले लिएको २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइईमा दाङको घोराहीमा रहेका संस्थागत विद्यालयले करिब ९१ प्रतिशत नजिता ल्याउँदा सामुदायिक विद्यालयको नतिजा निकै कमजोर देखिएको छ ।

घोराहीका कुल २६ संस्थागतले ९० दशमलव ६८ प्रतिशत नजिता निकाल्दा ४७ सामुदायिक विद्यालयले ३९ दशमलव ३४ प्रतिशत विद्यार्थी मात्रै पास गराउन सफल भएका छन् ।घोराहीका अधिकांश सामुदायिक विद्यालयको नतिजा कमजोर हुँदा घोराही ६ मा रहेको मावि जजरागाउँले भने उत्कृष्ट नतिजा ल्याएको छ । 

मावि जजरागाउँबाट एसइईमा ५१ जना विद्यार्थी सहभागी भएकोमा ४३ जना ग्रेड हुँदा ८४ दशमलव ३ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । बाँकी ८ जना ननग्रेड भए पनि मौका परीक्षा दिन पाउनेछन् ।  दोस्रोमा अन्तर्राष्ट्रिय युवा वर्ष मावि घोराही १९ तोष रहेको छ । अन्तर्राष्ट्रिय युवा वर्ष माविबाट ७ जना विद्यार्थीले परीक्षा दिएकोमा ५ जना ग्रेड हुँदा ७१  दशमलव  ४ प्रतिशत नतिजा ल्याएको छ ।  

तेस्रो हुनेमा घोराही १४ नयाँ बजारस्थित शुभप्रभात मावि रहेको छ । शुभप्रभात माविबाट ६४ जना विद्यार्थीले परीक्षा दिएकोमा ४१ जना ग्रेड हुँदा ६४ दशमलव १ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । 

यसै गरी, घोराहीबाट सामुदायिक विद्यालयतर्फ एसइईमा उत्कृष्ट चारमा नतिजा ल्याउन सफल विद्यालय घोराही ७ स्थित मावि सौडियार रहेको छ । मावि सौडियारबाट ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ४४ जना ग्रेड हुँदा ६१ दशमलव १ प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।जनजागृति मावि लमडरुवा उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । जनजागृति माविबाट ३० जना विद्यार्थी सहभागी भएकोमा १८ जना अर्थात् ६० प्रतिशत नजिता ल्याएको छ ।

घोराहीबाट एसइईमा सहभागी कुल २६ विद्यालय मध्ये सबैभन्दा कमजोर नजिता ल्याउनेमा घोराही-९, तेघरास्थित नरदेवी मावि रहेको छ । नरदेवी माविबाट ६६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा ८ जना विद्यार्थी ग्रेड हुँदा ५८ जना ननग्रेड भएका छन् । समग्रमा घोराहीका २६ वटा सामुदायिक विद्यालयबाट २ हजार ४६ विद्यार्थी एसइईमा सहभागी हुँदा ८ सय ५ जना ग्रेड भएका छन् अर्थात् ३९ दशमलव ३४ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् भने बाँकी १ हजार २ सय ४१ जना ननग्रेड भएका छन् । उता, घोराहीबाट निजी विद्यालयले करिब ९१ प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् । कूल ४७ संस्थागत विद्यालयबाट १ हजार ८ सय ७९ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा १ हजार ७ सय ४ जना अर्थात् ९० दशमलव ६८ प्रतिशत नतिजा ल्याएका छन् ।

कुल ४७ संस्थागत विद्यालय मध्ये १४ वटा विद्यालयले शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् । शतप्रतिशत विद्यार्थी पास गराउनेमा सिद्धार्थ एकेडेमी, दीपशिखा मावि, शान्तिसुधा मावि, हिन्दुविद्यापीठ नेपाल, लिटिल एञ्जल स्कुल, ग्यालेक्सी एकेडेमी, ज्ञानमाला एकेडेमी, ज्ञानसिन्धु एजुकेसन एकेडेमी, विद्याकुञ्ज मावि, हाइलाईट स्कुल, ज्ञानज्योति एकेडेमी, सनराइज एकेडेमी, आर्वराइजिङ एकेडेमी र रमना पाठशाला रहेका छन् ।

घोराहीमा संस्थागतबाट २६ र सामुदायिक विद्यालयबाट ४७ गरी कुल ७३ विद्यालयबाट ३ हजार ९ सय २५ जना विद्यार्थी मध्ये ६३ दशमलव ९२ प्रतिशत विद्यार्थी ग्रेड भएका छन् ।