• १३ असोज २०८१, आइतबार

नाला निर्माणमा ढिलाइ भएको गुनासो

blog

सप्तरीको राजविराज हनुमाननगर सडकको मंसापुर खण्डमा सडक किनारमा खनिएको नाला । तस्विर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, असार २२ गते । सप्तरीको तिलाठी कोइलाडी –७ स्थित राजविराज हनुमाननगर सडकको मंसापुर खण्डमा सडकको नाला निर्माणमा ढिलाइ भएको छ । नाला निर्माणमा ढिलाइ हुँदा स्थानीयहरुले गुनासो गरेका छन् । 

ठेकेदार कम्पनीले सडकको नाला निर्माणका लागि खाल्डो खनिएको महिनौ भइसक्दा पनि निर्माण काम अझै नहुँदा स्थानीयलाई आवतजावतमा समेत समस्या भएको गुनासो छ । 

सो बस्तीका १५–२० घर नालाका लागि खनिएको खाल्डो छेउसँगै जोडिएको छ । वर्षाको समयमा नालासँग घर भासिने अवस्था रहेको स्थानीयको भनाइ छ । झण्डै ६–७ फिट गहिरो खाल्डोमा अहिले पानी भरिएको छ, आज मात्रै स्थानीय एक ६ वर्षीय बालिका आफ्नो घर अगाडि नालामा लडेर घाइते भएकी छन् ।