• १५ असार २०८१, शनिबार

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण

blog

वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण कार्यक्रममा सहभागीहरु । तस्बिरः विजयकुमार महतो /रासस

वीरगञ्ज, असार २९ गते । वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।

बसर्पाक चोकमा रहेको भानुभक्तको शालिक मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुले तोडफोड गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसर पारेर आज वीरगञ्जमा आदिकवि आचार्यको शालिक अनावरण गरिएको हो ।