• १५ असार २०८१, शनिबार

अज्ञात व्यक्तिबाट एकको हत्या

blog

यादवराज पुरी

रौतहट, असार २९ गते । घरेलु हतियारको प्रहारबाट रौतहटमा एक युवकको मृत्यु भएको छ । जिल्लाको देवाहिगोनाहि नगरपालिका ६ कर्कच कर्मैया बस्ने अन्दाजी वर्ष ३५ को जगरनाथ साह कानुको शुक्रबार राति घरेलु हतियारको प्रहारबाट मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले मृतक कानुको घाँटीमा घरेलु हतियार प्रहार गरी हत्या गरिएको पाइएको बताउनु भयो । उहाँका अनुसर मृतक कानु , उहाँकी श्रीमती र छोरीसँगै सुतेका थिए ।  मध्यरातमा मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले कानुलाई बोलाएपछि ढोका  खोलियो अनि अर्कै कोठामा उहाँको हत्या भयो । प्रारम्भिक अनुसन्धान बात उक्त कुरा देखियो । तर हत्या कसले गर्यो वा हत्या बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।