• १४ असार २०८१, शुक्रबार

गठबन्धनकै सरकार पाँच वर्षसम्म रहने छ : मन्त्री किराँती

blog

संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती । फाइल तस्बिर

धर्बेन्द्र झा

धनुषा, असार २६ गते । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार भएको सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले बुधबार सम्ममा छानबिन समिति गठन गर्ने बताउनुभएको छ ।

उहाँले छानबिन समिति गठन भएपश्चात् समितिले हेलिकोप्टर के कारणले दुर्घटना भएको हो बारेमा पता लगाउने बताउनुभयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहमा सहभागी हुन यहाँ आउनुभएका मन्त्री किराँतीले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

उहाँले सरकार गठन भएको पहिलो दिन देखि नै सरकारले सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताउनुभयो । उहाँले सुरक्षामा कुनै प्रकारको सम्झौता नहुने भन्दै अकासमा उड्ने बस्तु यहाँ मात्र हैन संसारको धेरै जसो ठाउँमा दुर्घटना हुन्छ तर दुर्घटना नहोस् भन्ने उद्देश्यले नै सरकार सुरक्षालाई पहिलो प्राथमिकता दिएको हो भन्नु भयो ।

उहाँले कसरी सुरक्षालाई प्राथमिकताका साथ उठाएर लागु गर्न सकिन्छ भन्ने विषयमा हामी छलफलमै रहेको भन्दै नेपाली आकाशलाई सुरक्षित बनाउने विषयमा खोज अनुसन्धान र बहस जारी रहेको बताउनु भयो । राजनीतिक प्रसङ्गमा उहाँले गठबन्धनकै सरकार पाँच वर्ष सम्म रहिरहने बताउनुभयो । 

उहाँले सत्तासाझेदार दलहरू बीचमा भएको सहमति बमोजिम प्रधानमन्त्री आलोपालो गरी फेरिन सक्ने सम्भावना भएपनि गठबन्धनको सरकार पाँचवर्ष सम्म रहिरहने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले पनि नेपाली जन आदेशको आधारमा निर्माण भएको सरकार भएको कारण आफ्नो नेतृत्व पाँच वर्ष सम्म नजानपनि सक्ने बताउँदा त्यसलाई उल्टो तरिकाले बुझिएको उहाँको भनाई थियो ।