• १३ असोज २०८१, आइतबार

कानुन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, असार २९ गते । जनकपुरधाममा नवोदित कानुन व्यवसायीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । नेपाल कानुन व्यवसायी परिषद् ललितपुरको आयोजनामा शुक्रबारदेखि जनकपुरधामस्थित नेपाल बार एशोसिएशन जनकपुुरधामको सभा हलमा सञ्चालित नवोदित कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि तथा व्यवसायमूलक तालिम सुरु भएको हो । 

उक्त तीन दिने तालिममको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश भोजराज अधिकारीले कानुन व्यवसायीहरुले कुनै पनि मुद्दा लेख्ने बेला विषयवस्तुलाई नजिकबाट नियालेर ध्यानपूर्वक मात्र लेख्न आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन व्यवसायीहरुले कुनै पनि मुद्दाको गुदीसम्म पुग्न अति नै आवश्यक हुँदा मुद्दा लेख्ने क्रममा ध्यान दिएर लेख्नुपर्ने र सत्यतथ्य पत्ता लगाएर मात्र मुद्दालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । वकिलहरुले लेखेको मुद्दा र वकालत गरेको भरमा हामीले निर्णय गर्नुपर्ने हुन्छ त्यसकारण सत्य, तथ्य बुझेर मात्र ध्यापूर्वक मुद्दा लेख्न कानुन व्यवसायीहरुसँग आग्रह गर्नुभयो । न्यायाधीश अधिकारीले नवोदिन कानुन व्यवसायीका लागि सञ्चालन गरिएको तीन दिने क्षमता वृद्धि तालिमले अभ्यास गर्ने थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

 उद्घाटन समारोहमा स्वागत मन्तव्य दिनुहुँदै वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले क्षमता अभिवृद्धि तथा व्यवसायमूलक तालिम रहेकोले आगामी दिनमा यस तालिमले कानुन व्यवसायमा पनि थप मद्दत मिल्ने जानकारी दिनुभयो । समारोहका अध्यक्ष बलराम सुवेदीले अदालतमा आएर हल्लिएर मात्र वकिल बन्न नसकिने भन्नुहुँदै वकिल बन्नका लागि काेर्टमा अभ्यास गर्न अावश्यक हुने हुँदा यस तालिमले नयाँ कानुन व्यवसायीका लागि वकालतको अभ्यास गर्ने क्षमतामा पनि थप विकास हुने बताउनुभयो । 

नयाँ कानुन व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुहुँदै कार्यक्रमका अध्यक्ष सुवेदीले तीन दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुले तीन दिनमा सिकेका कुराहरुले कानुन व्यवसायमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका कानुन व्यवसायीहरुका लागि सञ्चालन गरिएको उक्त तालिम असार २९, ३० र ३१ गतेसम्म चल्नेछ ।