माछा मार्ने क्रममा खोलामा डुबेर एक युवती बेपत्ता
कैलालीमा खोलामा डुबेर एक युवती बेपत्ता हुनुभएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नबिना चौधरी झलारी नालामा डुबेर बेपत्ता हुनु भएको हो ।
परशुरामधामलाई पर्यटकीय स्थल बनाइने
नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित परशुरामधाममा परशुरामको ५४ फिट अग्लो मूर्ति स्थापना गरिएको छ। परशुरामधामको गुरुयोजना बनाएर विकास गरिन थालिएको छ। गुरु योजनाअनुसार मूर्ति बनाइएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताउनुभयो। परशुराम नगरपालिका–५, परीगाउँको महाकाली नदी किनारमा धाम छ। धाममा गुरुयोजनाअनुसार भौतिक पूर्वाधारको निर्माणको काम भइरहेको उहाँले बताउनुभयो। सबैभन्दा ठूलो भनेर मूर्ति बनाइएको परशुराम क्षेत्र विकास समिति पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो। नेपालमा परशुरामको यति ठूलो मूर्ति नभएको उहाँको भनाइ छ।
अछाममा पहिरोले घर भत्किँदा आठ जनाको मृत्यु, नौ जना बेपत्ता
घरमाथिबाट आएको पहिरोमा परेर तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ जना बेपत्ता भएका छन् । मध्यरातमा घर माथिको डाँडाबाट पहिरो जाँदा काँडाकोट निवासी नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि उनीहरु वेपत्ता भएको उद्धारमा रहेका जनकबहादुर शाहीले जानकारी दिनुभयो । रितबहादुरकी दुई बुहारी, एक छोरा, एक नाती र नेत्रबहादुरका श्रीमान श्रीमती, एउटा छोरी र मिनबहादुर शाहीकी छोरीलाई पहिरोले पुरिएको स्थानीय जनकबहादुरको भनाइ छ । वेपत्ता मध्येमा दुई बालिकाको शव फेला परेको र अन्यको स्थानीयसँगै प्रहरीले खोजी कार्य जारी रहेको छ ।
नपाक्दै धानको बाला झर्न थाल्यो
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकामा अहिले किसान पछुताइरहेका छन् । दुई दशकअघिदेखि लगाउँदै आएको खुमल–४ को धानमा रोग लागेर बाला झरिरहेको पाटन नगरपालिका–६ का दिनेश विष्टले जानकारी दिनुभयो । १० पाथी बीउ लाग्ने खेतमा खुमल–४ रोप्नुभएका विष्टले धानको बाला सुकेर झर्न थालेको गुनासो गर्नुभयो । धान भित्र्याउने समयमा राम्ररी पुष्ट नभएको बाला पहेँलो भएर झर्न थालेको उहाँको गुनासो छ ।
कर्णालीमा बाढी खतराको तहमा, कैलालीका दक्षिणी क्षेत्र डुबानमा
केही दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा बाढीको खतरा नजिक पुगेको छ भने कैलालीको तल्लो तटीय क्षेत्रमा डुबान भएको छ ।
सुदूरपश्चिम सरकारमा दुई राज्यमन्त्री थपिए
सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन् । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को आग्रहमा मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार प्रदेश संसद बलवहादुर सोडारी र शुशिला बुढाथोकीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बेपत्ता १० को अवस्था अझै अज्ञात, खोजीमा सेना र प्रहरी
दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
पारदर्शिताको नारा लगाउने गैसस नै अपारदर्शी
समावेशी, पारदर्शिता, नागरिक अधिकार, समाजको आर्थिक एवं सामाजिक परिवर्तनका मुद्दा लिएर हिँड्ने मुगुका गैरसरकारी संस्थाले नै नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्ने गरेका छैनन्। नागरिक अधिकारको वकालत गर्ने यस्ता संस्थाले नागरिकको सूचनाको अधिकारलाई हनन गरिरहेका छन्। समुदायका हक, हित र विकास निर्माणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका यस्ता संस्थाले सुशासन व्यवस्था र सञ्चालन ऐन–२०६४ तथा सम्बन्धित नियमावली–२०६५ को व्यवस्थाअनुसार हरेक वर्ष संस्थाका गतिविधिबारे सार्वजनिक सुनवाइ गर्नुपर्ने हुन्छ। यद्यपि अधिकांश संस्थाले कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ गरेको पाइएको छैन।
विद्यालयमा शैक्षिक सुधार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अछामका ६३ विद्यालय छनोटमा परेका छन्। चालू आर्थिक वर्ष २०७९÷८० का लागि ३९ विद्यालयमा भवन निर्माण र २४ विद्यालय सूचना प्रविधिअन्तर्गत छनोटमा परेका छन्।
डेङ्गुको सङ्क्रमण बढ्दो रोकथामको प्रयास छैन
डोटी जिल्लामा डेङ्गु बिरामी बढ्दै गए पनि डेङ्गु नियन्त्रणका लागि प्रयास थालिएको छैन। स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार डोटीमा भदौ १३ गते पहिलो पटक डेङ्गुका बिरामी पाइएको थियो। जिल्लामा गरिएको डेङ्गु परीक्षणमा २७ जनामा डेङ्गु पाइएको थियो। त्यस्तै जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा छ जनामा डेङ्गु पाइएको थियो।
बाइस वर्षमा पनि खुलेन सटही काउन्टर
नेपाल–भारत सिमाना झुलाघाटमा रहेको सटही काउन्टर २२ वर्षदेखि बन्द रहेको छ। सटही काउन्टर बन्द हुँदा व्यापारीलाई चर्को कमिसन दिएर नेपाली मुद्रा साट्न स्थानीयवासी बाध्य छन्। झुलाघाटमा महाकाली भन्सारसँगै रहेको सटही काउन्टर नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वको समय २०५७ सालमा बन्द भएको थियो।
छाङरुमा फोरजी सेवा शुरू
दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । त्रिदेशीय (नेपाल, भारत र चीन) सिमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरुमा हेलिकोप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार टावर निर्माणका सामग्रीसहित उपकरण हेलिकोप्टरबाट ढुवानी गरेर कालापानीभन्दा झन्डै १३ किलोमिटर तल रहेको छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रपति शैक्षिक सुधारका लागि डडेल्धुराका ५४ विद्यालय छनोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ छनोटमा परेका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो ।
तीन दिन भारी वर्षा हुने, सुदूरपश्चिमका जिल्ला बाढीको जोखिममा
वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा बिहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ ।
सुशासन र पारदर्शितामा चुक्दै गैरसरकारी संस्था
गैरसरकारी संस्थाहरुले नियमित रुपमा सार्वजनिक सुनुवाई नगरेको पाइएको छ । समुदायका हकहितका लागि र विकास निर्माणसम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका संस्थाहरुले सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ तथा सम्बन्धित नियमावली –२०६५ मा सार्वजनिक सुनवाइको कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ नगरेको पाइएको हो ।
कैलालीमा एक सय चौबीस जनामा डेङ्गु
कैलालीमा डेङ्गु रोगबाट बिरामी हुनेको सङ्ख्या १२४ पुगेको छ। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेङ्गुका बिरामी फेलापरेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६३ जना डेङ्गुका बिरामी फेलापरेका छन्। सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा सात जनामा डेङ्गु पुष्टि भएको जनाइएको छ।
स्वास्थ्य सेवा सुधार्ने प्रतिबद्धता
अत्यावश्यक आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन अभियानकै रूपमा कार्यक्रम लैजान अछाममा सातबुँदे प्रतिबद्धता गरिएको छ। जनप्रतिनिधि, सरकारी, सामाजिक क्षेत्रमा संलग्न व्यक्तिले तोकिएका स्वास्थ्य सेवा सेवाग्राहीमैत्री बनाएर सहजै प्रदान गर्नका लागि प्रतिबद्धता जाहेर गरिएको छ। सबै बालबालिकाले खोप पाएको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता घोषणा गर्ने, तोकिएको मापदण्ड पूरा गरेर चारवटा वडा र स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने प्रतिबद्धता गरिएको छ। सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवा, किशोरकिशोरीको यौन तथा प्रजननलाई सेवाग्राहीमैत्री बनाएर गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता गरिएको छ। क्षयरोगविरुद्धको अभियान गरेर कुनै दुई स्थानीय तह क्षयरोगमुक्त पालिका घोषणा, ज्वरो आएर स्वास्थ्य संस्था आएका सबै बिरामी र गाउँमा रहेका केही व्यक्तिको औलो परीक्षण गरेर निगरानीमा राख्ने प्रतिबद्धता छ। एचआईभी सङ्क्रमितलाई दिइँदै आएको एआरटी सेवा हरेक स्थानीय तहको एक स्वास्थ्य संस्थाबाट उक्त सेवा प्रदान गर्नमा समेत प्रतिबद्धता गरिएको छ। स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकाय, दसवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सामाजिक सङ्घ संस्था र नागरिक समाजमा संलग्न व्यक्तिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ। “जिल्लामा धेरै स्वास्थ्य समस्यामा काम गर्नु त छँदै छ तर हाललाई सातवटा प्रतिबद्धता गरिएको छ, जसले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्छ।” स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भन्नुभयो।
चिम पाँच वटा शुल्क सत्ताइस हजार
ग्रामीण परिवेशको सामान्य घरमा रहेका पाँचवटा एलईडी बत्ती बालेको एक महिनाको महसुल बिल २७ हजार रुपियाँ आएपछि बिसनादेवी नाथको सातो उडेको छ। बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीकी बिसनादेवी नाथले अघि–पछि न्यूनतम शुल्क तिर्दै आइरहेकोमा गत मङ्सिरमा एकै महिनाको बिजुलीको बिल २७ हजार १५० रुपियाँ तिर्नुपरेपछि महिनौँदेखि भोक निद्रा लाग्न छाडेको छ।
भन्सार छलेर ल्याउँदै गरेको बाइस बोरा चिनी बरामद
भन्सार छलेर भारतबाट ल्याउँदै गरेको २२ बोरा चिनी कैलाली प्रहरीले बरामद गरेको छ ।
कर छलीको आशङ्कामा पसलमा राजस्वको छापा
अविनाश चौधरीधनगढी, भदौ २९ गते।एउटै फर्मबाट धेरै किसिमको कारोबार भएको पाइएपछि धनगढीस्थित समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयले बुधबार छापा मारेको छ।कर छलीको आशङ्कामा राजस्वले धनगढीको ट्राफिक चौराहामा रहेको सो स्टोरमा छापा मारेर अनुसन्धान सुरु गरेको हो।स्टोरबाट किरानाका सामानका साथै भाँडावर्तन, ग्याँस, इँटा, विल्डर्स लगायतको कारोबार हुँदै आएको छ।एउटै फर्मबाट धेरै किसिमको व्यापार गरिने गतिविधि शङ्कास्पद लागेपछि राजस्व छलेको हुन सक्ने आशङ्कामा छापा मारेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बताउनुभयो।उहाँले एउटै व्यक्तिको नाममा धेरै कारोबार भएको जनाउनुभयो।हाल स्टोक बुक भिडाउने कार्य भइरहेको उल्लेख गर्नुहुँदै पौडेलले सबै कुरा छानबिन गर्न दुई दिनसम्म लाग्ने बताउनुभयो।‘छानबिन सकिएपछि त्यसपछि वास्तविकता बाहिर आउनेछ’, उहाँले भन्नुभयो।
बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम
बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिनुभयो ।
खप्तडको प्रवेशद्वार झिंग्रानामा बल्ल पुग्यो बिजुली बत्ती
भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।
किशोरी विकासको रणनीतिक योजना बनाउन माग
सुदूरपश्चिम प्रदेशका किशोरीहरूले किशोरीको समग्र विकासका लागि रणनीतिक योजना बनाउन र कार्यान्वयन गर्न सरोकारवालासँग माग गरेका छन्। धनगढीमा आयोजना भएको दुई दिवसीय किशोरी सम्मेलनको समापनमा १५ बुँदे धनगढी घोषणापत्र जारी गर्दै किशोरीहरूले यस्तो माग गरेका हुन्। प्रदेशभरि किशोरीमैत्री वातावरण निर्माण गरेर कम्तीमा सबै किशोरीले विद्यालयस्तरीय शिक्षा पूरा गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग पनि उनीहरूको छ।