सुदूरपश्चिम प्रदेश सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल जारी
अविनाश चौधरीधनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल जारी रहेको छ । बुधबार लगातार तेस्रो दिन पनि नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल गरिएको हो । छलफलमा भाग लिनुहुँदै निवर्तमान मन्त्रीसमेत रहनु भएका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिनुभयो । ‘यसमा केही कुरा छुटेका छन्, थपेर अझ राम्रो बनाउनुपर्छ’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढाउने कुरा अत्यन्त राम्रो रहेको उल्लेख गर्नुहुँदै खड्काले प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने गरी नीति आएको भए अझै राम्रो हुन्थ्यो भन्नुभयो । ‘किनभने, ऐन तयार छ । सहयोगीहरु पनि सहयोग गर्न तयार छन् । प्रदेश सरकारले सहमति पनि दिइसकेको छ’, उहाँले भन्नुभयो । यसैगरी, नीति तथा कार्यक्रमले मुक्त हलियालाई समेटे पनि कञ्चनपुरको आरक्ष पीडितलाई समेट्न नसकेको खड्काको भनाइ थियो । ‘१४ शिविरमा दुई हजार ४७३ आरक्ष पीडित छन्’, उहाँले भन्नुभयो । ‘आरक्ष पीडितले विभिन्न समस्या खेपिरहेकाले नीति तथा कार्यक्रममा उनीहरुका लागि केही कुरा आउनु पर्दथ्यो ।’यस्तै, अर्का प्रदेश सभा सदस्य महेशदत्त जोशीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सुदूरपश्चिमको लागि निकै उपयुक्त रहेको बताउनुभयो । ‘यो धेरै वर्षसम्म चल्ने नीति तथा कार्यक्रम हो’, उहाँले भन्नुभयो । ‘असार १ गते आउने बजेटले नीति तथा कार्यक्रम अनुसारको कार्यक्रम गर्न पुग्दैन । १० वर्षसम्मै जाने नीति तथा कार्यक्रम हो ।’ उहाँले प्रदेशको ८८ वटै स्थानीय तहमा सरकारले होमस्टे सञ्चालन गर्ने गरी बजेट छुट्टयाउन आवश्यक रहेको औंल्याउनुभयो । यसैगरी, धार्मिक संस्थाहरुलाई पनि नीति तथा कार्यक्रमले समेटेको भन्दै जोशीले अगाडि थप्नुभयो–‘मठमन्दिर, चर्च, गुम्बा कसैको पनि लेखा प्रणाली छैन । प्रदेश सरकारले धार्मिक संस्थालाई बजेट विनियोजन गरेपछि त्यसमा सार्वजनिक सुनुवाइ हुने व्यवस्था गर्नुपर्छ ।’ धार्मिक संस्थाहरुमा रुपियाँ पैसाको कुनै लेखाजोखा नहुने गरेको उल्लेख गर्नुहुँदै उहाँले सकेसम्म नीति बनाएर यस्ता संस्थालाई लेखा प्रणालीमा ल्याउनु पर्नेमा जोड दिनुभयो । यसैगरी, ज्येष्ठ नागरिक आवास गृह बनाउनु पर्ने र रैथाने प्रजातिको बीउ संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो यस्तै, प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गरिरहनुभएका प्रदेश सभा सदस्य मालामति राना थारुले सरकारले ल्याएको नीति तथा कार्यक्रम योजनावद्ध रुपमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले विगतका विषयवस्तुलाई नै तोडमोड गरेर नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो । ‘पहिलेकै विषयहरुलाई तोडमोड गरेर नीति तथा कार्यक्रम ल्याइएको छ’, रानाले भन्नुभयो । ‘घुमाउरो पारामा शंसोधन गरी आएको नीति तथा कार्यक्रम दीर्घकालीन हुन सक्दैन ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युग सुहाउँदो विकासको कुरा एक प्रतिशत पनि नरहेको उहाँको आरोप थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरु दुर्गाकुमारी कामी, माया भट्ट, कुन्ती जोशी, मालामति राना, दिव्यश्वरी शाह, अर्चना गहतराज, कुमारी नन्दा बम माया बोहरा तामाङले भाग लिनुभएको थियो ।
झोलुङ्गे पुल बनेपछि तुइन विस्थापन, स्थानीयहरु खुशी
महाकाली नदीमा दुईवटा पुल सञ्चालनमा आएसँगै जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ । व्यास गाउँपालिका –५ का लालबहादुर बमले भन्नुभयो, “बर्षौसम्म महाकाली नदीमाथि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भयौं, अहिले पुलबाट नदी तर्न पाउँदा निकै सहज भएको छ ।”
सञ्चार सम्पर्कमा जोडियो तिङ्कर
व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो ।
पर्यटकको गन्तव्यस्थल बन्न सक्ने सायल झरना
समुद्रको पिँधमा भेटिने हिराजस्तै यहाँको सायल झरनाको महत्व बढ्दैगएको छ । भौगोलिक विकटता तर प्रकृतिको अनुपन सौन्दर्य भएको एउटा क्षेत्रको रुपमा परिचित छ यो झरना ।
हलियामुक्त घोषणा : अवस्था उस्तै
जिल्लाको हिमाली, बूढीनन्दा, स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोलालगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् ।
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ ।
हत्या आशङ्कामा पाँच जना सीआइबीको नियन्त्रणमा
हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा रहेको सीआइबीको टोलीले मंगलबार बेलुकी पाँच जनालाई नियन्त्रणमा लिएर सदरमुकाम मंगलसेन ल्याइएको बताइएको छ । नियन्त्रणमा लिइएका पाँचै जनाको विवरण भने सार्वजनिक गरिएको छैन ।
कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ । खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ । विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ ।
सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ ।
पुनः चुनाव हुने भएपछि खुसीसँगै चिन्ता
अर्कैले मतदान गरिदिने गरेको बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः चुनाव हुने भएपछि यहाँका अधिकांश वडाका स्थानीयमा हौसला सँगसँगै उम्मेदवारमा चिन्ता थपिएको छ ।मतदाता नामावली सूचीमा भए पनि कहिल्यै मतदान गर्न नपाएका मतदाताले फेरि चुनाव हुँदा स्वविवेकपूर्ण तरिकाले मतदान गर्न पाउने भएपछि उनीहरूमा हौसला थपिएको छ तर कडा सुरक्षाका साथ मतदाताले स्वविवेक प्रयोग गरी मतदान गर्न पाउने भएपछि आफू हार्छु कि भन्ने चिन्ता केही उम्मेदवारलाई छ ।
फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही
सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ।
चार दिनदेखि शव घटनास्थलमै
हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको शव चार दिनसम्म घटनास्थलमै रहेको छ ।
प्रमुखमा कांग्रेसका धामी, उपप्रमुखमा माओवादीका कुँवर विजयी
जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट समन्वय समिति प्रुमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दमन कुँवर विजयी हुनुभएको हो ।
वडाध्यक्षसहित तीनजना कारागार चलान
रुकुम पूर्वमा महिलाको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ ।
भत्ता लिन दुई दिन पैदलयात्रा
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण बैङ्कमार्फत गर्न थालेपछि सिगास–६, थलाकाँडाका ७३ वर्षीय हरजित दुई दिन पैदल हिँडेर चैत १२ गते सिगास गाउँपालिका–२ स्थित कृषि विकास बैङ्क पुग्नुभएको थियो । कतिपय ग्रामीण बस्तीमा सडक छैन । भएका कच्ची सडकमा यातायात चल्दैन । राज्यले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता लिने निर्णय लिएपछि पैदल यात्रा गर्न ज्येष्ठ
नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमा सोमबारबाट प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो ।
शिवगङ्गा नदीमा डुबेर मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका –१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट महिला घाईते, चितुवा नियन्त्रणमा
कैलालीमा घाईते चितुवाको आक्रमणबाट एक महिला घाईते हुनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित लठुवा सामुदायिक वनमा सोमबार विहान घाँस काट्न गएका स्थानीय विस्नादेवी बोहरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
कैलालीका जनप्रतिनिधिका प्राथमिकता : शिक्षा र स्वास्थ्य
कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुहुन्छ । “यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ । यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ”, उहाँ भन्नुहुन्छ, “अब मैले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु ।”
सुदुरपश्चिमको पर्यटन प्रवद्धर्नका लागि म्याराथन
खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको छ । सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत भएको छ।
बालकको शव १५ दिनपछि भेटियो
डोटीस्थित सेती नदीमा बालकको शव फेला परेको छ । आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका –४ स्थित रेडियो नेपाल नजिकको सेती नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम सरकारले सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सूचना प्रविधियुक्त सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्नेभएको छ । सूचना तथा सञ्चारग्रामको प्रभावकारी व्यवस्थापन, प्रशोधन, भण्डारन र उपयोग गर्न सञ्चारग्रामको सम्भाव्यता अध्ययन गरिने आइतबार प्रस्तुत प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्थानीय जागरुक नभए जंगल सखाप हुन्छ : मन्त्री धामी
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले वन तथा बातावरण बचाउन स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका –२ अत्तरियामा रहेको शान्ति पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री धामीले सो कुरा बताउनुभयो ।