पश्चिमसेतीः स्थानीय भन्छन्, ‘४२ वर्षपछि पुनः आशा पलायो’
विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन ।
वनहराका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन परिवार बसोबास गर्दै आएको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरु जोखिममा परेका हुन् ।
रक्तदानले १७ जना सुत्केरीको ज्यान जोगियो
बैतडी अस्पतालमा शल्यक्रियासहितको प्रसुति सेवा भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा अत्यधिक रक्तस्राव भएका १७ जना सुत्केरीलाई नेपाली सेनाका जवानले रगत दिएर ज्यान बचाएका छन् ।
दशैँ अगावै अवरुद्ध सडक सञ्चालन गरिँदै
हिमाली गाउँपालिकाले वर्षामा अवरुद्ध हुँदै आएका ग्रामीण सडक दशैँ अगावै सञ्चालनमा ल्याउने भएको छ । हिमाली गाउँपालिकाका अधिकांश ग्रामिण सडक वर्षामा बाढी र पहिरोले अवरुद्ध हुँदै आएका थिए ।
सुरु भयो सुदूरपश्चिममा गौरा पर्व
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।
घट्दै गिद्धका गुँड
कैलालीमा गिद्धका गुँड घट्दै गएको पाइएको छ। सन् २०२२ मा गरिएको सर्वेक्षणबाट अघिल्लो वर्षको तुलनामा गिद्ध गुँड घटेको पाइएको हो। सन् २०२१ को सर्वेक्षणले गिद्धको गुँडको सङ्ख्या २८ वटा रहेको देखाएको थियो। यसैगरी सन् २०१३ मा गरिएको सर्वेक्षणको क्रममा ८२ वटा गुँड फेला परेका थिए। पहिलो चोटि २०३५ मा सर्वेक्षण गर्दा भने गुँडको सङ्ख्या ३५ रहेको थियो।
चार हजारलाई बिनाधितो कर्जा
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार कोषले चालू आर्थिक वर्षमा चार हजार युवालाई उद्योग व्यवसाय सुरु गर्न सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । कोषका अनुसार ‘सरकारको मुख्य ध्यान : घरघरमा स्वरोजगार अभियान’अन्तर्गत पाँच सय जनालाई सीपमूलक तालिम तथा चार हजारलाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको हो ।
कैलाली ४ बाट नैनसिंह महर सिफारिस
धनगढी, भदौ १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समितिले क्षेत्र नम्बर ४ बाट सिफारिस गरेको छ। कुल ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका निर्वाचन क्षेत्र नम्बर ४ मा पर्दछ। पूर्व माओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जित्नुभएको थियो। २०७० सालमा काँग्रेस नेता दीर्घराज भाट विजयी हुनुभएको थियो।
राज्यमन्त्री चौधरी पदमुक्त
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदमुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका चौधरीलाई सो पार्टीकै सिफारिसमा पदमुक्त गरिएको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले जानकारी दिनुभयो ।
पहिरोले बाजुराको अम्कोट बल्दे सडक अवरुद्ध हुँदा स्थानीयलाई सकस
शेरबहादुर सार्कीबाजुरा, भदौ १५ गते। बाजुराको बूढीगङ्गा नगरपालिका-१ अम्कोट बल्दे सडकमा पहिरो गएर बाटो बन्द भएपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान ओसार्न सकस भएको छ।साँफे-मार्तडी लोकमार्ग अन्तर्गत पर्ने अम्कोट बल्दे सडकमा पहिरो बग्न थालेपछि झण्डै दुई महिनादेखि बाटो बन्द छ। बडिमालिका नगरपालिका-६ बविता बडुवालले बूढीगङ्गा नगरपालिका- १ मा रहेको अम्कोट बल्दे सडकमा पहिरो गएर बाटो बन्द हुँदा गाडी नभएर मानिसलाई समेत ज्यान जोखिम राखेर आउजाउ गर्नुपरेको बताउनुुभयो।उहाँले भन्नुभयो, ‘सदरमुकाम मार्तडीसम्म चल्ने गाडी बूढीगंगा नगरपालिका-२ को बल्देमै रोकिएकोले त्यहाँबाट दैनिक उपभोग्य सामग्री ज्यानको जोखिम गरेर बोक्नु परेको छ।’बडिमालिका नगरपालिका-४ रिलाकी कविता विक घर खर्च गर्नका लागि मार्तडीका व्यापारीको पसलको समान बोकेर चलाउन सहज भएपनि अम्कोट बल्देको पहिरोमा ज्यानको जोखिम मोलेर सामान ल्याउनु परेको बताउनुहुन्छ। बूढीगङ्गा नगरपालिका-२ बेल्देका व्यापारी वीरबहादुर थापाले मार्तडीदेखि कोल्टीसम्म जाने सबै सामान रोकिएको बताउनुभयो। ‘अन्य ठाउँबाट बाटो छैन, पहिरोमा भरियाले सामान ओसार्दै आएका छन्। यो समस्या सम्बन्धित निकायले बुझ्नुपर्छ’, उहाँले भन्नुभयो। साँफे मार्तडी लोकमार्ग अन्तर्गत बल्दे अम्कोट सडक प्रत्येक वर्ष यसरी नै अवरुद्ध हुने गरेको छ। सडकको तलबाट नदीले कटान गर्दै आएको र पहिरो नरोकिएपछि अम्कोट बल्दे सडक अवरुद्ध हुने गरेको छ।सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले अविरल वर्षाका कारण सडक खुलाउन सकस भएको बताउनुभयो। लामो समयदेखि बाटोे बन्द हुँदा स्थानीयलाई आउजाउमा परेको कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल अम्कोट बल्देको बाटोलाई खोल्न प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार लगातार पानी परेकाले तत्काल बाटो खुलाउन नसकिएको हो।
कर्णालीमा खसेर चावली वेपत्ता
बाख्रा चराउन गएकी एक महिला माथिबाट आएको ढुङ्गा लागेर कर्णाली नदीमा बेपत्ता हुनुभएको छ । तुर्माखाँद गाउँपालिका –३ भैरवस्थान निवासी ४० वर्षीया चावली बुढा माथिबाट खसेको ढुंगा लागेर नदीमा वेपत्ता हुनुभएको वडा अध्यक्ष काँसीराम बुढाले जानकारी दिनुभयो ।
सुदूरपश्चिम सरकारले यस वर्ष चार हजारलाई विना धितो कर्जा दिँदै
सुदूरपश्चिम सरकारको प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९/८० मा चार हजार युवालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी व्यवसायी बनाउने भएको छ । प्रदेश स्वरोजगार कोषले धनगढीमा पत्रकारसँग गरेकोे अर्न्तक्रियामा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’ अन्तर्गत पाँचसय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको जानकारी गराएको हो ।
होच्याउने नाम फेरिएन
बाजुराको बूढीगङ्गा नगरपालिका‐१० को बदेडामा दलित बस्ने गाउँको नाम डुमबाडा राखिएको छ। बदेडा गाउँमा रावल, रावत, सार्की, लुहार र नेपालीलगायतका १५० भन्दा बढी घरपरिवार बस्दै आएका छन्। स्थानीय खम्म सार्कीले यो गाउँमा धेरै जातिको बसोबास गरेको भए पनि नेपाली, लुहार र सार्की बस्ने गाउँलाई मात्र डुमबाडा भन्ने गरेको बताउनुभयो। उहाँले यहाँ बस्ने मल्लो (माथिल्लो) जातका मानिसले लल्लो (तल्लो) जातलाई होच्याउने गरेर पुस्तौँदेखि अहिलेसम्म ती दलित बस्ने टोललाई डुमबाडा भन्न नछोडेको बताउनुभयो।
संविधान सभा सदस्यकै गाउँको नाम अपमानजनक
गणतन्त्र स्थापनापछि बैतडीबाट तीन जना दलित नेता मुख्य राजनीतिक दलबाट सभासद भए पनि उहाँहरूकै जिल्लाको गाउँका दलित बस्तीका नाम अहिले पनि ‘डुमेउडा’ कायम रहेका छन्। बैतडीका दलित बस्तीबाट संसद् भवनसम्म पुगेर देशको मूल कानुन नै फेर्न सफल भए पनि दलित सभासदले आफ्नै जिल्लाका दलित बस्तीका अपमानजनक नाम फेर्न नसकेको दलित समुदायको गुनासो छ। बैतडीबाट समानुपातिक प्रतिनिधित्व गर्दै पुरनसिंह दयाल (नेकपा एमाले), चन्द्रिराम टमटा (नेपाली काँग्रेस) (२०६४) र धाना पहरी (नेकपा माओवादी केन्द्रबाट) (२०७० मा) संविधान सभा सदस्य बन्नुभएको थियो।
१० करोड खर्च गरेर बिजुली नबलेको विषयमा प्रशासनले काट्यो पत्र
१० करोड ७० लाख रुपियाँ खर्च गरे पनि बिजुली नबल्दा बैतडी सिगासका स्थानीयबासी टुकी बाल्न बाध्य भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले गाउँपालिकालाई पत्र काटेको छ ।
सिमाना विवादले पर्यटकीय ताल ओझेलमा
बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बीचमा रहेको छेडेदह ताल लामो समय देखि संरक्षणकै प्रखाइमा रहदै आएको छ ।
चालीस घरपरिवारको उठीबास
पुरचौडी नगरपालिका–८ को कमेरपानीमा २७ वर्षअघि सुरु भएको पहिरोले ४० घरपरिवारलाई सुकुम्बासी बनाइसकेको छ। २०५२ सालदेखि बग्न थालेको पहिरोले ९५ घरधुरी उच्च जोखिममा पारेको छ। स्थानीय हरिस साउदका अनुसार बर्खामा मात्रै होइन, यहाँ हिँउदमा समेत पहिरो खस्छ। पहिरो खसेको स्थानमा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ। यद्यपि सो सम्बन्धमा कुनै अनुसन्धान हुन नसकेको स्थानीयवासी बताउँछन्।
तीन वर्षमा लागूऔषधका मुद्दा तेब्बरले वृद्धि
कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ पर्ने गरेका छन् ।
बिजुली बाल्न १० करोड खर्च, गाउँ अझै अँध्यारै
पाँच वर्षमा १० करोड ७० लाख रुपियाँ खर्च गरे तर बिजुली बल्न सकेको छैन । विजुलीको गाडेका पोल र बिजुलीका तार नै गायव भएपछि खोजी गर्न भन्दै उजुरी परेको छ ।
कर्मचारीद्वारा एक सय ५१ विद्यालयमा तालाबन्दी
डडेल्धुरा र अछामका सामुदायिक विद्यालयका कर्मचारीले निजामती कर्मचारीसरह तलबभत्ता र सेवासुविधा पाउनुपर्ने माग राख्दै विद्यालयमा तालाबन्दी गरेका छन्। अमरगढी समाचारदाताका अनुसार नेपाल विद्यालय कर्मचारी परिषद् र विद्यार्थी युनियनले संयुक्त रूपमा सेवासुविधा प्रत्याभूति गर्न माग गर्दै डडेल्धुराका २५१ वटा सामुदायिक विद्यालयमा तालाबन्दी गरेका हुन्।
एकीकृत समाजवादी अछामद्वारा उम्मेदवार सिफारिस
आउँदो निर्वाचनलाई लक्षित गरी नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।
व्रत बसेर अटवारी पर्व मनाउँदै थारु समुदाय
तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।
बस्ती बसेको बीस वर्षपछि बिजुली
कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।
परीक्षा केन्द्रमा सिडिओ छिरेपछि एक बोरा चिट भेटियाे (भिडियो)
आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि बोराभर चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ । कसैलाई सुईको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका छन् ।