• ११ असोज २०८१, शुक्रबार

सालोको हत्या गर्ने ढुङ्गाना पक्राउ

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर २२ गते । सालोको हत्या गरेर फरार भएका कैलालीको जोशीपुर नगरपालिका–६ का ५० वर्षीय गौरीलाल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आपसी विवादमा उनले जोशीपुर–६ कै आफ्ना सालाद्वय पदमराज र जयराज भण्डारीलाई हँसियाले प्रहार गरेका थिए । उनको प्रहारबाट पदमराजको उपचारको क्रममा ज्यान गएको थियो । जयराजको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

आफन्तको हत्यापछि फरार ढुङ्गाना गए राति एक बजे आफै बौनियास्थित इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय सुखडमा हिरासतमा राखिएको छ ।