• १२ चैत २०८२, बिहिबार

गोलिया लोड गरेको अटोसहित चालक पक्राउ

blog

पक्राउ परेको गालियासहितको अटोरिक्सा ।

लीलाराज खड्का 

बिर्तामोड, चैत १२ गते । झापाको बुद्धशान्ति गाउँपालिका –१ मा सालको काँचो गोलियासहित अटो र चालक पक्राउ परेका छन् । बुधवार साँझ ७.२० बजे बुद्धशान्ति –१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय बुधवारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको गस्ती टोली र रोङ सवडिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत होमचन्द्र गौतम नेतृत्वको टोली समेतले पक्राउ गरेको हो । 

भोटेटारतर्फबाट बुधबारे पुलचोकतर्फ आउँदैगरेको मे १ ह ४१४४ नम्बरको अटोमा सालको काँचो गोलिया थान –३ अन्दाजी १० क्युफिट लोडगरी ल्याउँदैगरेको अवस्थमा नियन्त्रणमा लिएको हो ।

उक्त गोलियासहितको अटो र अटो चालक बुद्धशान्ति वडा १ दामा बस्ने १७ वर्षीय संयोग लिम्बु समेतलाई नियन्त्रणमा लिइ इप्रका बुधबारेमा राखिएको  प्रहरीले जनाएको छ ।