एसएमएसबाट बाढीको पूर्वसूचना
महाकालीमा पानीको बहाव बढेको जानकारी दिने बैतडीमा कुनै पूर्वसूचना प्रणाली नभएपछि नदी तटीय क्षेत्रका महिलाले फोन र एसएमएसबाट बाढीको पूर्वसूचना दिने संयन्त्र गठन गरी सूचना आदानप्रदान गर्ने गरेका छन्। बैतडीको दशरथचन्द नगरपालिका–६, शेरादेखि महाकाली नदीले छोएको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकासम्म करिब ६५ किलोमिटर लामो भूभागका बस्तीमा गठन भएका महिला सशक्तीकरण मञ्चले बाढीको पूर्वसूचना दिने गरेको छ। भारतसँग सीमा जोडिएको महाकाली किनारका शेरा, तिरखडेनी, विनायकलगायतका गाउँमा नेपाल टेलिकमको फोन सेवाले काम गर्न थालेपछि महिलाका हातहातमा अहिले मोबाइल फोन देख्न सकिन्छ।
सुदूरपश्चिम प्रदेशमा घट्दै सक्रिय सङ्क्रमित
केही हप्ता अगाडि सङ्क्रमण दर वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमण घटेको छ।
ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा
पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् ।
पशुकोे मोहभङ्ग, चाहिन्छ मानव अङ्ग
नरभक्षी चितुवालाई स्थानान्तरणका लागि तल्लो स्वराड क्षेत्रका वन जङ्गलमा राखिएका फलामे पिँजडा अलपत्र परेका छन् । बैतडीमा चितुवाले ११ वर्षमा २५ जनाको ज्यान लिइसकेको छ ।
खप्तडको सौन्दर्य (फोटो फिचर)
सुदूरपश्चि प्रदेशका चार जिल्ला अछाम, बझाङ्ग, डोटी र बाजुराको संगमस्थलको रुपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित छ ।
जीर्ण भवनमा पठनपाठन
पञ्चायतकालमा जनश्रमदानमा निर्माण भएको विद्यालयको पाँ कोठे भवन जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ। छानो भत्केपछि तीनवटा कोठामा पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। बाँकी रहेका कक्षाकोठामा दुईवटा कक्षासँगै सञ्चालन गरेर पठनपाठन भइरहे पनि भवन भत्किने डरले तीन सय जना विद्यार्थी त्रसित बनेका छन्। भारतसँग सीमा जोडिएको महाकाली किनारको पञ्चेश्वर गाउँपालिका–१, शेरी–बैसेकस्थित २०३४ सालमा निर्माण भएको चतुर्वाहु आधारभूत विद्यालयको जीर्ण भवन शेरी–बैसेक र सन्तोला गाउँको मतदान केन्द्र पनि हो।
डुबानले अढाई सय बिघा जमिन बाँझै
भजनी नगरपालिका–८, सुनाफाँटाका कृष्ण चौधरीले बर्खे धानबाली नलगाएको डेढ दशक भयो। डुबान समस्याका कारण २०६४ सालदेखि चौधरीले १६ बिघा जमिनमा धान खेती गर्नुभएको छैन। उहाँको जमिन एक याम बाँझै रहने गरेको छ। त्यस्तै टीकापुर नगरपालिका–७, परतीपुरका राजकुमार चौधरीको पनि भएको एक बिघा जमिन बाँझो छ। “पानी जम्ने गरेकाले वर्षायाममा खेत खाली छोड्ने गरेको छु,” उहाँले भन्नुभयो, “हिउँदमा मात्रै खेतमा गहुँ खेती गर्ने गरेको छु।”
डा. केसीकोे धनगढीमा अनसन
सत्याग्रही डा. गोविन्द केसीले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै धनगढीमा आजदेखि अनसन सुरु गर्नुभएको छ । सात बुँदे माग राख्दै उहाँले धनगढीस्थित धर्मशालामा २० औं सत्याग्रह थाल्नु भएको हो ।
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढे
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
लोप हुँदै रानाथारुको पहिचान
खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो । आजभोलि यस्ता घर कमै देख्न पाइन्छ ।
साईपाल गाउँपालिकामा चाँडै औषधि उपलब्ध हुने
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको बझाङको दुर्गम साईपाल गाउँपालिकामा सिटामोललगायतका औषधिहरुको अभाव भएको छ । गत वर्षमा खरिद गरिएका औषधिहरुको मौज्दात सकिएपछि गाउँपालिकाको काडा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो ।
अझै सम्पन्न हुन सकेन कान्द्रा पुल
कैलालीको भजनीका स्थानीयका लागि कान्द्रा नदीको सास्तीबाट स्थानीयले छुटकारा पाउन सकेका छैनन् ।
बौराहा खोलामा पक्की पुल शिलान्यास
कैलालीको घोडाघोडी नगरपालिकामा दुईवटा पक्की पुल बन्ने भएका छन्। वडा नम्बर २ को चितलपुर–जोकाहा बीचमा पर्ने बौराहा खोला र वडा नम्बर ८ को तारानगर–कल्जुकीको बीचमा पर्ने बौराहा खोलामा यसै वर्षदेखि निर्माण कार्य सुरु हुने भएको छ। उक्त पक्की पुलको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले शनिबार शिलान्यास गरेपछि पुल निर्माण कार्यले औपचारिकता पाएको हो। शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री साउदले खोलामा पुल नहुँदा वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या भएकाले पनि पुल निर्माण महत्वपूर्ण भएको बताउनुभयो। पक्की पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ। आफ्नो क्षेत्रमा भएका जीर्ण काठे पुल विस्थापित गर्ने लक्ष्यका साथ यसै वर्ष थप अर्को पक्की पुलको निर्माण कार्य सुरु हुनेसमेत राज्यमन्त्री साउदले बताउनुभयो।
सरसफाइ गरे डेङ्गुबाट जोगिन्छ
कैलालीमा डेङ्गु सङ्क्रमण बढिरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले घर वरिपरि सरसफाइ गर्न जिल्लावासीलाई आग्रह गरेको छ। डेङ्गुबाट जोगिने उपायमध्ये सरसफाइ सबैभन्दा उत्तम विधि रहेको भन्दै सो कार्यालयले घर वरिपरि सफा राख्न र पानी जम्न नदिन आग्रह गरेको हो। सरसफाइ गरेमा डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि रोकिने जनाइएको छ।
कटान क्षेत्रमा अस्थायी तटबन्ध
दार्चुलाका बाढीपहिरोपीडितलाई राहत वितरण गर्न सुरु गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो। अविरल वर्षासँगै शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ। हालसम्म छ जनाको शव फेलापरेको, १० जना अझै बेपत्ता रहेका र पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्तप्रमुख एवं प्रहरी निरीक्षक जगत् गाहामगरले जानकारी दिनुभयो।
शैनडाँडामा मेलाको रौनक
इन्द्रजात्राको दिनदेखि सुरु हुने खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शैनडाँडा मेलाको रौनक सुरु भएको छ। स्थानीयवासीले शैनडाँडा मेलालाई भव्य र व्यवस्थित बनाउन विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेसँगै यस क्षेत्रमा उत्साह छाएको हो। कोरोना महामारीले दुई वर्ष सामान्य पूजाबाहेक बृहत् रूपमा बनाउन नपाएको शैनडाँडा मेला यस वर्ष भने धुमधाम तयारीका साथ मनाउन थालिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडको खापर दह (खप्तड ताल)बाट डोला ल्याई पाटादेवलको खापरमाण्डौँमा मनाइने यो जात्रा इन्द्रजात्राका दिनदेखि सुरु हुन्छ।
पचास वर्षमा पनि पूरा नभएको सिँचाइ पोखरी
२०२९ सालमा निर्माण गरिएको सुदूरपश्चिमको सबैभन्दा बढी क्षमताको सिँचाइ पोखरी निर्माण भएदेखि नै रित्तो छ। विभिन्न मेला र चाडपर्वमा भने पोखरी मान्छेको भीडले भरिने गरेको छ। अमरगढी नगरपालिका–७, (तत्कालीन उग्रतारा गाविस–५) पोखरामा सिँचाइका लागि निर्मित पोखरी सिँचाइ प्रयोजनमा भने कहिल्यै आउन सकेको छैन।
पम्प खुलेको १३ वर्षपछि पेट्रोल वितरण
बैतडीमा पम्प खुलेको १३ वर्षपछि शनिबारदेखि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ । तापक्रम नमिल्दा घाटा हुने भन्दै तेल बिक्रेताले डिजेल मात्रै बिक्री गरेर पेट्रोल बिक्री बन्द गरेका थिए ।
पाँचको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर परिचालन
दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ ।
दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात बेपत्ता
दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् ।
दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, ६ बेपत्ता, दर्जनौँ घर बगे, हेलिकप्टरबाट उद्धारको प्रयास
दार्चुला, भदौ २५ गते । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नाबालिका गरी दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका –१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ ।मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको छ । यस्तै नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता छन् । पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । महाकाली नगरपालिकाको डुङ्ग्रीमा एकै परिवारका धनसिंह कार्की, मानमती कार्की, दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् । खोजी कार्य भइरहेको स्थानीय उदय बोहराले बताउनुभयो ।यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घर बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी पहिरोमा परी ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरू बगेको स्थानीयले बताएका छन् । खलङ्गास्थित दशरथ नगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला टिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरू महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । बाढीले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखि नै घरबाहिर रहेका छन् । दार्चुलामा बर्सेनि बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षति पुर्याउँदै आएको छ ।घाइतेहरूको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बाढी पहिरो प्रभावित क्षेत्रमै पुगेर उद्धारको पहल गरिरहनुभएको छ भने दार्चुला घर भएका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाणलाई भेटर उद्धार कार्यका लागि अनुरोध गर्नुभएको छ । उद्धारका लागि पहल भइरहेको सङ्घ, प्रदेश र स्थानीय स्तरका नेताहरूले प्रतिक्रिया दिएका छन् । स्थानीयहरू समेत उद्धार कार्यमा खटिएका छन् । नदी, खोलाहरूले अहिले पनि कटान गरिरहेका छन् ।
सडक पुगे पनि कोदोले बजार पाएन
बैतडीको विभिन्न क्षेत्रमा कोदो उत्पादन हुने भए पनि किसानलाई बिक्री गर्न समस्या छ । बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली, पञ्चेश्वर, शिवनाथ, च्वाँगढ क्षेत्रको सिगास, पुरचौडी र डिलासैनी क्षेत्रमा प्रशस्त फल्ने कोदोले बजार पाउन नसकेको हो । गाउँमा फलेको कोदोको केही स्थानीय परिकार माँणा, हलुवा र आँखडी (कोदोको पिठो र चामलको परिकार) खाने चलन भए पनि बचेको कोदोले बजार नपाउँदा किसानले बस्तुभाउलाई खुवाउने गरेका छन् ।
जङ्गली हात्तीबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग
जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ ।
दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बीचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।