• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले आज धनगढीमा महोत्सव उद्घाटन गर्नु हुने

blog

फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, मङ्सिर २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आज धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नु हुने भएको छ । 

दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो । उद्घाटन अघि बिहान धनगढीमा प्रभा फेरि गरिने जनाइएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । 

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । यस वर्षको महोत्सवमा कृषि उपज, खानाका परिकार, व्यापार व्यवसाय लगायतको चार सय स्टल राखिएको सङ्घले जनाएको छ । महोत्सव अवधिभरि करिब १० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको सङ्घका अध्यक्ष कुँवरले बताउनुभयो ।