बाबुको अन्त्येष्टि गरेर फर्कदैँ गर्दा छोराको पनि मृत्यु
सामाजिक सुरक्षा भत्ता बुझ्न भएका एक वृद्धको मृत्यु भएको छ । कैलाली धनगढी १८ फूलवारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो ।
डोटीले गुमायो समाजसेवी पन्त : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
समाजसेवी हरिप्रसाद पन्तको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित नोभा हस्पिटलमा उपचार गराइरहेका पन्तको मङ्गलबार साँझ उपचारका क्रममा निधन भएको हो ।
नदीजन्य पदार्थ उत्खननमा रोक
कैलालीको घोडाघोडी नगरपालिका–१० कान्द्रा नदीको पुल नजिकै सर्त विपरीत नदीजन्य पदार्थको उत्खनन् हुन थालेपछि नगरपालिकाले रोक लगाएको छ ।
पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भएपनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।
कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।
सरकारको नीति तथा कार्यक्रम : डडेल्धुरामा मेडिकल कलेज बन्ने
सरकारले आधारभूतदेखि उच्च तहसम्मको पाठ्यक्रम, शिक्षण विधि, परीक्षण प्रणाली र भौतिक पूर्वाधार सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । समाज र राष्ट्रको विकासमा योगदान पु¥याउने तथा समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादन गर्ने शिक्षा प्रणालीको विकास गरिने सरकारको लक्ष्य छ ।
एमबीबीएस डाक्टर भन्दै ठगीको आरोपमा एक युवक पक्राउ
एमबीबीएस डाक्टर भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो ।
बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४ जना घाईते
कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
सुदूरपश्चिममा काँग्रेसले तीन र एमालेले एक जिल्लामा एक्लाएक्लै जिसस बनाउने
धनगढी, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये नेपाली काँग्रेस तीन जिल्ला डडेल्धुरा, कञ्चनपुर र डोटीमा एक्लै जिल्ला समन्वय समिति (जिसस) गठन गर्ने अवस्थामा पुगेको छ । यस्तै नेकपा (एमाले)ले पनि एक जिल्ला बाजुरामा जिल्ला समन्वय समिति गठन गर्ने अवस्थामा पुगेको हो । यस्तै अन्य चार जिल्लामा सत्तारुढ गठवन्धन मिलेर र एक जिल्लामा गठवन्धनबाहिरको समेत मत लिएर जिसस बनाउनु पर्ने भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पाँच जिल्लामा काँग्रेस र चार जिल्लामा एमालेले नेतृत्व गरेको जिसस बनेको थियो । काँग्रेसले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सात पालिकाका सात प्रमुख र सात उपप्रमुखमध्ये काँग्रेसले पाँच÷पाँचवटा प्रमुख उपप्रमुख जितेको छ । जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख छान्न आठ मत आवश्यक पर्छ तर काँग्रेस एक्लैको १० मत छ । डडेल्धुरामा माओवादीले पनि दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । डडेल्धुरामा ०७४ को स्थानीय चुनावकबाट पनि काँग्रेसकै जिल्ला समन्वय समिति बनेको थियो ।तराइको कञ्चनपुरमा पनि काँग्रेसले १९ वर्षपछि एकलौटीरुपमा जिसस बनाउने सक्ने मत पाएको छ । नौ पालिका रहेको कञ्चनपुरमा जिसस बनाउन १० मत चाहिने भएकोमा काँग्रेस एक्लैसंग पाँच प्रमुख र सात उपप्रमुख गरेर १२ मत रहेको छ । कञ्चनपुरमा एमालेले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै माओवादीले एउटा पालिका प्रमुख जितेको थियो । कञ्चनपुरमा ०५४ र ०७४ मा पहिलोको जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति एमालेले गठन गरेको थियो । नेपाली काँग्रेसको किल्ला मानिने डोटीमा पनि फेरि काँग्रेसले नै जिसस बनाउने भएको छ । ०४९ र ०५४ काँग्रेसले तत्कालिन जिल्ला विकास समिति गठन गरेको भएपनि ०७४ एमालेले एक्लै जिसस बनाउने सफलता पाएको थियो । तर यसपटक पार्टी विभाजनले गर्दा एमाले पाँचबाट एक पालिकामा सीमित भएपछि सातपालिकाका प्रमुख र आठ उपप्रमुख गरेर १५ मत रहेको काँग्रेसले एकलौटीरुपमा जिसस बनाउने भएको छ । नौ वटा पालिका रहेको डोटीमा जिसस बनाउन १० मत आवश्यकपर्छ । डोटीमा एमालेसंग एक प्रमुख र उपप्रमुख गरेर दुई तथा माओवादीसंग एक प्रमुख गरेर एक मत मात्रै छ । डडेल्धुरा, कञ्चनपुर र डोटीमा काँग्रेस एक्लै चुनावमा होमिएर जितेकोले सत्ता गठवन्धनका अरु दललाई जिससमा समेट्नु पर्ने बाध्यता नरहेको एक नेताले बताउनुभयो । यस्तै केही ठाउँमा मात्र माओवादी र एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको काँग्रेसले अछाममा पनि एक्लै जिल्ला समन्वय समिति बनाउन सक्ने भएको छ । १० पालिका रहेको अछाममा जिसस बनाउन ११ मत चाहिने भएकोमा ठ्याक्कै त्यही मत काँग्रेससंग छ । अछाममा अघिल्लो पटक पनि काँग्रेसले एक्लै जिसस बनाएको थियो । काँग्रेसले अछाममा सात पालिका प्रमुख र चार उपप्रमुख जितेको छ । यस्तै एमालेले दुई प्रमुख र चार उपप्रमुख, माओवादीले एक प्रमुख तथा एक उपप्रमुख जितेको छ । भने एकीकृत समाजवादीले एक उपप्रमुख जितेको छ ।यस्तै एमालेले बुढीगंगा नगरपालिकाको चुनाव हुने वा वैशाख ३० गतेकै मत गणना हुने भन्ने अन्योल कायम रहँदा पनि बाजुरा जिल्लामा जिसस बनाउन सक्ने मत प्राप्त गरेको छ । नौ पालिका रहेको बाजुरामा जिसस बनाउन १० मत चाहिन्छ । एमालेले पाँच प्रमुख र चार प्रमुख जितको छ । एउटा बुढीनन्दा नगरपालिकामा एमालेले सहयोग गरेका स्वतन्त्रले जितेकोले उहाँको समर्थन हामीलाई हुन्छ त्यसैले हामी जिल्ला समन्वय समिति बनाउन सक्छौ एमाले बाजुराका इन्चार्ज लालबहादुर थापाले बताउनुभयो । उहाँले मतगणना शुरु नभएको बुढीगंगा नगरपालिका पनि एमाले नै जित्ने दावी गर्नुभयो । बाजुरामा काँग्रेसले चार पालिका प्रमुख र तीन उपप्रमुख जितेको छ ।यस्तै गरेर तीनवीच जिल्लाभर गठवन्धन गरिएको बझाङ, केही स्थानमा मात्र गठवन्धन भएको बैतडी र काँग्रेस तथा माओवादीबीच मात्र गठवन्धन भएको दार्चुलामा भने गठवन्धन अनुसार नै अघि बढे गठवन्धनको जिसस बन्ने पक्का छ । त्यस्तै १३ वटै पालिकामा तीन दलबीच गठवन्धन भएको कैलालीमा भने गठवन्धनभन्दा बाहिरको दललाई सामेल गरेर मात्र जिजस बन्ने अवस्था छ । बैतडीमा १० पालिका छन् । जिसस बन्नका लागि ११ जनाको समर्थन आवश्यक छ । तीमध्ये काँग्रेससंग चार प्रमुख र पाँच उपप्रमुख गरेर नौ, माओवादीसंग एक प्रमुख तथा उपप्रमुख गरेर दुई मत छन् । यस्तै एमालेसंग चार प्रमुख र चार उपप्रमुख छन । भने एक जना स्वतन्त्रबाट पालिका अध्यक्ष बनेका छन् । दार्चुलामा पनि काँग्रेस र माओवादी मिल्दा जिसस सजिलै बन्ने छ । नौ पालिका रहेको दार्चुलामा काँग्र्ेसका चार उपप्रमुख र माओवादीका चार प्रमुख र दुई उपप्रमुख गरेर आवश्यक पर्ने १० मत नै छन् । दार्चुलामा एमालेले पाँच उपप्रमुख र दुई उपप्रमुख जितेको छ । दार्चुला र बैतडीमा २०७४ पनि काँग्रेस र माओवादी मिलेर काँग्रेसको नेतृत्वमा जिसस बनाएका थिए । गत स्थानीय चुनावमा एमालेले एक्लै जिसस बनाएको बझाङमा यसपटक गठवन्धनका दलले जिसस बनाउने भएका छन् । १२ पालिका रहेको बझाङमा काँग्रेससंग छ प्रमुख , पाँच उपप्रमुख गरेर ११, माओवादीसंग दुई प्रमुख, तीन उपप्रमुख ३ गरेर पाँच र एकीकृत समाजवादीसंग एक प्रमुख, दुई उपप्रमुख गरेर तीन मत छन् । यस्तै एमालेसंग तीन प्रमुख र दुई उपप्रमख छन् । १३ पालिका रहेको कैलालीमा प िनगत स्थानीय तहको निर्वाचनबाट एमालेले जिसस बनाएको थियो । तर यसपटक गठवन्धनको समेत आवश्यक पर्ने संख्या नपुगेपछि कोसित मिलेर जिसस बन्छ भन्ने कौतुहलता कैलालीमा छ । कैलालीका काँग्रेस तीन प्रमुख र पाँच उपप्रमुख, माओवादीले दुई प्रमुख, दुई उपप्रमुख र एकीकृत समाजवादीले एक प्रमुख जितेको छ । यस्तै एक्लै चुनावमा होमिएको एमालेले दुई प्रमुख तीन उपप्रमख र नागरिक उन्मुक्ती पार्टीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै स्वतन्त्रले एक प्रमुख जितेको छ । निर्वाचन आयोगले नगर तथा गाउँपालिका बने लगत्तै प्रमुख, उपप्रमुख सहित नौ सदस्यीय जिसस बनाउने प्रक्रिया शुरु गर्ने व्यवस्था रहेको छ ।
अछामको साँफेबगरमा काँग्रेस–समाजवादी गठबन्धन विजयी
साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा र विजयी हुनुभएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार नगर प्रमुखमा काँग्रेसका राजेन्द्रबहादुर कुँवर सातहजार २६५ मतमा नगरप्रमुखमा विजयी हुनुभएको छ
घोडाघोडीका प्रमुखको निर्णय : सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने
कैलालीको घोडाघोडी नगरपालिकामा अव्यवस्थित बसोवासी, सुकुम्बासी दलित, भूमिहीनलाई निर्धारित समयमै लालपुर्जा वितरण गरिने भएको छ ।
प्रमुख हमालको पहिलो निर्णय–पञ्चवर्षीय योजना बनाएर विकास गर्ने
अविनाश चौधरीधनगढी, जेठ ९ गते । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपाल हमालले पञ्चवर्षीय योजना बनाएर नगरको विकास गर्ने पहिलो निर्णय गर्नुभएको छ । सोमबार पद्भार ग्रहणपछि प्रमुख हमालले आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर योजनाबद्ध विकासको काम गर्ने निर्णय गर्नुभएको हो । सीमित स्रोत साधनलाई प्रभावकारी ढङ्गबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनाबद्ध विकासको थालनी गर्न पहिलो पञ्चवर्षीय आवधिक योजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गरी आवश्यक प्रक्रियागत कारबाही चालू आर्थिक वर्षबाटै अगाडि बढाउने निर्णयमा उल्लेख छ । ‘यसको लागि चालू आर्थिक वर्षको लागि पुग्ने गरी बजेट विनियोजन भइसकेकाले सो कार्य गर्न आवश्यक निर्णय पेश गरेको छु’, निर्णयमा भनिएको छ । यसअघि, नवनिर्वाचित प्रमुख हमालले पद तथा गोपनियताको शपथ लिनु भएको थियो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो । १२ हजार ४८ मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवार एवम् निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई पराजित गरी हमाल प्रमुखमा निर्वाचित हुनुभएको थियो । विजयी हुनु भएका उहाँले २६ हजार ८६५ मत प्राप्त गर्नुभयो । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभयो ।
पुनर्वासको प्रमुख र उप्रमुखमा काँग्रेस विजयी
पुर्नवास नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । गत ०७४ को निर्वाचनमा दुई वडामा सिमित रहेको काँग्रेस अहिले प्रमुख र उपप्रमुखसहित चार वडामा विजयी भएको हो । ११ वडा रहेको पुनर्वासमा ०७४ मा प्रमुख र उपप्रमुखसहित पाँच वडा एमाले, चारमा मादोवादी र दुई वडामा मात्र काँग्रेस विजयी भएको थियो ।
भीमदत्त नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । १९ वडा रहेको पालिकामा १३ वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।
बाजुरा बूढीगङ्गाको मतगणना अझै अन्याेल
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो ।
सुदूरपश्चिममा चौरासी पालिकाको परिणाम
सुदूरपश्चिम प्रदेशका ८८ तहमध्ये ८४ पालिकाको परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरको भीमदत्त, पुनर्बास नगरपालिका र अछामको साँफेबगर नगरपालिकाको मत गणना जारी छ । बाजुराको बूढीगङ्गा नगरपालिकाको मत गणना गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको छ । नेपाली कांग्रेसले बूढीगङ्गाका केही बुथ नेकपा (एमाले) ले कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ । यद्यपि, नेकपा (एमाले) ले वैशाख ३० गतेको मतदान स्वीकार गर्दै मतगणनाको माग राख्दै आएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकअर्कालाई बूढीगङ्गामा बुथकब्जाको आरोप लगाउँदा अन्योल सिर्जना भएको छ । निर्वाचन आयोगले सो बुथको निर्वाचन बदर भने पनि पुनः मतदानको मिति तोकेको छैन ।
जिसस गठनमा गठबन्धनको मत अपुग
कैलाली जिल्लाका १३ वटै पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा दलहरूले प्राप्त जनप्रतिनिधिको सङ्ख्याअनुसार जिल्ला समन्वय समिति (जिसस) गठनमा गठबन्धनलाई बहुमत अपुग भएको छ । जिसस गठनका लागि प्रमुख÷उपप्रमुखको १४ मत आवश्यक पर्नेमा गठबन्धनले १३ मत मात्र प्राप्त गरेको छ । गठबन्धनको १३ मतमध्येमा पनि मोहन्यालको अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्यायलाई अख्तियारको मुद्दा लागेकाले शपथग्रहण हुन सकेको छैन ।
‘धनगढी मोडल’मा विकास
‘सुन्दर सुदूरपश्चिम’ अभियानका एक प्रमुख अभियन्ता गोपाल हमाल यतिबेला अभियान सरोकार कार्यान्वयन गर्ने कुर्सीमा पुग्नुभएको छ । सुदूरपश्चिमलाई चिनाउन र समग्र विकासका लागि थालिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालिएको थियो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुँदा हमालले थालेको यो अभियान अझै पनि चर्चामा छ ।
पहिलो सन्तान छोरी जन्माउनेलाई एक हजार भत्ता
कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका-१० को वडा अध्यक्षमा विजयी हुनुभएका वडा अध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
कैलालीमा स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ ८ गते । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्याक्टर र सु.प.प्र. ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए । दुर्घटनामा स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमुना सिंह घाइते भएकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।ट्याक्टर चालक गौरीगङ्गा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । त्यसैगरी, आइतबार विहान कैलालीको लम्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–७ का ३१ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेको प्रहरीले जनाएकोे छ ।न्यौपाने लम्कीचुहा–१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएको र मृत्युको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी बन्यो ठूलो दल
२०७२ को टीकापुर घट्नाको दोषी ठहर भएर जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनु भएको छ ।
सुदूरपश्चिममा काँग्रेसको अग्रता पछ्याउँदै एमाले र माओवादी
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये ८१ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेपाली काँग्रेसले ३६, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले चार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दुई र स्वतन्त्र एक जना पालिका प्रमुख विजयी भएका छन् । नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका एक जनाले बैतडीको डिलासैनीको प्रमुख जितेका हुन् ।
धनगढी आठको वडा अध्यक्षमा चौधरी विजयी
अविनाश चौधरीधनगढी, जेठ ७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–८ को वडा अध्यक्षमा नेकपा (एमाले) का जुगराम चौधरी प्यानलसहित विजयी हुनुभएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई आठ मतले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । चौधरीले एक हजार ५२ मत प्राप्त गर्नुभयो । उहाँसंँग पराजित काङ्ग्रेसका उम्मेदवारले एक हजार ४४ मत प्राप्त गर्नुभयो । वडा सदस्य पदमा पनि एमालेका उम्मेदवार विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।