• १२ असोज २०८१, शनिबार

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

blog

बाजुरा, मङ्सिर १७ गते। बाजुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ। बुधबार साँझबाट सुरु भएको मतगणना अहिले पनि जारी छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको छ। 

प्रदेशसभा (क) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गर्नुभएको छ। माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाउनुभएको छ। 

प्रदेशसभा (क) मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। 

यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गर्नुभएको छ। 

एमालेका उम्मेदवार थापा वि.सं २०७४ को प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाउनुभएको छ।