• १२ चैत २०८२, बिहिबार

आगलागी हुँदा तीनलाख रुपियाँ बराबरको क्षति

blog

आगलागी भएको घर ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत १२ गते। सप्तरीको बोदेबर्साइन नगरपालिका वडा ३ सारस्वर टोलमा आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर बुधबार भएको आगलागीबाट सो मूल्य बराबरको क्षति भएको हो।

स्थानीय ५५ वर्षीय चन्द्रनारायण साहको ईट्टा र जस्ताले बनेको पक्की गाईगोठमा आगलागी हुँदा गोठभित्र रहेको मोटरसाइकल एक थान, साइकल एक थान, सिलिङ पंखा तथा घरको भित्री भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।