• १२ असोज २०८१, शनिबार

बाजुरामा कांग्रेसका पाण्डेकाे तीनहजार २६१ मतले अग्रता

blog

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर १७ गते । बाजुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले तीन हजार २६१ मतान्तरले अग्रता कायमै छ ।

पाण्डेको १४ हजार ४८ मत छ भने नेकपा एमालेका कर्णबहादुर थापाको १० हजार ७८७ मत रहेको छ । 

त्यसै गरी प्रदेश सभा सदस्यका लागि (क) का नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीको पाँच हजार १३२ रहेको छ भने एमालेका बलदेव रेग्मीको तीन हजार ९२८ मत छ । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले ३२५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, प्रदेश ख का नेपाली कांग्रेसका पदमबहादुर शाहीले नौ हजार २२ मत रहेको छ । नेकपा एमालेका लालबहादुर थापाले सात हजार ७४७ मत रहेको छ । राजपा हिमाल बहादुर शाहीको एक र स्वतन्त्रका जनकबहादुर रावलको दुई मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।

बाजुरामा हिजो करिब दुई घण्टापछि पुनः मतगणना सुरु गरिएको थियो । जिल्लाको हिमाली ६ र बुढिगङ्गा नगरपालिका वडा नम्बर ३ को मतपेटिका मुचुल्का भन्दा बढी मतपत्र भेटिएको विवादका कारण मतगणना स्थगन गरिएको थियो ।