मानव बेचबिखन आरोपमा चार पक्राउ, दुई बालिका उद्धार
पोखरामा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा चार जना पक्राउ परेका छन् भने दुई बालिकाको उद्धार गरिएको छ ।
स्याङ्जाका संस्थागत विद्यालयमा आजदेखि नियमित पठनपाठन
स्याङ्जाका संस्थागत (निजी) विद्यालयले आज (सोमबार)देखि नियमित पठनपाठन सुरु गर्ने भएका छन् । ११ वटा पालिका रहेको जिल्लाका अधिकांश संस्थागत विद्यालयले आजबाट नियमित पढाइ सुरु गर्न लागेको बताएका छन् ।
विद्युतीय चुलोको माग १२ गुणा वृद्धि
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धि र खाना पकाउने ग्यासको बढ्दो लागतले गर्दा उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् ।
राष्ट्रिय जुनियर टेनिसमा भान्सीलाई दोहोरो स्वर्ण
पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण पदक जितेकी छन् ।
पोखरेबगर-घोडेपानी सडकको हल्लेखर्क खण्ड श्रमदानबाट मर्मत
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको श्रमदानमार्फत मर्मत सुरु गरिएको छ ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी-छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ ।
बेनी अस्पतालको आपतकालीन उपचार क्षमता परीक्षण
बस दुर्घटनाको परिकल्पना गर्दै म्याग्दीको प्रदेश अस्पताल बेनीमा आइतवार आपतकालीन उद्दार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।
बन्दीपुरमा ग्रामीण पर्यटन प्रवर्धनका लागि गाउँ पर्यटन मेला
गण्डकी प्रदेशको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा यही वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।
बजेट र योजनाको तालमेलबाट विकास निर्माण गर्छौ : मन्त्री नेपाली
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण गरिने बताउनुभएको छ ।
वन्यजन्तु–मानव द्वन्द्व न्युनीकरणमा जोड
मुस्ताङमा ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित समुदायस्तरमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
गण्डकी प्रदेशका सात सहकारीको दर्ता खारेजी
दुइ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेजी भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयले ती सहकारीको दर्ता खारेज गरेको हो ।
कौराहाको उदगम थलो ऋषिङमा मौलिकता जोगाउने सङ्कल्प
मगर समुदायको सांस्कृतिक पहिचान मानिने कौराहा नृत्यको वास्तविक जननी तनहुँको ऋषिङबाट यसको ऐतिहासिक मौलिकता रक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको छ ।
नारायणी नदी र मध्यवर्ती क्षेत्रमा सरसफाइ (फोटो फिचर)
नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई फोहोरमैला र प्लास्टिकमुक्त बनाउने उद्देश्यले सरसफाइ गरिएको छ ।
धौलागिरि शिखरमा पुगे १७ आरोही
म्याग्दीको धाैलागिरि गाउँपालिका –४ स्थित ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकै पटक १७ आरोही पुगेका छन् ।
चलचित्र पत्रकार सङ्घमा दोहोरिनु भयो समीर
चलचित्र पत्रकार सङ्घ नेपालमा समीर बलामी पुनः अध्यक्ष बन्नुभएको छ ।
पञ्चकोटमा ‘आनन्द प्रवेशद्वार’ निर्माण
धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको बागलुङ नगरपालिका-६, पञ्चकोटमा दाताको सहयोगमा आर्कषक प्रवेशद्वार निर्माण गरिएको छ ।
लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिला पक्राउ
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुःख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
यसरी फेरिँदैछ रूपाको रूप
अबको तीन वर्षमा रूपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।
पुलहाश्रम धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य बन्दै
म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पौराणिक महत्त्व बोकेको यस क्षेत्रमा पूर्वाधार निर्माण, प्रचार–प्रसार र हालै अक्षरधामका प्रमुखसहित भारतीय भक्तजनको भ्रमण भएपछि धार्मिक पर्यटनको सम्भावना थप बलियो बनेको हो ।
दमौलीबाट मुक्तिनाथका लागि सिधा बस सेवा सुरु
हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने पर्यटक तथा तीर्थयात्रीहरूको चाप बढेपछि तनहुँको सदरमुकाम दमौलीबाट सिधा बस सेवा सञ्चालनमा आएको छ ।
दुई दिने सार्वजनिक बिदाले मानहुँकोटमा पर्यटकको तेब्बर वृद्धि
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
वन्यजन्तु क्षतिबापत साढे १५ लाखभन्दा बढी राहत वितरण
उपल्लो मुस्ताङको लोमान्थाङ–४ न्याम्दो गाउँका कृषक काजाङ ग्याचो गुरुङको गत चैत २५ गते एउटै खोरमा रहेका २८ वटा भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका थिए ।
पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता
जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।
राम्दीमा नयाँ पुल अन्तिम चरणमा
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने राम्दी पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा निर्माण भइरहेको कालीगण्डकी पुलको निर्माणको काम सकिनै लागेको हो ।