अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा हुँदै
अपाङ्गता भएका पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा गर्न लागिएको छ ।
त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता
गोरखाको गण्डकी गाउँपालिका – १ मकैसिङ निवासी ४२ वर्षीय दिनेश अधिकारी त्रिशुली नदीमा हामफाले बेपत्ता हुनुभएको छ ।
आहा ! फुतफुते झरना
दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच ।
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।
देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी
बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।
स्रष्टाले सम्झिए महाकवि देवकोटालाई
सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै एक दर्जन स्रष्टाले आफ्ना रचना सुनाए ।
जुवा खेलिरहेका पूर्व वडाध्यक्षसहित सात जना पक्राउ
स्याङ्जामा पूर्व वडाध्यक्ष र अहिलेका वडा सदस्यसहित जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।
तिहार बिदामा पनि तनहुँ जिल्ला अदालतबाट सेवा
तनहुँ जिल्ला अदालतले तिहार बिदा पनि नागरिकलाई आवश्यक पर्ने सेवा निरन्तर गर्ने व्यवस्था मिलाएको छ ।
दुलेगौडास्थित एक घरमा आगलागी
तनहुँको शुक्लागण्डकी नगरपालिका –४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ । स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।
तिहारः गाउँमा पिङ संस्कृति
चाडपर्व मनाउन गाउँ फर्किएका युवापुस्ताले परम्परागत पिङ संस्कृतिलाई संरक्षण गर्न जुटेका छन् । लिङ्गे, चमच्चा(रोटेपिङ) र देउसी भैलोले ग्रामीण वस्तीमा रमाइलो वातावरण बनेको छ ।
एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण
मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो ।
पैदलयात्रुको मृत्युपछि जिप चालक पक्राउ
पैदलयात्रुलाई ठक्कर दिई फरार ग१ज ७११० नम्बरको जिप र यसका चालक २८ वर्षीय सुशील सुनारलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ ।
दामोदर कुण्डमा अध्ययन केन्द्र बनाइने
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा अध्ययन केन्द्र बनाइने भएको छ ।
कास्की कारागारबाट फरार कैदी बागलुङमा पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा पक्राउ परेका छन् ।
मुस्ताङ भन्सारको राजस्व करिब तीन अर्ब रुपियाँ
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनामा ३ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने भएको छ ।
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चारको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ ।
तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदामा पनि सुचारु
तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ ।
ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते
तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।
पोखरेली फूलले धान्छ पोखराको तिहार
पर्यटन नगरी पोखरामा तिहारको रमझम सुरु भएको छ । दशकअघिसम्म ८० प्रतिशतसम्म फूल आयात गर्ने पोखरेलीको माग यसपालि स्थानीय फूलले नै धान्ने भएको छ । फूल खेतीमा स्थानीय आकर्षणसँगै स्थानीय सरकारको साथ र सहयोगले पोखरा तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलमा आत्मनिर्भर हुने अवस्थामा आइपुगेको छ । पोखरा महानगरपालिकाभित्र तीन सयभन्दा बढी कृषकले फूल खेती गरिरहेका छन् । महानगरपालिकामा तीन सय रोपनीमा फूल खेती गरिएको महानगरपालिकाको
धौलागिरी प्रादेशिक अस्पतालमा औषधी अभाव
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो ।
‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ
स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कनुभयो ।
फूलखेतीले आँबुखैरेनीका महिलाको आयस्तर परिवर्तन
तनहुँको आँबुखैरेनी गाउँपालिका-१, यान्चोकमा महिलाहरुको सयपत्री फूलखेतीमार्फत आफ्नो आयस्तर परिवर्तन गर्न सफल भएका छन् । यहाँका ४५ महिलाले तीन वर्षदेखि सङ्गठित रूपमा फूल उत्पादन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनेका हुन् ।
स्याङ्जा सहयोग समाजको विश्व सम्मेलन : अध्यक्षमा क्षेत्री निर्वाचित
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि)को छैठौं विश्व सम्मेलन स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ ।