पृथ्वीराजमार्ग विस्तार : मुग्लिङ–पोखरा पूर्वी खण्ड सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को निर्माण कार्य सम्पन्न भएको छ ।
तानसेन मेयर कप क्रिकेटको उपाधि वडा नं. ९ लाई
तानसेनमा सम्पन्न तेश्रो तानसेन मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ९ ले हात पारेको छ । पाल्पाको तानसेन टुँडिखेल खेलमैदानमा आयोजित फाइनल खेलमा साविक विजेता वडा नं. १ लाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नं. ९ ले पहिलो पटक उपाधि चुमेको हो ।
राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।
घान्द्रुकमा पर्यटकीय चहलपहल
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।
फिलिम–लार्केपास पदमार्गमा पाँच दिन खच्चड आवतजावत बन्द
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत अस्थायी रूपमा बन्द गरिएको छ। पदमार्ग स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेका कारण पाँच दिनका लागि खच्चड ओहोरदोहोर रोकिएको गाउँपालिकाले जनाएको छ।
भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन
जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।
बागलुङ नगरपालिका ७ आफ्नै भवनमा
बागलुङ नगरपालिका वडा नं. ७ को कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सोमबार कालीमाटीस्थित वडा कार्यालयको भवन उद्घाटन गरिएसँगै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
भरूवा बन्दुकसहित एक पक्राउ
वालिङ नगरपालिका वडा नम्बर –३ सुरडाँडामा भरूवा बन्दुक र खरखजनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलवासका बासिन्दा आन्दोलित
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेका संरचनाका कारण आफ्नो बस्ती जोखिममा परेको भन्दै व्यास नगरपालिका–१३, बेलवासका बासिन्दा आन्दोलित भएका छन् ।
नौ महिनामा ४४ सय सवारी कार्वाहीमा
म्याग्दीमा चालु आर्थिक वर्षको ९ महिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने करिब ४४ सय सवारी साधनलाई कार्वाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सेवा दुई स्थानबाट सुरु
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप र कार्यसम्पादनलाई सहज बनाउन दुई फरक स्थानबाट सेवा प्रवाह सुरु गरेको छ ।
ज्येष्ठ नागरिकबाट बालबालिकाले सिके सारङ्गी बजाउन
सूचना मूलक सन्देशहरु गायर गाउँघरमा सुमधुर सारङ्गीको धुन बज्ने दृश्य गाउँघरमा अहिले कमै मात्र देख्न पाइन्छ । अझ नयाँ पुस्ताले यसप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको हो ।
बागलुङमा ‘नागरिक सहजकर्ता प्रहरी’ खटाइयो
जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा, छिटोछरितो, बिना कुनै हैरानी प्रभावकारी रुपमा सेवा प्रदान गरी न्यायको अनुभूति गराउने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ ।
सम्पदा संरक्षणमा स्थानीय तहले कानुन बनाउनुपर्नेमा जोड
आदिवासी जनजाति आयोग र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीमा सम्पन्न ‘अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियामा विज्ञहरूले मौलिक संस्कृतिको कानुनी संरक्षणमा जोड दिएका छन् ।
मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनामा स्थानीयलाई लगानी अवसर
लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने भएका छन् ।
देवघाटधामको गुरुयोजना १६ वर्षदेखि अलपत्र
प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना बजेट अभावमा विगत १६ वर्षदेखि अलपत्र परेको छ ।
लमजुङमा वैशाख १० देखि पठनपाठन सुरु हुने
लमजुङका चार वटा पालिकाका विद्यालयले वैशाख १० गतेदेखि पठनपाठन सञ्चालन गर्ने भएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८३ को शैक्षिकसत्र वैशाख १५ बाट सुरु गर्न निर्देशन दिए पनि लमजुङका स्थानीय तहहरुले वैशाख १० बाट पठनपाठन सञ्चालन गर्न लागेका हुन् ।
बालबालिकाको पहिचान सार्वजनिक नगर्न उच्च अदालतको अन्तरिम आदेश
कसुरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उच्च अदालत नेपालगञ्जले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर वा भिडियो सार्वजनिक नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
त्रिभुवन माविमा प्राविधिक शिक्षा तालिम सञ्चालन हुने
पश्चिम बागलुङको बडिगाड–२, खर्वाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले सीप विकास तथा स्वरोजगारमुखी प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
घरपरिवार र आयोजक टिम भलिबल फाइनलमा प्रवेश
नयाँ वर्षको अवसरमा धवलागिरी गाउँपालिका–३, फलियागाउँस्थित लक्ष्मीनारायण जनशान्ति बाल क्लबले आयोजना गरेको खेलकुद प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ ।
पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा
गोरखा जिल्लाको महत्त्वपूर्ण बेनीघाट–लार्के सडकखण्डमा गएको पहिरो हटाइएपछि दुई सातापछि पुनः यातायात सञ्चालनमा आएको छ । गत चैत २२ गतेदेखि अवरुद्ध रहेको उक्त सडक आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
आलो रगत पिउने मेला
मुस्ताङको थासाङ गाउँपालिका घट्टेखोलामा शनिबारदेखि याकनाक (चौरी) को आलो रगत पिउने मेला सुरु भएको छ । हिमालय याकनाक संरक्षण समितिले आयोजना गरेको मेलाको पहिलो दिन छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतसहित कास्की, तनहुँ, चितवनलगायतका जिल्लाबाट सर्वसाधारणको भिड लागेको समितिका संयोजक बुद्धिरत्न तुलाचनले बताउनुभयो ।
दरबन्दी मिलानमार्फत सामुदायिक विद्यालयको नतिजा सुधार्ने लक्ष्य
व्यास नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गरी विद्यार्थीको सिकाई उपलब्धि (नतिजा) सुधार्ने उद्देश्यले शिक्षक दरबन्दी मिलानको प्रक्रियालाई तीव्रता दिएको छ ।
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
आइतबार साँझ परेको अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङका कारण गोरखामा एक युवकको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–५, तोर्ने पोखरी डाँडाका २६ वर्षीय विनोद थापा घरभित्र मोबाइल चलाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।