नेपाल सम्वत् ११४६ बागलुङमा पनि मनाइयो
नयाँ वर्ष न्हू दँ नेपाल सम्वत् ११४६ बागलुङमा मनाइएको छ । न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४४ मनाइएको हो ।
मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो
नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
फोहोरमैला व्यवस्थापनमा नमुना बन्दै वालिङ : २७ लाख आम्दानी
फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकाले गएको आर्थिक वर्षमा झण्डै २७ लाख आम्दानी गर्न सफल भएको छ । फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्क वापत यो रकम आम्दानी गरेको हो ।
याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला
मनाङ ङिस्याङ गाउँपालिका-८ याकखर्कअन्तर्गत अन्नपूर्ण पदमार्गमा अवस्थित समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइँमा याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला ।
धार्मिक पर्यटकको केन्द्र बन्दै धाइरिङ भुमेठाकुर
म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रसिद्ध धाइरिङ भुमेठाकुर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको छ ।
फूलको माग अत्यधिक, कृषकलाई पुर्याउन धौधौ
लमजुङको मर्स्याङ्दी गाउँपालिका –९, मर्स्याङ्दी कृषि फर्मकी अम्बिका कुइँकेलले यो वर्ष कम मात्रामा सयपत्री लगाउनुभयो । तिहारमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो ।
मनास्लु हिमश्रृङ्खला
तनहुँको व्यास नगरपालिका–१२, कमलाबारीबाट मङ्गलबार देखिएको मनास्लुलगायतका हिमश्रृङ्खला ।
खुर्सानी बिक्री गरेर भिमादका किसानले भित्राए ५० लाख
तनहुँको भिमाद नगरपालिका–९ का किसानले व्यावसायिक रूपमा डल्ले (अकबरे) खुर्सानीखेती गरेर मनग्य आम्दानी लिन सफल भएका छन् ।
बागलुङमा कति छन् झोलुङ्गे पुल ?
झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा कति झोलुङ्गे पुल छन् भन्ने तथ्याङ्क छैन । तथ्याङ्क नभएको मात्र हैन, कैयौं झोलुङ्गे पुल मर्मत अभावमा लोप भइसकेका छन् ।
पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ
प्रहरीले पोखराको नयाँबजार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।
बारीमै उच्च मूल्य पाउँदा फूलकृषक उत्साहित
बारीमा नै उच्च मूल्य पाउँदा कालीगण्डकीका फूल कृषक उत्साहित भएका छन् ।
सातादेखि बेपत्ता वृद्धाको शव भेटियो
एक सातादेखि बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षिया सानिमाया खत्री मृत भेटिनुभएको छ ।
पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ
प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ गरेको छ ।
झिलिङ्गा बेचेर चाडपर्वमा खर्च जोहो
तनहुँको व्यास नगरपालिका–३, देउरालीनगरकी महिलाहरूले झिलिङ्गा बिक्री गरेर चाड पर्वको खर्च जुटाएका छन् । आय–आर्जन आमा समूहमा आवद्ध महिलाले यस वर्ष मात्र करिब तीन लाख रुपियाँ बराबरको झिलिङ्गा बिक्री गर्न सफल भएका छन् ।
९५ वर्षीया वृद्धा सात दिनदेखि बेपत्ता
म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्री सात दिनदेखि बेपत्ता हुनुभएको छ । आफन्त, स्थानीयवासी र प्रहरीले खोजी गर्दा पनि खत्रीको अवस्था पत्ता लाग्न सकेको छैन ।
६२ प्रतिशत काम, अझै हटेन व्यवधान
पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्ग अहिले स्तरोन्नति गरिँदै छ । पर्यटन राजधानी पोखरालाई राजधानी काठमाडौं र पूर्वी नेपालसँग जोड्ने यो राजमार्गको काममा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पुर्याएकाे छ ।
तलबभत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ फलेवासका वडाध्यक्ष
फलेवास नगरपालिका-४, मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।
कालभैरव परिसरमा गणेश मन्दिर निर्माण
दक्षिण बागलुङमा पर्ने प्रसिद्व धार्मिक शक्तिपीठ कालभैरव मन्दिर परिसरमा सिद्धीविनायक गणेश भगवानको मन्दिर निर्माण गटरिएको छ ।
पाल्पामा कुटपिट गरेर वृद्धाको हत्या
पाल्पामा वृद्धा महिलाको कुटपिट गरेर हत्या गरिएको छ । जिल्लाको माथागढी–४, देउगीरका ६७ वर्षकी फूलमाया जिसीको कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा हुँदै
अपाङ्गता भएका पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा गर्न लागिएको छ ।
त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता
गोरखाको गण्डकी गाउँपालिका – १ मकैसिङ निवासी ४२ वर्षीय दिनेश अधिकारी त्रिशुली नदीमा हामफाले बेपत्ता हुनुभएको छ ।
आहा ! फुतफुते झरना
दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच ।
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।
देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी
बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।