पर्वत, कात्तिक ४ गते । फलेवास नगरपालिका-४, मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ । उहाँले मासिक र"पमा पाउने २४ हजारभन्दा बढी रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गर्नुभएको हो । उहाँले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गर्नुभएको छ ।
मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवामा टोलस्तरमा रहेका आठ महिला समूहलाई द; हजारका दरले हस्तान्तरण गर्नुभएको हो भने वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरिएको तिवारीले बताउनुभयो ।
तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई ‘साउन्ड सिस्टम’ खरिद गर्नका लागि सहयोग गर्नुभएको थियो । जनताहरूले नै अमुल्य मत दिएर आफुलाई जनप्रतिनिधि बनाएकाले आफुले पाउने तलबभत्ता उहाँहरूकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताउनुभयो । उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ ।
जनताले सर्वसुलभ रूपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आफुले भरपुर प्रयास गरेको उहाँको भनाइ छ । उहाँले सिमीत स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रवक्ता समेत रहनुभएका तिवारी नेपाली कांग्रेस पर्वतको सहसचिवसमेत हुनुहुन्छ । आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उहाँको भनाइ छ ।
रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । रासस