‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ
स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कनुभयो ।
फूलखेतीले आँबुखैरेनीका महिलाको आयस्तर परिवर्तन
तनहुँको आँबुखैरेनी गाउँपालिका-१, यान्चोकमा महिलाहरुको सयपत्री फूलखेतीमार्फत आफ्नो आयस्तर परिवर्तन गर्न सफल भएका छन् । यहाँका ४५ महिलाले तीन वर्षदेखि सङ्गठित रूपमा फूल उत्पादन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनेका हुन् ।
स्याङ्जा सहयोग समाजको विश्व सम्मेलन : अध्यक्षमा क्षेत्री निर्वाचित
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि)को छैठौं विश्व सम्मेलन स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ ।
कालीगण्डकी करिडोरमा दर्जनौ पहिरो, मर्मतमै लाग्छ ८० करोड
कालीगण्डकी करिडोरका गैडाकोट–राम्दी–मालढुङ्गा सडकमा दर्जनौ ठुला पहिरोले समस्या बनाएको छ ।
कलाकारको देउसीभैलो
तिहार सुरु भएसँगै लमजुङमा देउसीभैलो खेल्न सुरु भएको छ । कलाकार कल्याणकारी कोष तथा कार्यालय स्थापना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले संस्थागत देउसीभैलो खेलेका हुन् ।
विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ
प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
धौलागिरि आरोहणबाट ७६ लाख राजस्व संकलन
धौलागिरि हिमाल आरोहणबाट चालु शरदयाममा ७६ लाख भन्दा बढी राजस्व संकलन भएको छ ।धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका ३६ जनाबाट हालसम्म ५४ हजार अमेरिकी डलर अर्थात ७६ लाख २० हजार एकसय पचास रुपियाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।
तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री
मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ।
उपाधि पुतलीबजारको पोल्टामा
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले हात पारेको छ ।
तिहार : बेनीमा देउसी भैलोको रौनक
हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारको आगमनसँगै बेनीमा देउसी भैलोको रौनक छाएको छ।विभिन्न संघसंस्थाको आयोजनामा बजारमा देउसी भैलो खेल्न थालेका छन्।
जेनजी आन्दोलनमा विध्वंस मच्चाउने कसैलाई छुट हुँदैन : प्रहरी महानिरीक्षक खापुङ
नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङल जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन र नेताका घरमा किन छानिछानी आगजनी गरियो भन्ने बारेमा नेताहरुले नै बढी आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको छ।
बेनीघाट-आरुघाट-लार्के सडकको पाङसिङसम्म सडक सुचारु
नेपालीहरुको दोस्रो महान् चाड दिपावाली नजिकिएसँगै बेनीघाट–आरुघाट–लार्के सडकको पाङसिङसम्मको सडक सुचारु भएको छ ।
उत्तरी गोरखा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्यो
उत्तरी गोरखाको चुमनुबी गाउँपालिकाको मनास्लु क्षेत्र घुम्न आउने पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।
मुक्तिनाथकाे १०८ धाराको उचाइ बढाइने
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान गर्ने क्रममा तिर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाइने भएको छ ।
लमजुङमा बेलुका १० बजेसम्म देउसी–भैलो
लमजुङ प्रशासनले तिहारको बेला खेलिने देउसी–भैलोका लागि समयसीमा निर्धारण गरेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीको अवसरमा खेलिने देउसी–भैलोका बेलुका १० बजेसम्मको समयसीमा निर्धारण गरेको हो ।
लमजुङमा फरार दुई कैदीबन्दी पक्राउ
जेनजी आन्दोलनको फाइदा उठाउँदै गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ ।
चार करोडको फूलको कारोबार हुने, स्थानीयले नै माग धान्ने
नेपालीको दोस्रो ठुलो पर्व तिहार शनिबारबाट सुरु भएको छ । पर्यटन नगरी पोखरामा तिहारको रमझम देखिएको छ । दशकअघिसम्म ८० प्रतिशतसम्म फूल आयात गर्ने पोखरेलीको माग यसपालि स्थानीय फूलले नै धान्ने देखिएको छ ।
धवलागिरी चक्रीय पदमार्गमा हराएका पर्यटक भेटिए
धौलागिरी चक्रीय पदमार्गमा पदयात्राका क्रममा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।
पर्यटकीय गन्तव्य सिरसिरेडाँडा
वरिपरि सुन्दरडाँडा, फेदीमा देखिने सुन्दर सिउँडीबार र फूलबारी बजार अनि राष्ट्रिय झन्डा फर्पmराउँदै सरर चल्ने हावाले सिरसिरेडाँडालाई मनमोहक बनाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारस्थित सिरसिरेडाँडा अचेल आन्तरिक पर्यटकको गन्तव्य बनेको छ ।
गर्भजाँच र मातृशिशु मृत्युदर न्यूनीकरणतर्फ म्याग्दे गाउँपालिका
तनहुँको म्याग्दे गाउँपालिकाले गर्भवती महिलालाई नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि प्रोत्साहित गर्न पोषणभत्ता वितरण गर्दै आइरहेको छ ।
गोरखामा २० केजी पटका बरामद
गोरखा सदरमुकामबाट प्रहरीले २० केजी पटकाजन्य पदार्थ बरामद गरेको छ । सदरमुकामको विभिन्न स्थानमा चेकजाँच तथा खानतालसी गर्ने क्रममा शनिबार बेलुका सो परिणामाको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
डेढ महिनामा सात हजार पर्यटक भित्रिए
मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
आँखा शिविरबाट तीन सय जना लाभान्वित
धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।