• ३ कात्तिक २०८२, सोमबार

स्याङ्जा सहयोग समाजको विश्व सम्मेलन : अध्यक्षमा क्षेत्री निर्वाचित

blog

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 
वालिङ(स्याङ्जा),कात्तिक ३ गते ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि)को छैठौं विश्व सम्मेलन स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ ।

सम्मेलनले बेल्जियममा बस्दै आउनु भएका मीन बहादुर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । सम्मेलनले सहमतीका आधारमा दुई वर्षका लागि समितिको गठन गरेको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा राजेश पाण्डेय (दक्षिण कोरिया) र उपाध्यक्षहरुमा एम पि अर्याल (पोर्चुगल),धुर्व ज्ञवाली (जापान),अर्जुन अर्याल (पोर्चुगल), पिताम्बर अर्याल (युएई), शोभाकान्त पाण्डेय (अमेरिका) र महिला उपाध्यक्षमा इन्दिरा खनाल (बेल्जियम) लाई सहमतिका आधारमा चयन गरेको हो ।

यस्तै, महासचिवमा ओमप्रकाश पोख्रेल (क्रोसिया) सहमतिका आधारमा चयन हुनु भएको छ यसैबीच सचिवहरुमा गुप्त प्रसाद गैह्रे (नेपाल), दिन दयाल भण्डारी (अमेरिका) चयन हुनु भएको छ । यस्तै कोषाध्यक्ष चिरञ्जीवी ढकाल (नेपाल),सह कोषाध्यक्षमा तारा प्रसाद गौडेल (नेपाल) र प्रबक्ता– धर्मागत पराजुली (नेपाल) र युवा संयोजक बिदुर कोइराला (नेपाल) लाइ चयन गरेको छ ।

क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रबाट ज्ञान बहादुर क्षेत्री (अमेरिका), मध्यपूर्व क्षेत्रबाट गोपाल पंगेनी (साउदी अरब), एसिया प्यासिफिकबाट चित्र गुरुङ (जापान) चयन हुनु भएको निर्वाचन समितिका संयोजक खेम काफ्लले जानकारी दिनुभयो । 

समितिका सदस्यहरुमा विष्णु भट्टराई (साउदी अरब), तुल्सिराम गौडेल (टि आर) (जापान), राजेन्द्र प्रसाद डुम्रे (पोर्चुगल) र अर्मान गुरुङ (जापान) चयन हुनुभएको छ ।

विश्वका विभिन्न देशरूमा रहेका शाखाबाट स्याङ्जा आएका प्रतिनिधिहरुको भेलाबाट सर्वसम्मत रूपमा समितिको गठन गरिएको संयोजक काफ्लेको भनाइ छ । संस्थाको विधान अनुसार ३१ सदस्यीय कार्यसमिति रहने व्यवस्था रहेको छ । बाँकी सदस्यहरु कार्यसमितिले चयन गर्ने बताइएको छ ।