बोमलाल गिरी
नवलपुर, कात्तिक २ गते। नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङल जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन र नेताका घरमा किन छानिछानी आगजनी गरियो भन्ने बारेमा नेताहरुले नै बढी आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको छ। नवलपुरको कावासोतीमा प्रहरी कल्याण कोषको बजेटबाट निर्मित पेट्रोल पम्पको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले भ्रष्टाचारमुक्त समाज, सहज र सर्वसुलभ सेवा तथा आर्थिक सुधार हामी सबैको माग भएकाले त्यो नहुँदा जेनजी आन्दोलन भएको बताउनुभयो। नेता र प्रहरी किन जेनजीको निसानामा परे भनेर नेता, प्रहरी सबैले पाठ सिक्नु पर्ने उहाँको भनाइ थियो।
महानिरीक्षक खापुङले जेनजी आन्दोलनमा घुसपैठ गर्ने जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाउनुभयो। ‘राजनीतिक प्रकृति बाहेकका फौजदारी मुद्दाहरुमाथि अनुसन्धान भइरहेको छ, खापुङले भन्नुभयो, ‘विध्वंस मच्चाउने दोषी कसैलाई पनि छोडिदैन।’
यसैबीच खापुङले नवलपुरको कावासोतीमा निर्माण गरेको प्रहरी कल्याण कोष नमूना पेट्रोल पम्पको उदघाटन गर्नु भएको छ। खापुङले आइतबार नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कावासोतीमा निर्माण गरिएको पेट्रोल पम्पको उद्घाटन गर्नु भएको हो।
मासिक रुपमा कट्टा गरिएको र शान्ति मिशनमा खटिएका प्रहरीको कट्टा गरिएको रकमबाट १० करोड ९८ लाख रुपियाँ लागतमा पेट्रोल पम्प सञ्चालन गिरएको हो।
दुई एक विघा तीन धुर क्षेत्रफलमा रहेको पेट्रोल पम्म परिसरमा चार्जिङ स्टेशन, रिफ्रेस सेन्टर, एटीएम मेशिन, टोकन काउन्टर, वर्कसप लगायतका सुविधा रहेको गण्डकी प्रदशका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले जानकारी दिनुभयो।
उपत्याकामा दुईसहित देशभरल नौवटा पम्प प्रहरी कल्याण कोषले सञ्चालन गरेको छ। गण्डकी प्रदशका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले अभावको बेला पनि सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने र चौविसै घण्टा खलला रहने जानकारी दिनुभयो।