पहिरोले कर्णाली राजमार्गको कालीकोट–जुम्लाखण्ड अवरुद्ध
लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्गको कालीकोट खण्ड पूरै अवरुद्ध भएको हो ।
ट्रक दुर्घटनामा पाँच घाइते
रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
व्यवस्थापन प्रणालीले वनमा नयाँ आयाम
वन व्यवस्थापन प्रणालीले नयाँ आयाम थपेको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउँदा पुनरुत्पादन र जैविक विविधतामा सकारात्मक परिवर्तन भएको चर्चा गर्नुभयो ।
प्रदेश सभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
डेंगुबाट शिक्षिकाको मृत्यु
झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
सांस्कृतिक संस्थानमा दीक्षान्त
रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो ।
सयभन्दा बढी ग्राहक कालो सूचीमा
नेपाल विद्युत् प्राधिकरण, दोलखा वितरण केन्द्रले गत एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको विद्युत् लाइन काटेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म समयमै विद्युत् मह
जोखिमपूर्ण हवाई यात्रा
हवाई यातायातलाई यात्राका लागि सबैभन्दा सुरक्षित र भरपर्दो साधनका रूपमा लिइन्छ । आज संसारमा हरेक दिन हजारौँ किलो भारवहन क्षमताका जहाज घण्टौँ समय लगाएर हजारौँ माइलको दुरी पार गर्दै सुरक्षित रूपमा ओहोरदोहोर गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालमा पनि हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । हवाई यात्रुको सङ्ख्या बढ्दै गएसँगै हाम्रा आन्तरिकतर्फका हवाई सेवाप्रदायक कम्पनी पनि जहाज भित्र्याउने प्रतिस्प
सिउँडी फल पाकेर राताम्मे बगैँचा
पाँचथरको हिलिहाङ–७ का किसानले लगाएको सिउँडी फल (ड्र्यागन फल) पाकेर त्यहाँका बगैँचा राताम्मे भएका छन् । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजाललगायतका किसानले तीन वर्षअघि परीक्षणका लागि लगाउनुभएको ड्र्यागन फलको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो ।
भादगाउँ आसपासको दृश्य
तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ ।
अर्धसत्य [कथा]
“तिमी जस्ती छौ, त्यस्तो म छैन, ससाना कुरामा घर छोडेर जान्छु भन्ने ?” “तपाईं कस्तो हुनुहुन्छ भन्ने सबै मलाई थाहा भइसक्यो,” नम्रता कराउँदै पल्लो कोठामा गइन् । केही बेरको शान्तिपछि पल्लो कोठाबाट सुँक्क सुँक्कको आवाज आयो । नमनले उनी भएको ठाउँमा गएर फकाउँदै भने, “तिमी पढेलेखेकी र केही बुद्धि पनि भएकी नारी होऊ । रुने काम कमजोर व्यक्तिको हुन्छ, तिमीलाई के कुरामा चित्त बुझेन मलाई
तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण
तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
खोला पार गर्दै गरेका चौँरी
जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरू । यहाँ पशुपालनका रूपमा चौँरीलाई प्राथमिकता दिइएको छ ।
प्रकृतिको माया (कविता)
जरायो–गैँडा, खरायो, मृग, कस्तूरी खेलेको मुनाल–डाँफे, लुइँचे–तित्रा, कोइली बोलेको । गुराँस–बेली, चमेली फूल जहाँ छ फुलेको देखिन्छ त्यहाँ प्रकृति–छटा छर्लङ्ग खुलेको ।।
दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र घोषित
इलाम नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको छ । इलाम नगरपालिका–३, पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रलाई विश्वमै दुर्लभ रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
बलिरहेको आगो (कविता)
तिमी धिप्धिप् हुँदै निभ्न लाग्दा कसैले वास्तै गरेनन् म एउटै थिएँ, तिमीलाई सल्काउने र त अहिले तिमी मजाले बलिरहेका छौ
शिक्षाको ज्योति छर्ने माइला दाइ
इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
ललितपुरको गोदावरी कुण्ड
ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ। यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
पर्यटकीय स्थल तिम्बुङ पोखरी
अधिकांश लिम्बूभाषी विद्वान् एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ ।
विज्ञान ज्ञाताको साहित्यिक मोह
८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा
सोमरस के हो ?
हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ? ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिए
घोडा चर्दै
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित रिगताल क्षेत्रमा चर्दै गरेका घोडा । यहाँ खाद्यान्न ओसारपसार र यात्राका लागि घोडा प्रयोग गरिन्छ ।