नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार शाही अग्रस्थानमा
कालीकोट जिल्लाका छ स्थानीय तहको मतगणना सम्पन्न हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
१६ वर्ष मुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी
इन्डोनेसिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ । अनलाइन पोर्नोग्राफी, साइबर बुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न लागिएको सञ्चारमन्त्री मेउत्या हफिदले शुक्रबार जानकारी दिनुभयो ।
बाजुरामा सात बजेबाट मतगणना हुने
बाजुरामा आज बेलुकी सात बजेबाट मतगणना हुने भएको छ ।
सुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण
इन्डो-प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज आपूर्तिबारे छलफल गर्न क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी शुक्रबार जापान पुग्नुभएको छ । टोकियोमा उहाँले जापानी समकक्षी साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नाबालिगका लागि पोर्न साइट बन्द
अस्ट्रेलियाले बालबालिकालाई अनलाइन अश्लील सामग्रीबाट जोगाउन कडा कदम चाल्दै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई पोर्न वेबसाइट पहुँच बन्द गर्न बाध्य पार्ने नयाँ नियम सोमबारदेखि लागु गर्ने जनाएको छ ।
इथियोपियाको ओरोमियामा विद्रोहीमाथि सामूहिक बलात्कारको आरोप
इथियोपियाको ओरोमिया क्षेत्रमा सक्रिय विद्रोही समूहका लडाकूमाथि सन् २०२० देखि २०२४ बीच महिला र बालिकाविरुद्ध सामूहिक बलात्कार, यौन दासत्व र संक्षिप्त हत्या जस्ता गम्भीर अत्याचार गरेको आरोप अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले लगाएको छ ।
शङ्कर खरेलको आग्रह नरिसाउनुस् है
पुस्तकका पाना पल्टाउँदै गएँ । मनभित्रबाट उर्लेर आएका भाव छताछुल्ल पोखिन खोजिरहेका छन् । पर्ख आज होइन अझैं बाँकी छ । बान्की परेका कुरालाई कोट्याउन पर्ख । मनलाई थुम्थुम्याएर राखेँ । सबै पढेँ । आनन्द कहाँ मागेर पाइन्छ । पाइन्छ भने खोजी खोजी पढ्नुस् ।
प्रशिक्षण उडानमा सुखोई जेट दुर्घटना, दुई पाइलटको मृत्यु
भारतको उत्तरपूर्वी क्षेत्रमा प्रशिक्षण उडानका क्रममा भारतीय वायु सेनाको एक लडाकू जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले शुक्रबार जनाएको छ ।
हिन्द महासागरमा श्रीलङ्काको कदम : इरानी जहाज नियन्त्रणमा
अमेरिकाले इरानी युद्धपोत डुबाएपछि श्रीलङ्काले शुक्रबार आफ्नो तटमा रहेको इरानी जहाज आइआरआइएस बुसेहरको नियन्त्रणमा लिएको छ र जहाजमा सवार २०० भन्दा बढी नाविकलाई किनारमा सार्न थालिएको छ ।
उडान ट्याक्सीतर्फ चीनको अर्को कदम
चीनमा विकास भइरहेको ठुलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ ।
रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति
अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबिच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ । अमेरिकी सरकारले बिहीबार उक्त निर्णय सार्वजनिक गर्दै सीमित समयका लागि प्रतिबन्धमा आंशिक छुट दिएको जनाएको छ ।
तेहरानमा भीषण आक्रमण, युद्ध सातौ दिनमा
इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ ।
दाङ – २ मा मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । आज बिहान ९:३० बजेदेखि दाङ जिल्ला अदालतमा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो ।
दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता
दाङ निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाउनु भएको छ। हालसम्म ६ हजार ५११ मत गणना हुँदा २३१ मत बदर भएको छ। गणना अनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त गर्नुभएको छ।
रुपन्देही–२ मा सुलभ खरेलको अग्रता
रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लग्नुभएको छ । १० हजार ६२९ मत गणना गर्दा खरेलले सात हजार १५१ मत ल्याउनुभएको छ ।
बैतडीमा १२ बजेपछि मात्र मतगणना हुने
जिल्लाका २१५ मतदान केन्द्रमा भएको ४३८ वटा मतपेटीका रातिभरीमा सदरमुकाम आईपुगेपछि शुक्रबार ११ बजे सर्वदलीय बैठक गरी मतगणना गर्ने तयारी भएको छ । सर्वदलीय बैठक आह्वान गरी ११ बजेपछि मतगणना हुने मुख्य निर्वाचन अधिकतृ तीर्थराज भट्टले बताउनुभयो ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
ऐतिहासिक निर्वाचन
प्रतिनिधि सभा सदस्यका लागि बिहीबार देशभरि एकै चरणमा आमनिर्वाचन सम्पन्न भएको छ । मतदान स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएर मुलुकलाई नयाँ निकास दिन देशभरका मतदाताले उत्साहपूर्वक मतदान गरे । यो निर्वाचनको परिणामले मुलुकमा विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्ने अपेक्षा गरिएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासनका लागि गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) पुस्ताले गरेको आन्दोलनको जगमा बनेको अन्त
नयाँ यात्राको थालनी
लोकतन्त्रका कैयौँ आयामलाई समेट्ने गरी एउटा भनाइ छ, ‘मतदानमा जति भावना सलबलाउँछन् उत्ति नै विवेकपूर्ण छाल आउँछन्...।’ लोकतन्त्रको एउटा आकस्मिकतालाई नेपालीले निर्वाचनका रूपमा उत्साहपूर्ण अपनाएका छन् । भयावह अनि अनिश्चितताको एउटा गहिरो अँध्यारोबाट अब हामी लोकतन्त्रको एउटा उज्यालोतर्फ अघि बढेका छौँ । यो निर्वाचन सामान्य निर्वाचन थिएन अर्थात् हामीले यो निर्वाचन सामान्य समयमा गरेका वा भाग लिएका होइनौँ । एउटा भयावह स्थितिले घेरेको समयमा त्यसको निकासका रूपमा फागुन २१ को व्यग्रता थियो; जसला
महिला सशक्तीकरणको तस्बिर
नेपालको जनसाङ्खिक संरचनामा २,९१,६४,५७८ कुल जनसङ्ख्यामा महिलाको जनसङ्ख्या १,४९,११,०२७ रहेको छ । प्रतिशतका हिसाबले ५१.१ प्रतिशत रहेको छ । लैङ्गिक विकासको आयामले विश्लेषण गर्दा स्रोतसाधनमा पहुँच, सामाजिक सहभागिता, आर्थिक रूपमा आत्मनिर्भर, राजनीतिक सुझबुझ र नागरिक चेतना जस्ता विषयमा हुने गुणात्मक विकासलाई महिला सशक्तीकरण भनेर बुझ्न सकिन्छ
एसइईमा विद्यार्थीको तयारी
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ चैत १९ देखि सुरु हुँदै छ । बोर्डले परीक्षाको समयतालिका पनि प्रकाशित गरिसकेको छ । देशभरका करिब पाँच लाख विद्यार्थी यस राष्ट्रिय परीक्षामा सहभागी हुने तयारीमा छन् । सातै प्रदेशका विद्यार्थीले एउटै प्रश्नपत्र, एउटै मापदण्ड र समान मूल्याङ्कन प्रणाली अन्तर्गत परीक्षा दिनु नै यसको प्रमुख विशेषता हो । यसले राष्ट्रिय एकरूपता