सुदूरपश्चिम साक्षर प्रदेश घोषणा, कति पढेको हुनु पर्छ ?
सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।
राजमार्गका जोखिमयुक्त स्थानको अनुगमन
वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र सडक भासिने सम्भावना भएका जोखिमयुक्त स्थानको स्थलगत अनुगमन सुरु गरिएको छ । केही वर्षयता लगातारको बर्सातले पहिरो खसेर वा सडक भासिएर गम्भीर दुर्घटना र जनधनको क्षति भएको थियो । यस वर्ष सावधानीपूर्वक जोखिम न्यूनीकरणका लागि अनुगमन अघि बढाइएको हो ।
बालिकामाथि यौनहिंसा वृद्धि
कैलालीको टीकापुरमा गत चैतमा एक विद्यालयको कक्षा ९ मा अध्ययनरत किशोरले २ कक्षामा पढ्ने सात वर्षीय बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोप लाग्यो ।
दुई सयभन्दा बढी बस्ती उच्च जोखिममा
यस वर्षको मनसुनजन्य विपत्बाट सिन्धुपाल्चोकका २२२ वटा बस्ती उच्च जोखिममा पर्न सक्ने आकलन गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति सिन्धुपाल्चोकका अनुसार उक्त बस्तीका १७ हजार ८२ जना नागरिक बाढीपहिरोबाट प्रभावित हुने अनुमान गरिएको हो ।
विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण
रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
राजाजी डाँडाबाट सलहेस सर्किटसम्म : लहानको नयाँ पर्यटकीय सपना
लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ ।
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा
टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन् । झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन् । बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ ।
मुर्की र थाङ्ग्रेगाउँका घर घरमा धारा
आफ्नै आँगनमा रहेको धारामा चौबिसै घण्टा खानेपानी आउँदा गोलन्जोर गाउँपालिका–३, थाङ्ग्रे निवासी गृहिणी सावित्रा बयलकोटीलाई करेसाबारीमा तरकारी खेती गर्नसमेत सुविधा पुगेको छ ।
अस्पतालमा अनुगमनसहित गिनरानी
मधेश प्रदेशमा रहेको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको अनुगमन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
एमएस्सी बायोस्टाटिक्टिक्स सञ्चालनको तयारी
पूर्वाञ्चल विश्वविद्यालयले एमएस्सी बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दाबी गरिएको छ ।
स्थायी सरकारको बजेट
वर्तमान संविधानको संरचना लोकतन्त्रका अभ्यासलाई प्रत्येक नेपाली नागरिकसम्म बहुआयामिक तवरले पुर्याउन क्रियाशील छ । त्यसै अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई संस्थागत गर्दै लैजान तीन तहका सरकारको व्यवस्था गरिएको हो । सोही अनुरूप केन्द्रमा सङ्घीय सरकार, सात
हिलोको ‘विकास–विम्ब’
बर्खा लागेसँगै नेपाली जनामानसमा एउटा शब्द निकै चर्चामा आउँछ, ‘असारे विकास...।’
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
प्रविधिकै कारण रूपान्तरण
पछिल्लो दशकमा सूचना प्रविधि तथा कम्प्युटर इन्जिनियरिङका क्षेत्रमा आमूल विकास भएको छ ।
कमैया मुक्तिको यात्रा
नेपालमा लामो समयसम्म थारू समुदायका महिलामाथि थोपिएको श्रम शोषणको एउटा गम्भीर रूप थियो– कमलरी प्रथा ।
स्वाभिमानी नेताको अवसान
मुलुकमा राजनीतिक चेतना ल्याउन भनेरै क्रान्तिमा होमिएका अघिल्लो पुस्ताका नेताहरू कोही पनि कमाइ खान राजनीतिमा लागेका थिएनन् ।
हराए मौलिक असारे भाका
लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान असार मास कुटेका चिउरा म कति साँचुला सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।
‘पिआर’ को टिजर सार्वजनिक
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पिआर : पर्मानेन्ट रेसिडेन्ट’ को टिजर बिहीबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको छ ।
पुरस्कार र छात्रवृत्ति प्रदान
नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ ।
मञ्जुललाई गोपालप्रसाद रिमाल पुरस्कार
यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि मञ्जुल (मेघराज शर्मा नेपाल) लाई प्रदान गरिने भएको छ ।
सर्जक सम्मानित
जीवन स्मृति प्रतिष्ठानले विभिन्न सर्जकलाई सम्मानित गरेको छ ।
अरिङ्गाल पालेर राम्रो कमाइ
पाखोबारीको भित्तामा ससाना प्वाल छन् । नजिक नजिक रहेका प्वालभित्र फल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ ।
कानुनले चिन्दैन घरेलु श्रमिक
अरूको घरमा काम गर्दा केहीपहिला दुव्र्यवहारमा परेकी काठमाडौँको कलङ्कीकी मायालाई विगतको घटना सम्झिनै मन लाग्दैन । तीन महिना लगातार काम गरेकी मायाले पारिश्रमिक माग्दा उल्टै दुव्र्यवहार बेहोर्नु परेको थियो । कलङ्कीकै एउटा व्यापारीको घरमा पुरानो घर सफाइ र रेखदेख गरिदिने सर्तमा माया भुइँ तलाको सानो कोठामा छोरीसहित बस्नुहुन्थ्यो ।