कास्कीमा मतपेटिका सङ्कलन हुँदै, गणना आजै
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको छ ।
इलाममा मतपेटिका सङ्कलन सुरु
मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ ।
भोजपुरमा २७ प्रतिशत मत खस्यो, मतगणना भोली हुने
भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ ।
तनहुँका दुई अस्थायी केन्द्रमा समानुपातिक मतदान : कारागारका सबै मतदाताद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँका दुई अस्थायी मतदान केन्द्रमा आज समानुपातिकतर्फको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
अस्थायी मतदान केन्द्रमा १० प्रतिशत मात्रै मत
सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कृषि तालिम केन्द्र अस्थायी मतदान केन्द्रमा करिब १० प्रतिशत मात्रैले मतदान गर्नुभएको छ ।
बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत
बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत खसेको छ ।
इजरायले लेबनानामा गरेको आक्रमणमा आठ जनाको मृत्यु : मिडिया
इजरायलले दक्षिणी लेबनानको हेजबुल्लाह गढका क्षेत्रमा निकासी आह्वान जारी गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ । इजरायलमाथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
झुम्का कारागारमा १४९ जना कैदीबन्दीले गरे मतदान
सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ ।
मध्यपूर्व युद्धले रूस-युक्रेन वार्ता रोकियो : जेलेन्स्की
मध्यपूर्वमा चर्किएको इरान सम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबिच यस साता हुने भनिएको नयाँ चरणको वार्ता स्थगित भएको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताउनुभएको छ ।
कालीकोटमा शान्तिपूर्ण मतदान
कालीकोट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज शान्तिपूर्ण रूपमा मतदान भईरेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म उत्साहजनक सहभागिताका मतदान भइरहेको हो।
सल्यान कारागारमा शतप्रतिशत मतदान, जिल्लाभर ४५ प्रतिशत बढी
सल्यान कारागारबाट शतप्रतिशत अस्थायी मतदाताले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कारागार कार्यालय सल्यानका १९ जना मतदातामध्ये सबैले मतदान गरेका हुन् ।
सुनसरीमा ५६ प्रतिशत मतदान
सुनसरीमा ५६ प्रतिशत मत खसेको छ । मतदानस्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
दाङमा ५१ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ ।
कास्कीमा एक सय ८५ सवारी नियन्त्रणमा
कास्कीमा निर्वाचनका दिन बिना पास सञ्चालनमा रहेका सवारीसाधनहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । बिहीबार बिहानदेखि दिउँसो ४ बजेसम्म एक सय ८५ सवारी साधन नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
धादिङमा ७१ कैदीबन्दीद्वारा मतदान
कारागार कार्यालय धादिङमा ७१ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालय धादिङ अस्थायी मतदान केन्द्रका मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार २६४ कैदीबन्दीमध्ये ७१ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शाहद्वारा मतदान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वाकरको सहारामा आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मत खस्यो
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो।
अछाममा ३४.९७ प्रतिशत मत खस्यो
अछामका दुई निर्वाचन क्षेत्रमा ३२ हजार ९८० महिला र २४ हजार ८३७ पुरुष गरेर ५७ हजार ८१७ जनाले मतदान गरेका छन् ।
अजरबैजानमा इरानी ड्रोन आक्रमण
अजरबैजानको एयरपोर्ट र स्कूल नजिकै बिहिबार भएको इरानी ड्रोन आक्रमणमा दुई जना घाइते भएपछि इरानी राजदूतलाई छलफलको लागि बोलाएको जनाइएको छ ।
ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो
ताप्लेजुङमा बिहीबार दिउँसो ३ः३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको हो ।
दाङमा एक लाख ९६ हजार ३ मत खस्यो
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ जिल्लामा करिब दुई लाख मत खसेको छ ।
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
पूर्वी कङ्गोको खनिज-सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु भएको कङ्गोका अधिकारीहरूले बताएका छन् । तर सो क्षेत्र नियन्त्रणमा राखेको विद्रोही समूहले मृत्यु सङ्ख्या निकै कम भएको दाबी गर्दै सरकारी विवरणमाथि विवाद जनाएको छ ।
किरिया बसेका दिपेन्द्र रानाले गर्नुभयो मतदान
प्रतिनिधि सभा सदस्यको लागि बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा निवासी किरियापुत्री दिपेन्द्र रानाले मतदान गर्नुभएको छ ।
श्रीलङ्कातर्फ बढ्दै दोस्रो इरानी युद्धपोत
अमेरिकी पनडुब्बीको टारपीडो आक्रमणमा इरानी युद्धपोत डुबेर कम्तीमा ८७ नाविकको मृत्यु भएको घटनापछि अर्को इरानी युद्धपोत बिहीबार श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रतर्फ अघि बढिरहेको जानकारी श्रीलङ्काली सरकारका एक मन्त्रीले संसद्लाई दिएका छन् ।