राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर
चिनिलाई चामल भनेर बिक्री वितरणमा संलग्न पश्चिम नवलपरासीका एक जना सहित चार जना विरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर गरेको छ ।
सर्वोच्चले मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो
काठमाडौँ, असार १२ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ । सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुईँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको आजको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिनुभयो । डा ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गर्नुभएको थियो ।इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुईँकेलले जानकारी दिनुभयो । सर्वोच्चले डा ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ ।
एक करोड ३१ लाख को क्रिप्टो कारोबार गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने धादिङ थाक्रे गाउँपालिका ५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् ।
दश लाख रुपियाँ सहित एक जना पक्राउ
रौतहटबाट स्रोत नखुलेको रु १० लाख चार हजार पाँच सय रुपैयाँ रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका गौर नगरपालिका–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय महम्मद करमान अलिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खानेपानीलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छः मन्त्री यादव
काठमाडौँ, असार १२ गते । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले प्रत्याभूत गरी मौलिक अधिकारको रूपमा राखेको खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभयो हो । सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ उपलब्ध गराउन व्यवधानका रूपमा रहेका कानुनी व्यवस्थालाई मन्त्रालयले समयानुकूल पुनरावलोकन गरिरहेको समेत मन्त्री यादवले सदनलाई जानकारी गराउनुभएको थियो ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड [केयुकेएल] सार्वजनिक निजी साझेदारीको अवधारणमा स्थापित कम्पनी भएकाले यसमा खानेपानी मन्त्रालय, स्थानीय तहहरु तथा निजी क्षेत्र समेतको शेयर लगानी रहेको उल्लेख गर्दै कम्पनी मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा नरहेको उहाँको भनाइ थियो । उहाँले खानेपानीमा राजस्व, आयकर-भ्याटलगायत सम्पूर्ण कर छुट हुनुपर्ने र यस विषयमा खानेपानी मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । यस विषयमा मन्त्रालयको धारणासहित गत पुस १२ गतेको अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ थियो । “यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइ सकिएको छ, मन्त्रालय तहबाट गरिनुपर्ने कार्यहरू सम्पन्न गरी अर्थ मन्त्रालयलाई यस सम्बन्धमा ताकेता भइरहेको छ”, उहाँले भन्नुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नाफारहित सामुदायिक संस्था रहेको उल्लेख गर्दै उहाँले सबै किसिमको पम्पिङ प्रणालीका खानेपानी तथा सरसफाई आयोजनाहरू संचालन गर्दा खपत हुने विद्युत् महसुलको दर सिँचाइको विद्युत् महसुलको दर सरह कायम गर्नका लागि पनि प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षमा पनि विद्युत् महसुलमा अनुदान उपलब्ध गराउने विषय बजेट वक्तव्यमा उल्लेख रहेकाले यससम्बन्धी आवश्यक निर्देशिका तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “विद्युत नियमन आयोगको प्रतिनिधिको समेत उपस्थितिमा छलफल गरी उक्त आयोगको नियमावलीमा खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत् महसुल नुदानको विषयलाई सम्बोधन गर्न गत जेठ २५ मा विद्युत् नियमन आयोगमा पनि पत्राचार गरिएको जानकारी गराउन चाहन्छु ।”यसैगरी नगर विकास कोष खानेपानी मन्त्रालय मातहत नभए पनि यस विषय सम्बन्धमा गत माघ १२ गते सचिवस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयलाई सहमतिको लागि पत्राचार गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विभिन्न खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिहरूले नगर विकास कोषको विद्यमान पाँच प्रतिशत ब्याजदरलाई तीन प्रतिशतमा घटाउन मन्त्रालयलाई अनुरोध गरिरहेको र सोही अनुरूप मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।” सहलगानी भएका आयोजनाको कूल लागतको कम्तीमा १५ प्रतिशत उपभोक्ता संस्था व स्थानीय तहले बेहोर्ने गरी सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यन्वयन निर्देशिका, २०८१ गत माघ २१ गते परिमार्जन भइ लागू भउको मन्त्री यादवले बताउनुभयो । अन्य खानेपानी तथा सरसफाई आयोजनाहरुको हकमा पनि एकीकृत निर्देशिका मस्यौदाको तयारीको क्रममा रहेको र छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।पानी शुद्धीकरणका लागि अत्यावश्यक रसायनका रूपमा रहेको ब्लिचिङ पाउडर नेपालमै सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने मन्त्रालयको धारणा रहेको उहाँको भनाइ थियो । उहाँले उद्योग स्थापनासम्बन्धी कार्य उद्योग मन्त्रालयको कार्यक्षेत्रमा रहे पनि मोडेलमा निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरी उद्योग सञ्चालन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।
पाकिस्तानी दूतावासले दियो १९५ विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति
नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको उक्त दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फोहर गर्ने १९७ घरधुरीलाई ५ लाख जरिवाना
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन कडा कदम चालेको छ । ‘सचेत नागरिक परिचयपत्र’ वितरणसँगै सरसफाइसम्बन्धी नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई गाउँपालिकाले ४ लाख ९६ हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ ।
‘आदिवासीको अधिकार सुनिश्चित गर्न ऐन बन्नुपर्छ’
आदिवासी जनजाति सांसदहरूले संविधानमा व्यवस्था गरिएको आदिवासीको संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्र निर्माणका लागि कानुन मस्यौदा अझै हुन नसकेकाले संसद बैठकमा संयुक्त रुपमा पहल थाल्नुपर्ने बताउनुभएको छ ।
यो वर्षको मनसुन : औसतभन्दा बढी वर्षा
यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराउनु भएको हो ।
एमालेमाथि चौतर्फी हमला भइरहेको छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि चौतर्फी हमला भइरहेको बताउनुभएको छ । एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढङ्गले उठाएकै कारण त्यस्तो हमला जारी रहेको उहाँको भनाइ छ ।
आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे
जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् ।
विपद् पूर्व सूचनामा एसएमएस भरपर्दो भएन: संसदीय समिति
काठमाडौँ, असार १२ गते । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षमायामा बाढी, पहिरो, डुबान जस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्व सूचना प्रणाली सुदृढीकरण गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले जोखिम क्षेत्रमा बसोवास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापनमा समन्वय र जनचेतना अभिवृद्धि गर्न स्थानीय र प्रदेश तहसँग सहकार्य गरी प्रभावकारी कार्य योजना बनाएर तत्काल कार्यान्वयनमा ल्याउन गृह, रक्षा, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै समितिले विगतका वर्षहरूमा भएका विपद्को मूल्याङ्कन गरी सिकाइका आधारमा प्रभावकारी जोखिम नियन्त्रणका उपायहरू लागु गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशित गरिएको छ । समिति बैठकले प्राकृतिक विपद्बाट भएको क्षतिको सही पहिचान गरी उद्धार तथा राहत कार्यमा पीडित व्यक्ति प्रत्यक्ष लाभान्वित हुने गरी कडाइका साथ कार्य योजना अवलम्बन गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ । समितिले विपद्को पूर्व सूचनाका लागि हाल प्रयोग गर्दै आएको एसएमएस प्रणाली भरपर्दो नभएको भन्दै फोनमार्फत बोलेर नै सूचना दिने प्रणाली यही वर्षदेखि लागु गर्न समेत निर्देशन दिएको छ ।
‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने
नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ ।
सांसदबाट टेक एन्ड पे पिपिएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण उपलब्धि: इप्पान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सांसदबाट टेक एन्ड पे पिपिएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण उपलब्धि भएको बताएको छ ।
यस वर्षको मदन भण्डारी पुरस्कार शेर्पालाई
यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।
कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्छ : श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताउनुभएको हो ।
अचेत अवस्थाका चेपाङको मृत्यु
हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन
पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् ।
विविधता हाम्रो सम्पत्ति हो, यसलाई गोलबद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पार्नुभएको छ ।
मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली मजबुत बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अपर कर्णाली आयोजना अन्योलमा
बंगलादेशले नेपालको अपर (माथिल्लो) कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा परेको छ ।
आमसञ्चार विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति
कर्णाली प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई प्रदेश सभामा पेश गर्ने भएको छ ।
मनहरीमा सडकलगायत पाँच पूर्वाधार योजना सम्पन्न
पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ६ का विभिन्न स्थानमा पाँच वटा पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।
काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा
प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताउनुभएको छ ।