निर्वाचनको महाउत्सव आज
संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समुन्नति, आर्थिक विकास, पारदर्शी सेवा प्रवाह र समग्र रूपान्तरणको मूल मुद्दाकेन्द्रित प्रतिनिधि सभा निर्वाचनको उल्लास देशैभर छाएको छ । सुशासन, रोजगारी र जवाफदेही नेतृत्वका पक्षमा भएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको कार्यादेश अनुसार बिहीबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुँदै छ ।
निर्वाचनलाई मौसमको साथ
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस पटक मौसमले साथ दिएको छ । मतदानको पूर्ण तयारी भइसकेको अवस्थामा थप मौसमी तयारी गर्नु नपर्ने गरी मौसमले साथ दिएको हो ।
मतदाताको प्रतीक्षामा मतदान केन्द्र
आज नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान गर्ने दिन हो । मतदान गर्न तयार रहेका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै छन् । देशभर तय गरिएका १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान स्थल मतदातालाई स्वागत गर्न तयार पारिएको छ । उपत्यकामा आयोगका पदाधिकारी तथा जिल्लाहरूमा निर्वाचन अधिकृतसहितका कर्मचारीले मतदान स्थलको अनुगमन गर्नुभएको छ । अनुगम
म्याग्दीमा मतदानस्थल नजिक आगलागी
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ ।
रुपन्देही-३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ
रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
पाल्पाका सात मतदान केन्द्रमा महिला नेतृत्व
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका सात मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
देशका विभिन्न भागमा बितेका २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान
रौतहटका चार वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार पारिएको छ ।
सल्यानमा निर्वाचनको सम्पूर्ण तयारी पूरा
सल्यान जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको छ।
मतदान केन्द्रमा अवरोध गर्ने कर्मचारी नियन्त्रणमा
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङमा प्रशासन र प्रहरी दुबैले कडा कदम चालेका छन् ।
म्याग्दीमा निर्वाचन तयारी पूरा
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर रहेका ८२ वटा मतदान स्थलका एकसय २० मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी एकसय २२ मतदान केन्द्रमा निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
मतदाता पर्खिरहेका मतदानस्थल
जिल्लामा कायम भएका ७६ मतदानस्थलमा रहेका १४० स्थायी र दुई अस्थायी गरी १४२ वटा मतदान केन्द्रहरुमा मतदान स्थल निर्माण सम्पन्न गरिएको हो । आठबिसकोट नगरपालिका ३ स्थित
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन्छ : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
ताप्लेजुङमा तयार भयो मतगणना स्थल
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको लागि मतगणना स्थल तयार भएको छ । जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेरबारसहित मतगणनास्थल तयार भएको हो ।
बसको ठक्करबाट एक जनाको मृत्यु
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बाँकेमा मतदान र मतगणनाको सबै तयारी पूरा
विहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
बोबाङका बालबालिकासहित ४७ जनामा दादुरा सङ्क्रमण
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा ७, ८ र ९ स्थित बोबाङका बालबालिका ४७ जनामा दादुरा रोग देखिएको छ ।
सुनसरीमा भयो मतदान केन्द्रहरु निर्माण
सुनसरीको विभिन्न निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रहरु निर्माण भएको छ । दुई दिनअघि मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले पहिलो चरणमा दलका प्रतिनिधिहरुसँग छलफल गरेकोमा बुधबार मध्यानसम्ममा सबै मतदान केन्द्रहरु निर्माण सम्पन्न गरेको हो ।
आवश्यक परे आधा घण्टामै सेना पुुग्ने
निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सेनालाई तैनाथ गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गण इलामले जनाएको छ ।
अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम
अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभियान एक महिनासम्म सञ्चालन हुनेछ र यस अन्तर्गत देशभर एक करोड ९० लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
कास्कीका मतगणना स्थल तयार
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
१० फिट अग्लो तारजाली, ६ ठाउँमा सिसि क्यामेरा जडान
सल्यान जिल्लामा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत मतगणनास्थल निर्माण गरिएको छ ।
कञ्चनपुरमा उम्मेदवार विरुद्ध उजुरी
कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै एक उम्मेदवार विरुद्ध उजुरी परेको छ ।