एआईको प्रयोगसँगै बौद्धिक क्षेत्रमा बढ्दो असर
कृत्रिम बौद्धिकताको प्रयोगसँगै बौद्धिक क्षेत्रमा पर्ने सकारात्मक र नकरात्मक असरबारे प्रशिक्षण तथा छलफल भएको छ ।
'अनुभूतिका विविध प्रवाह' मा लोकार्पण
विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले सम्पादन गर्नुभएको पुस्तक लोकर्पण भएको हो ।
हेमजामा रोपाइँ महोत्सवको तयारी
वर्षभरी अनेकथरी मेला, महोत्सव भइरहने पर्यटन राजधानी पोखरा असार १५ भव्य तवरले मनाउने तयारीमा छ । यसपालिको असार १५ मा पोखरा महानगरपालिका वडा २६ गुँदेताल किनार र वडा २५ हेमजामा रोपाइँ महोत्सव हुँदैछ ।
प्रदेश सभाको बैठक असार १३ मा बस्ने
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेबाट बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।
भेडा पाल्न एक करोड बजेट
पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि एक करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भेडापालनका लागि –१ करोड १२ लाख रुपियाँ बजेट छुट्टयाएको जानकारी दिनुभयो ।
साइरनले बाढी जोखिमबाट सुरक्षा !
बाँकेको राप्तिसोनारी गाउँपालिका –७, प्रिपहवाकी फूलमती आर्या वर्षा सुरु भएपछि रातभरि असजिलो महसुस गर्नुहुन्थ्यो । बाढीले घर बगाउने डरले उहाँको निन्द्रा हराउँथ्यो । दुई वर्षअघि गाउँपालिकाले स्थापना गरेको साइरन प्रणालीले अब उहाँ ढुक्कसाथ सुत्न पाउनुभएको छ ।
नगदसहित किसान सम्मानित
लमजुङको राइनास नगरपालिकाका –६ जना किसानहरू नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ । व्यावसायिक रूपमा पशुपालन तथा कृषि व्यवसाय गर्दै आउनुभएका उहाँहरु ‘नगरप्रमुख उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित हुनुभएको हो ।
राज्यका सबै अङ्ग समावेशी चरित्रको हुनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले राज्यका सबै अङ्ग र इकाई समावेशी हुनुपर्ने बताउनुभएको छ ।
एमाले सचिवालय बैठक च्यासलमा जारी
सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक सुरुभएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।
कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम सक्ने प्रतिबद्धता
नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
अध्यक्ष ओलीले तिर्नुभयो एमालेको लेबी
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नुभएको छ।
प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन अभियान
प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन नवलपुरको देवचुली नगरपालिका र यहाँ रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहर देशका ७५३ वटै स्थानीय तहमा पुग्ने भएको छ ।
कैलालीका १३ पालिकाले ल्याए १३ अर्बको बजेट
कैलालीका १३ स्थानीय तहले १३ अर्ब २६ करोड १४ लाख रुपियाँको बजेट ल्याएका छन् । जिल्लामा रहेका सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि आफ्नो पालिकाको बजेट सार्वजनिक गरेका हुन् ।
बान्नीगढी जयगढ गाउँपालिकाको बजेट ३७ करोड बढी
अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३७ करोड १ लाख २ हजार ३१ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
कर्मचारीद्वारा ‘पेन डाउन’
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका कर्मचारीले ‘पेन डाउन’ गरेका छन् । मङ्गलबार भएको नगरपालिकाको १८ औं नगर अधिवेशनमा नगर प्रवक्ता मोहन न्यौपानेले आफूहरुमाथि अपमानित र अपहेलित व्यवहार गरेकोभन्दै कर्मचारीहरुले ‘पेन डाउन’ गरेको बताउनुभयो ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् ।
मधेश प्रदेश सभाको बैठक आह्वान
मधेश प्रदेशसभाको बुधबार बैठक आह्वान गरिएको छ । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशनको बुधबार १ बजे १२ औं बैठक आह्वान गरिएको हो। सभाको सो बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने जनाएको छ।
शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारकेन्द्रित
लुम्बिनी प्रदेशका विभिन्न पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित रहेर आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले बजेटमार्फत मुख्य चार वटा क्षेत्रलाई प्राथमिकतामा राखेका हुन् ।
राष्ट्रिय शिक्षा सम्मेलन सुरु
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति विद्यालय शिक्षा सुधारको बाधक रहेको बताउनुभएको छ । जनकपुरधाममा मङ्गलबारदेखि
चार उपमहानगरको बजेट नौ अर्ब
लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्बभन्दा बढीको बजेट ल्याएका छन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ ।
कोशी कटानले बस्ती जोखिममा
सप्तकोशीको कटानबाट सिङ्गो बस्ती नै जोखिममा परेको भन्दै उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका स्थानीयले तत्काल तटबाँध निर्माण गर्न माग गरेका छन् ।
सम्भावित विपत् प्रभावितको आकलन
गृह मन्त्रालयले यस वर्ष सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ मा बर्दिया जिल्लामा मनसुनजन्य विपत्बाट ८३ हजार ८१३ जना प्रभावित हुन सक्ने आकलन गरिएको छ ।
पर्यटन, रोजगारी र सामुदायिक विद्यालय सुधार
बागमती प्रदेशका स्थानीय तहले मङ्गलबार नीति तथा कार्यक्रम र आगामी वर्षका लागि प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । प्रदेशका उपमहानगर, नगरपालिका र गाउँपालिकाले आगा
दसबर्से बालक दिनभर खोरमा
सडकछेउमै एकतले टिनको छाना भएको घरअगाडि राङ्सिङको बोटमुनि फलामको खोर देखिन्छ । त्यही फलामे खोरमा रामपुर–६, तिलकपुरका १० वर्षीय बालक पवन कुमाललाई बिहानदेखि साँझसम्म थुनेर राख्ने गरिएको छ ।