शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्रपुर (रौतहट), फागुन २० गते । प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले होलीमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गरी शान्तिसुरक्षामा खलल पारेको आरोपमा छ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रनाउ बस्यालले बताउनुभयो । रासस