शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन, फागुन २० गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
मतदानका लागि आज चितवन आउनुभएका दाहालले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयोे । सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुने भएकाले कुनै समस्या नहुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।
दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । यो स्थानमा एक हजार ८६५ मतदाता र दुई वटा मतदान केन्द्र छन् । यही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि मतदान गर्नुहुनेछ । रासस