द्वन्द्व, प्रेम र विश्वासघात ‘ओ रोमियो’
हिन्दी चलचित्र ‘ओ रोमियो’ अभिनेता शाहिद कपुर र निर्देशक विशाल भारद्वाजको चौथो चलचित्र हो । अघिल्ला तीन चलचित्र ‘कमिने’, ‘रङ्गुन’, र ‘हैदर’ ले आलोचनात्मक प्रशंसा पाएको थियो । ‘ओ रोमियो’ को कथा भने माफिया क्विन्स अफ मुम्बईको घटनामा आधारित छ ।
दुई प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित दुई प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
क्युएफएक्सका हल एक दिन बन्द
प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक दिन क्युएफएक्स अन्तर्गतका चलचित्र हल बन्द हुने भएका छन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले फागुन २१ गते चलचित्र हल बन्द हुने जनाएको छ ।
‘नेवा–फ्लिक्स’ को घोषणा
नेपाल भाषाको पहिलो ओटिटी प्लेटफर्म ‘नेवा–फ्लिक्स’ को एक कार्यक्रमबिच घोषणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगतमा ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्ने पम्प्लेट छाप्ने र भित्ते लेखनको समय सम्झनुभएको थियो ।
तरकारी बजारको कारोबार बन्द
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अर्थात् फागुन २० गते बजारका लागि कालो दिन भन्दै बजारबाट हुने सबै कारोबार बन्द गरेको छ । समितिका अनुसार २०६८ फागुन २० गते कालीमाटी तरकारी बजारमा भएको भीषण आगलागीपछि यही दिनलाई कालो दिन मानेर हरेक वर्ष फागुन २० गते बजार बन्द गरिँदै आएको र यस पटक पनि त्यसैको निरन्तरता हो ।
ट्रान्जिटमा रोकिएका नेपालीलाई खाने बस्ने व्यवस्था
संयुक्त अरब इमिरेट्स (युएई) ट्रान्जिटमा रोकिएका २५० नेपालीलाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ र खाने व्यवस्था भएको जनाइएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण युएईमा रोकिएका त्यो सङ्ख्याका नेपालीलाई युएईमा रहेको दूतावासले पोर्टल निर्माण गरेर विवरण सङ्कलन गरी उनीहरूलाई तत्काल खाने बस्ने व्यवस्था भएको जनाइएको हो ।
नौ देशमा रोकियो उडान
पश्चिम एसियाका देशमा चर्किएको युद्ध र हवाईक्षेत्र बन्दका कारण नेपालबाट नौ वटा देशमा अन्तर्राष्ट्रिय उडान रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन २८ देखि बुधबारसम्म पूर्वनिर्धारित १०४ अन्तर्राष्ट्रिय उडान अवतरण रद्द भएका छन् । युद्धको त्रासदीबिच उडान रद्द भएपछि बुधबारसम्म पश्चिम एसियाका देशबाट नेपाल आउने र नेपालबाट जाने करिब १७ हजार यात्रुको उडान प्रभावित भएको छ ।
भारतको ग्यास आपूर्ति जोखिममा
पश्चिम एसियामा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठुलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । यसले विश्वकै सर्वाधिक जनसङ्ख्या भएको राष्ट्रमा ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता बढाएको छ ।
व्यावसायिक कफी खेतीमा आकर्षण
केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी खेती गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ ।
पर्यटनका सम्भावनालाई पुनर्स्थापना गर्ने प्रतिबद्धता
नेपालले जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड सो आइटिबी (इन्टरनेसनल टुरिजम एक्सचेन्ज) बर्लिनमा सहभागिता जनाएको छ । यही मार्च ३ देखि ५ सम्म जारी रहने आइटिबी बर्लिनमा नेपालको सहभागिता व्यापारिक उपस्थिति मात्र नभई विश्व पर्यटन बजारमा नेपालको सम्भावनालाई पुनस्र्थापित गर्ने रणनीतिक प्रयास भएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताउनुभयो ।
सडक पुगेपछि दुर्गम बन्यो बैतडी !
गाउँसम्मै सडक पूर्वाधार नहुँदा बैतडी–काठमाडौँ चल्ने सिधा बससेवा यहाँका गाउँ गाउँसम्म सडक पूर्वाधार पुगेपछि चाहिँ बन्द भयो । निर्वाचनमा भोट हाल्न घर फर्किने मतदाता गाडी फेर्दै, बाटोमा बास बसेर घर पुग्नु परेको छ । बैतडी–काठमाडौँ बससेवा आठ वर्षदेखि बन्द छ ।
मतपरिणाम चौबिस घण्टाभित्रै
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदका लागि मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालय पु¥याइने र राजनीतिक सहमति भएलगत्तै गणना कार्य सुरु हुने आयोगले जनाएको छ ।
‘मतदान गर्नु अधिकार र दायित्व’
भदौ २३ र २४ गतेको आन्दोलनपछि अपर्झट घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर एकै पटक बिहीबार हुँदै छ । आन्दोलनपछिको छोटो अवधिमा तोकिएकै मितिमा निर्वाचन हुन लागेको हो । भदौ २७ गते तत्कालीन प्रतिनिधि सभा विघटनपछि राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गर्नुभएको थियो । आन्दोलनपछि लामो समयसम्म राजनीतिक संवादहीनता भए पनि उम्मेदवारी मनोनयनसँगै दलहरू निर्वाचनमा होमिएका हुन् ।
ढुक्क भएर मतदान गर्न आह्वान
बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२ औँ बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्ने विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।
बदर मत घट्ने विश्वास
विगतका निर्वाचनमा भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको सङ्ख्या घट्ने विश्वास गरिएको छ । यस वर्ष ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा प्रभावकारी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले बदर मत घट्ने आयोगको भनाइ छ । निर्वाचन आयोगले बदर मत घटाउने उद्देश्यसहित यस वर्ष मतदाता शिक्षा कार्यक्रममा जोड दिँदै आएको थियो । स्थानीय तहको समन्वयमा सम्बन्धित प्र
निर्वाचनको महाउत्सव आज
संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समुन्नति, आर्थिक विकास, पारदर्शी सेवा प्रवाह र समग्र रूपान्तरणको मूल मुद्दाकेन्द्रित प्रतिनिधि सभा निर्वाचनको उल्लास देशैभर छाएको छ । सुशासन, रोजगारी र जवाफदेही नेतृत्वका पक्षमा भएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको कार्यादेश अनुसार बिहीबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुँदै छ ।
निर्वाचनलाई मौसमको साथ
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस पटक मौसमले साथ दिएको छ । मतदानको पूर्ण तयारी भइसकेको अवस्थामा थप मौसमी तयारी गर्नु नपर्ने गरी मौसमले साथ दिएको हो ।
मतदाताको प्रतीक्षामा मतदान केन्द्र
आज नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान गर्ने दिन हो । मतदान गर्न तयार रहेका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै छन् । देशभर तय गरिएका १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान स्थल मतदातालाई स्वागत गर्न तयार पारिएको छ । उपत्यकामा आयोगका पदाधिकारी तथा जिल्लाहरूमा निर्वाचन अधिकृतसहितका कर्मचारीले मतदान स्थलको अनुगमन गर्नुभएको छ । अनुगम
म्याग्दीमा मतदानस्थल नजिक आगलागी
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ ।
रुपन्देही-३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ
रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
पाल्पाका सात मतदान केन्द्रमा महिला नेतृत्व
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका सात मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
देशका विभिन्न भागमा बितेका २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान
रौतहटका चार वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार पारिएको छ ।