पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु
सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य व्यापारिक दबाबका बीच चीनले आफ्नो वार्षिक राष्ट्रिय राजनीतिक अधिवेशन सुरु गर्न लागेको छ ।
निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य सुरु
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै छ । निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशैभरको मतदानस्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदानस्थलहरुमा बुथ निर्माण गरिँदै छ ।
धमाधम तयार हुँदै मतदान केन्द्र र मतगणना स्थल
सर्लाहीमा बिहीबारको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मङ्गलबार दिउँसोसम्ममा जिल्लाका सबै
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
हेर्दै अनौठो, पक्की पुलमाथि झोलुङ्गे पुल
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ को शिवाही र बेल्हा जोड्ने त्रियुगा नदीमा निर्माण सम्पन्न हुनै लाग्दा भाँचिएको पक्की पुलमाथि पुनः अर्काे झोलुङ्गे पुल निर्माण गरिएको छ । त्रियुगा नदी वार
चन्द्रमामा मानवबस्ती बसाउने सपना
चन्द्रमामा मानवबस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि सोच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण हो त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभूत स्रोतको अभाव हुनु । चन्द्रमामा न तरल पानी छ न त मानिसले सास फेर्न सक्ने प्राणवायु नै । यस्तो अवस्थामा चन्द्रमामा मानवबस्ती स्थापना गर्न सबैभन्दा पहिलो र अनिवार्य आवश्यकता सास फेर्न योग्य हावा हो ।
बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण
बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो ।
व्यावसायिक कफीखेतीमा भोजपुरका किसान
केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
निर्वाचनको तयारी अन्तिम चरणमा
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतको नेतृत्वको टोली मतदान सामग्री बुझेर मतदान केन्द्र पुगिसकेका छन् । बिहीबार हुने निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन सर्वदलीय बैठकको आयोजना गरिरहेका छन् ।
सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका ७७ स्थल र ११८ मतदान केन्द्र र एक अस्थायी गरेर ११९ मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मीसहित सुरक्षा सामग्रीसमेत पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
समय अभावले गाउँमा पुगेन मतदाता शिक्षा
बर्दिया जिल्लाका ग्रामीण बस्तीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो बढेको छ । निर्वाचनको मिति छोटो अवधिमा तोकिएकाले समय अभावका कारण सबै गाउँसम्म मतदाता शिक्षा विस्तार हुन नसकेको देखिएको हो ।
बाटो खुलेपछि गाउँ पुगे मतदाता
जाडो छल्न परिवारसँगै काठमाडौँ जानुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ताका छेवाङ गुरुङ सडकमा जमेको बाख्लो हिउँ पन्छाएसँगै मङ्गलबार गाउँ पुगेका छन् । करिब तीन महिना जिल्लाबाहिर बसेका गुरुङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न गाउँ फर्किएको बताउनुभयो । कठ्याङ्ग्रिँदो चिसोसँगै अन्नबाली थन्काए पशुचौपाया गोठालोलाई जिम्मा लगाएर छिमेकी गाउँ धाकारजुङ झर्नुभएका गोम्बु गुरुङ बाटो खुलेपछि जिप चढेर गाउँ पुगिसक्नुभएको छ ।
निर्वाचन तयारी पूरा
प्रतिनिधि सभा सदस्यका लागि भोलि (बिहीबार) देशभरि एकै चरणमा आमनिर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिएर मुलुकलाई नयाँ निकास दिन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । उहाँहरूले विकास, समृद्धि, सामाजिक न्याय र उ
बदलिँदो परिवेशको कूटनीति
राष्ट्रको जीवनमा विदेश नीति निकै महत्वपूर्ण हुन्छ । अर्को मुलुक र बाह्य संस्थासँग आफ्नो सम्बन्ध र स्वार्थ विस्तार गर्न मुलुकहरू वैदेशिक नीति अवलम्बन गर्छन् । साना र अल्पविकसित मुलुक विदेश नीतिमार्फत आफ्नो आन्तरिक विकास र बाह्य सम्बन्ध विस्तार गर्छन् भने विकसित मुलुक आफ्नो प्रभाव र प्रभुत्व विस्तारका साथ सम्बन्ध पनि विस्तार गर्छन् । नेपालले पनि राष्ट्रिय एकीकर
बेथिति अन्त्यको प्रस्थानविन्दु
काठमाडौँको चाबहिल, बौद्ध, जोरपाटी धेरै भिड हुने क्षेत्रमध्येमा पर्छन् । रत्नपार्कबाट छुट्ने गाडी गौशाला, चाबहिल, जोरपाटी हुँदै मूलपानी पुग्छ । यदि त्यो गाडी छुट्यो भने अर्को गाडी पाउन २० मिनेटदेखि आधा घण्टाभन्दा बढी नै कुर्नु पर्छ । जबकि अन्य माकलबारी, गोकर्ण, नाम्गेल, सुन्दरीजल जाने गाडीहरू प्रत्येक दुई मिनेटमा छुट्छन् । गाडीको यस्तो असमान वितरणले यात्रु अ
स्वच्छ निर्वाचनका आधार
आचारसंहिता भनेको कुनै संस्था, सङ्गठन, कार्यालय, विद्यालय वा निर्वाचन जस्ता क्षेत्रमा पालना गर्नुपर्ने नियम, मापदण्ड र व्यवहारका सिद्धान्तको लिखित दस्ताबेज हो । व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशले भन्छ : आचारसंहिता भनेको नैतिक आचरण, रीतिरिवाज, कर्तव्य आदिको पालना गर्न गराउनका लागि बनाइएको नियम या कानुन हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्र
सफल निर्वाचनले दिने सन्देश
गत २७ भदौमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा फागुन २१ मा निर्वाचन गर्ने गरी प्रतिनिधि सभा भङ्ग गरिएको थियो । सो सभाको भङ्गसँगै संवैधानिक रिक्तताको प्रश्न उठ्यो । प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा रिट पनि दायर भयो तर उक्त रिटमा बहस हुन नपाउँदै देश निर्वाचनमा होमियो । निर्वाचनको माध्यमबाट ताजा जनादेशसहित
स्मृति सभामा ‘कुलुलु बग्ने’ सार्वजनिक
गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको पहिलो स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । कपनस्थित उहाँको निवासमा आयोजित स्मृति सभामा गायकगायिकाले स्वर्गीय राईका गीतको प्रस्तुति दिनुभएको थियो ।
खतिवडाको नयाँ गीत ‘छहारी’
नारायण खतिवडाको नयाँ गीत ‘छहारी’ नमस्ते नेपाल डिजिटल स्टुडियोमार्फत सार्वजनिक भएको छ । प्रेम र जीवनयात्राको गहिरो भाव बोकेको गीतले सुखमा सँगै हाँसौँला, दुःखमा सँगै रोऔँला’ जस्ता मार्मिक भाव उजागर गर्छ ।
रङ्गमञ्च : अवसरको खोजी र सङ्घर्षको ऐना
देशभरि नाट्यशाला खुल्ने क्रम उत्साहजनक छ । रङ्गकर्मीहरू दत्तचित्त भएर रङ्गकर्ममा होमिएका छन्, कोही निर्देशनमा त कोही अभिनयमा तल्लीन छन् तर विडम्बना ! लामो समयदेखि यसै क्षेत्रमा पसिना बगाएका कतिपय रङ्गकर्मी अझै पनि दर्शकको नजरमा पर्न सकेका छैनन् । बर्सौंको साधना भए पनि उनीहरूले आफ्नो बेग्लै पहिचान र वाह ! भन्ने खालको छवि निर्माण गर्न सकेका छैनन् । कसैलाई नाटकमा भूमिका नपाएको चिन्ता छ भने कोही मञ्चमा गरिने श्रमको न्यून पारिश्रमिकबाट सन्तुष्ट देखिँदैनन् । यही कारण कतिपयमा रङ्गमञ्च छाडेर चलचित्रको पर्दामा झुल्किने हुटहुटी जागेको छ, चाहे त्यो भूमिका छोटो नै किन नहोस् ।
होलीमा गाइने प्रचलित गीत ‘धमार’
जमुनाह समाचारदता जमुनाह, फागुन २० गते । ‘सिया डाले रे सिया डाले रे... सिया डाले राम गले जयमाला...
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल