शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २० गते । नारायण खतिवडाको नयाँ गीत ‘छहारी’ नमस्ते नेपाल डिजिटल स्टुडियोमार्फत सार्वजनिक भएको छ । प्रेम र जीवनयात्राको गहिरो भाव बोकेको गीतले सुखमा सँगै हाँसौँला, दुःखमा सँगै रोऔँला’ जस्ता मार्मिक भाव उजागर गर्छ ।
गीतको भिडियोमा चलचित्र निर्माता तथा निर्देशक रिमेश अधिकारी र मोडल एवं गायिका मीरा फियाकको अभिनय रहेको छ । भिडियोको छायाङ्कन तथा दृश्य सम्पादन अर्जुन खड्काले गर्नुभएको हो । भिडियोको अवधारणा लेखन गीतकार खतिवडाकै रहेको छ ।