समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
साम्बा चोकमा पर्यटकको घुइँचो
चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानमा स्थापना गरिएको ‘साम्बा चोक’ यतिबेला पर्यटकको नयाँ गन्तव्यस्थल बनेको छ । मस्र्याङ्दी गाउँपालिका–९, खुदी पुलनजिक बनाइएको यो चोकमा घुम्न आउने पर्यटक बढ्दै गएका छन् ।
तालिममार्फत आत्मनिर्भर बन्दै
सधैँ जसो गाउँका पाखापखेरामा बाँदर धपाएर खेती गर्ने सीता सार्की हिजोआज आफूले सिकेको सिपलाई के कसरी सदुपयोग गर्ने भन्ने योजना बनाउन थाल्नुभएको छ । भिरकोट नगरपालिका–५, तोरीडाँडा निवासी ३७ वर्षीय सार्की तालिमपछि सिमेन्टको पर्खाल लगाउन, सोलिङ, ढलान र प्लास्टर गर्न सक्ने हुनुभएको छ ।
विद्युत् कटौतीले उपभोक्ता मारमा
कर्णाली प्रदेशमा विद्युत्को समस्या समाधान हुन सकेको छैन । यहाँ सबै ठाउँमा विद्युत् लाइन पुगेको छैन । पुगेको ठाउँमा पनि अनियमित लोडसेडिङको मारमा नागरिक छन् ।
स्थानीय तहमा भ्रमण खर्च मनपरी
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको आन्तरिक भ्रमण बढेको छ । कार्यालयको कामभन्दा पनि व्यक्तिगत काममा आउजाउ गर्ने र राज्यकोषबाट भ्रमण खर्च असुल गर्ने चलनले सीमा नाघेको छ । कालीकोटका शुभकालिका गाउँपालिकाले एक वर्षको अवधिमा भ्रमणमा मात्रै ५२ लाख ५६ हजार रुपियाँ खर्च गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
भूकम्पपीडितको बिचल्ली
भूकम्पले घर भत्काइदिएपछि भेरी नगरपालिका–१ रावतगाँउकी कुसमीदेवी रावत टिनको टहरामा बस्न थालेको डेढ वर्ष बितिसक्यो । दुई कोठाको सानो टिनको घरमा दुई बुढाबुढीको कष्टपूर्ण गुजारा चलिरहेको छ ।
श्रमदानमार्फत चौहत्तर योजना सम्पन्न
मुगुको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको श्रमदान अभियानमा नगरपालिका क्षेत्रमा ७४ वटा योजना निर्माण भएका छन् । नगर प्रमुखमा निर्वाचित भएको तीन वर्षको अवधिमा भामको श्रमदान अभियानमा गोरेटो बाटो, मन्दिर, पुलपुलेसा, चौतारी र सार्वजनिक खानेपानीका धारा गरी ७४ वटा योजना निर्माण भएका हुन् ।
हिमतालमा घट्यो पानीको सतह
हुम्ला जिल्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ । हिउँदमा हिमपात कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा पानी सतह घट्दै गएको हो ।
क्षतिग्रस्त भवनबाटै सेवा
भूकम्पले क्षतिग्रस्त सबडिभिजन वन कार्यालयको भवन पुनर्निर्माण नहुँदा क्षतिग्रस्त भवनबाटै सेवा प्रवाह गरिरहेको छ । नलगाड नगरपालिका–७, दल्लीस्थित नलगाड सबडिभिजन वन कार्यालय भूकम्पले बस्न नमिल्ने भएको भए पनि सोही भवनबाट कार्यालयले सेवा प्रवाह गर्दै आएको हो ।
सडक सञ्जालले जोडिँदै हिमाली गाउँबस्ती
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालले जोडिँदै गएका छन् ।
जलवायु परिवर्तनबाट दलित समुदाय प्रभावित
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी दलित समुदाय प्रभावित हुने गरेको बताउनुभएको छ । जलवायु परिवर्तनदेखि अन्य कारणले सबैभन्दा बढी दलित प्रभावित हुने गरेका छन् तर सरकारको त्यसपछि कुनै ध्यान नगएको उहाँले गुनासो गर्नुभयो ।
भ्रमण खर्च दुई करोडभन्दा बढी
कञ्चनपुरका स्थानीय तहको भ्रमण खर्च दुई करोड रुपियाँभन्दा बढी देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौ वटा पालिकाले ‘भ्रमण’ शीर्षकमा दुई करोड २३ लाख ६९ हजार रुपियाँ खर्च गरेका हुन् ।
भरपर्दो भएन मेलम्चीको पानी
मेलम्चीको खानेपानी आए पनि काठमाडौँ उपत्यकावासी उपभोक्ताले नियमित रूपमा खानेपानी पाउन सकेका छैनन् । ठुलो लगानी गरी २७ किलोमिटर सुरुङ बनाएर दुई दशक लगाएर ल्याइएको खानेपानीको वितरण व्यवस्था प्रभावकारी हुन नसक्दा पटक पटक समस्या बल्झिने गरेको हो ।
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार
राज्यव्यवस्था सञ्चालनमा स्रोतसाधनको परिचालन निकै संवेदनशील विषय हो ।
सहकारीमा जनशक्ति व्यवस्थापन
समुदायस्तरमा छरिएका पुँजीलाई एकीकृत गरी आर्थिक रूपान्तरणको परिकल्पना सहकारीमार्फत गरिएको छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? ७.१ प्रतिशत – आयोगले २०८२ असारमा आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म लागु हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको । – संरचनाले तीन वर्षभित्र सङ्घीय सरकारले खर्च
वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर
वैदेशिक सहायता परिचालन १. वैदेशिक सहायता परिचालनमा अन्तरतह स्वामित्व र समन्वयलाई सुदृढ बनाई सहायताको दक्षतापूर्वक उपयोग गर्न वैदेशिक सहायता परिचालन नीति, २०८२ ले गरेको प्रक्रियागत व्यवस्था उल्लेख गर्नुहोस् । साथै वैदेशिक सहायताका परिचालनमा प्रदेश र स्थानीय तहले निर्वाह गर्ने भूमिकासमेत उल्लेख गर्नुहोस् ।
‘लालीबजार’ मा स्वस्तिमा
षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेतृ स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । उक्त ब्यानरले मङ्गलबार अभिनेतृ खड्का रहेको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति फागुन १ गतेलाई तय गरेको छ ।
जुर्मुराउँदै पोखरेली रङ्गमञ्च
पोखरालाई कलाको राजधानीका रूपमा लिइन्छ । पोखराले राष्ट्रियस्तरका धेरै कलाकार जन्माइसकेको छ । पोखरालाई कर्मथलो बनाएर कलाकारितामा लाग्नेको सङ्ख्या बाक्लै छ । त्यसमा पनि रङ्गमञ्चमा उभिएर कला देखाउने रहर धेरैमा देखिन्छ ।
सन्दिप न्यौपानेको "दिलमा सिङ्गो घर" सार्वजनिक
सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सन्दिप न्यौपाने र सरिता कार्कीको आवाजमा रहेको दिलमा सिङ्गो घर बोलको म्युजिक भिडियो सरिता कार्की युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
निर्देशक पुरीलाई मातृशोक
चलचित्र निर्देशक नारायण पुरी र चलचित्र सम्पादक शिव पुरीलाई मातृशोक परेको छ ।
पूर्वमुख्य सचिवको आत्मकथा
विसं २००६ चैत २९ गते वैशाख कृष्ण नवमीका दिन मैले घरबाट अलिक पर धुवाँको मुस्लो र आगोको राता लप्का स्पष्ट देखिरहेको थिएँ ।
विद्युत् खरिदबिक्री सम्झौता धान्न सकिने गरी मात्र हुने
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलप्रवाही आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) लाई रोक्न नखोजिएको बताउनुभएको छ ।