• १२ असार २०८२, बिहिबार

‘नाकछोङ’ को पोस्टर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १२ गते । चलचित्र ‘नाकछोङ’ (बिजुवा) को एक कार्यक्रमबिच पोस्टर सार्वजनिक गरिएको छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहनुभएको चलचित्रको पोस्टरमा मुख्य कलाकार भुवनसिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवालाई समेटिएको छ । चलचित्रमा यासेली योङहाङ, सुषमा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बू, त्रिचु राई, दिनेश कोइरालालगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन किरण राईले गर्नुभएको छ । राजन मुकारुङ र विष्णु किराँतीको शब्द, दिनेशकाजी बान्तवा, अनिल कोई राईको सङ्गीत रहेको चलचित्रको गीतमा नोगेन लिम्बू र परेश राईले स्वर दिनुभएको छ ।