• १२ असार २०८२, बिहिबार

मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड

blog

मनसुनजन्य विपद् । फाइल तस्बिर ।

काठमाडाैं, असार १२ गते । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली मजबुत बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले विपद् आउनुभन्दा २४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समुदायमा पुगेको खण्डमा ३० देखि ४० प्रतिशत हानी नोक्शानी घटाउने बताउनु भयो । उहाँले राष्ट्रिय मानक कार्य सञ्चालन प्रक्रिया (एसओपी) बनाएर पूर्वतयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विगतका मनसुनजन्य विपदहरुबाट पाठ सिकेर अगामी दिनमा त्यस्तो अवस्था आउन नदिन पूर्वसूचना प्रणालीको विकास गरी प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, "२४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समूदायमा पुर्याउन सक्यौँ भने त्यसले ३० देखि ४० प्रतिशत हाानी नोक्सानी घटाउँछ भन्ने विश्वव्यापी अध्ययनबाट आएको हो राष्ट्रिय मानक कार्य सञ्चालन प्रक्रिया ९एसओपी० बनाएर पूर्वतयारी गर्न आवश्यक छ । २० लाख जना प्रभावित हुने भनेर यसपटक भनिएको छ । दुई जना पनि नमरुन् । २० जनालाई पनि चोट नलागोस् भनेर हामीले काम गर्नुपर्छ ।"

जलवायुविद् डा. वसन्त अधिकारीले सरकारलाई विज्ञानमा आधारित विपद् पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपलाई मानवीय लापरबाहीका कारण विपद् बन्न नदिन समेत सरकारको ध्यानाकर्ष गराउनुभयो । डा. अधिकारीले मनसुनजन्य बाढी, पहिरो र डुवानसम्बन्धी तयारीबारेको छलफलमा खानी तथा भूगर्भ विभागको गैरहाजिरीप्रति पनि असन्तुष्टि जनाउनुभयो ।  

उहाँले भन्नुभयो, "विपद् प्राकृतिक हुँदैन, प्रकोप प्राकृतिक हुन्छ । प्रकोपलाई विपदमा परिणत हुन नदिनको लागि हो हामीले काम गर्ने । हामीले मनसुनजन्य विपद्बाट हुने बाढी, पहिरो र डुबानको कुरा गरिरहेका छौँ तर खानी तथा भूगर्भ विभागको उपस्थिति आज यहाँ देखिएन । अगामी दिनमा उक्त विभागलाई पनि समितिमा बोलाउन अनुरोध गर्छु । हामी अझै पनि भगवानमा विश्वास गर्छौं रु दैवले दिएको हो र प्रकृति रु हामीले प्रकृतिलाई निक्लेक्ट गर्ने रु विज्ञानलाई हामीले सम्झनु पर्दैन रु अहिले हामी विज्ञानमा आधारित विपद् पूर्वतयारीको कुरा गरिरहेका छौँ ।"

बैठकमा बिहीवार मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्युनिकरणका लागि सरोकारवाला निकायहरुसँग छलफल भएको छ ।